Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

टेलिकमको प्रतिबद्धतापछि वीरगञ्ज महानगरले उठायो फोहोर

२२ चैत, वीरगञ्ज । नेपाल टेलिकमले चैत २७ गतेसम्म वीरगञ्ज वाइपास सडकखण्डमा फुटपाथको काम सक्काउने प्रतिबद्धता जनाएको छ । वीरगञ्जस्थित नेपाल टे...

२२ चैत, वीरगञ्ज । नेपाल टेलिकमले चैत २७ गतेसम्म वीरगञ्ज वाइपास सडकखण्डमा फुटपाथको काम सक्काउने प्रतिबद्धता जनाएको छ ।

वीरगञ्जस्थित नेपाल टेलिकमको प्रादेशिक निर्देशनालयले चैत २७ गतेसम्म काम सक्काउने प्रतिबद्धता जनाएपछि महानगरले मंगलबार खसाएको फोहोर पनि उठाएको छ ।

टेलिकमका कर्मचारीले बिहान कार्यालयमा आएर लिखित जानकारी गराएलगत्तै मेयर राजेशमान सिंहले सरसफाइ शाखालाई फोहोर उठाउन निर्देशन दिएका थिए ।

बिहान १० बजेअघि नै फोहोर उठाइसकेको सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सरफुदिन मियाले जानकारी दिए ।

फागुन मसान्तसम्म सक्काउने प्रतिबद्धता जनाएर काम अलपत्र छोडेको भन्दै वीरगञ्ज महानगरले मंगलबार बिहान टेलिकम कार्यालयको परिसरमा ७ ट्याक्टर फोहोर फालिदिएको थियो ।

फुटपाथको काम कहिलेसम्म सक्काउने हो भनी लिखित प्रतिबद्धता नजनाएसम्म फोहोर नउठाउने अडान महानगरले  राखेको थियो ।

निमित्त निर्देशक अनन्त प्रकाश मल्लिकले ठेकेदार कम्पनीले माग गरेको समयको बारेमा महानगरलाई जानकारी गराइएको बताए । ‘फुटपाथको काम हुँदा हुँदै समन्वय नै नगरी महानगरले फोहोर ल्याएर कार्यालय परिसरमा खसाल्यो, कानुनी राज्यको उपहास भएको महशुस हामीले गरेका छौं,’ उनले भने, ‘ठेकेदारले चैत २७ गतेसम्मको समय माग गरेको छ । त्यसबारेमा महानगरलाई लिखित जानकारी गराएका छौं । त्यसपछि हिजो फालिएको फोहोर पनि उठाएर लगेका छन् । ‘

थप १० जना कामदार राखेर काम अघि बढाउने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको उनले बताए ।

टेलिकम कार्यालयमार्फत पाइनस बनके जे.भी. काठमाण्डौंले गण्डक चोकदेखि रजत जयन्ती चोक रुटमा ट्रन्चिङ, डकरिङ्ग तथा बोलोइङ्ग गर्ने क्रममा इन्टरलक ब्लक हालेको फुटपाथ भत्काएको थियो ।

फुटपाथ मर्मत गर्ने क्रममा करिब ३ सय मिटरमा इन्टरलक ब्लक नपुगेकोले जगदम्बा कम्पनीमा ब्लक अर्डर भएको निर्माण कम्पनीले जनाएको छ । ब्लक चैत २२ गते बुधबारसम्म झर्ने कम्पनीले जनाएको छ । फुटपाथ मर्मतको काम चैत २७ गतेसम्म सम्पन्न गर्ने जानकारी जेभीका सञ्चालक भरत बहादुर कार्कीले मंगलबार नै नेपाल टेलिकमलाई जनाएको छ ।

महानगरको कदमपछि दबाबमा परेको टेलिकमले खनेर छाडिएका सडक र फुटपाथ बुधबार बिहानैदेखि मर्मत गर्न थालेको मेयर राजेशमान सिंहले जानकारी दिए ।

खनिएका सडक र फुटपाथ मर्मतका लागि पटक पटक आग्रह गर्दा पनि अटेरी गरेको भन्दै टेलिकम परिसरमा मंगलबार महानगरले ७ ट्याक्टर फोहोर फालिदिएको थियो।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content