Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

गाँजासहित पर्सामा ७ जना पक्राउ

१८ चैत, वीरगञ्ज । प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजासहित ७ जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिकाको जानकीटोला चोक, वीरगञ्ज महानग...

१८ चैत, वीरगञ्ज । प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजासहित ७ जनालाई पक्राउ गरेको छ ।

जगरनाथपुर गाउँपालिकाको जानकीटोला चोक, वीरगञ्ज महानगरपालिकाको मिलनचोक र रजतजयन्ती चोकबाट गाँजासहित ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चैत १७ गते अपराह्न ४ बजे जगरनाथपुर २ जानकीटोला चोकबाट पर्साको छिपहरमाई गाउँपालिका ४ बस्ने २२ वर्षीय चन्दन कुमार साह, २० वर्षीय अरवाज आलम र २४ वर्षीय सुनिल कुमार गुप्ता पक्राउ परेका छन् ।

ना.१४ प ७२२४ नम्बरको मोटरसाइकलमा जानकीटोलाबाट भिखमपुरतर्फ जाँदै गरेका चन्दन र अरवाजको साथबाट प्रतिबन्धित लागु औषध गाँजा ३ किलो फेला परेको प्रहरीको दाबी छ ।

प्रारम्भिक अनुसन्धानपछि लागु औषध किनबेचमा संलग्न भएको आरोपमाम प्रहरीले सुनिललाई पनि पक्राउ गरेको थियो ।

प्रतिबन्धित गाँजासहित वीरगञ्ज ३१ मिलनचोकबाट दुई जनालाई पक्राउ गरिएको हो । प्रहरीले चितवन राप्ती नगरपालिका ११ बस्ने २९ वर्षीय बुद्धिराज घलान र पर्साको पर्सागढी नगरपालिका ३ बस्ने ४२ वर्षीय पासाङ लामालाई गाँजासहित पक्राउ गरेको जनाएको छ ।

चैत १६ गते बिहान जीतपुरबाट बडनिहारतर्फ जाँदै गरेको प्र.-२-०३-००१ ह २२७ नम्बरको अटोमा सवार उनीहरुको साथबाट किलो गाँजा बरामद भएको प्रहरीको दाबी छ ।

त्यसैगरि प्रहरीले वीरगञ्ज महानगरपालिका १६ रजत जयन्ती चोकबाट लागु औषध सहित थप २ जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १ बस्ने ३६ वर्षीय सञ्जिव केशरी, चितवन भरतपुर महानगर ४ रामघाट बस्ने २५ वर्षीय विशाल श्रेष्ठलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेका सञ्जिवले ना.३२ प ९४०३ नम्बरको मोटरसाइकलको सिटमुनी कालो प्लाष्टिक लागु औषध नाईट्राभेट ट्याबलेट २० पत्ता अर्थात ६ सय थान ल्याएका थिए ।

विशालको साथबाट औषध फेनारगन-४७ एम्पुल, डाईजेपाम-४७ एम्पुल, नुफिर्न-४७ एम्पुल गरी जम्मा १४१ एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।

लागु औषध सहित ७ जनालाई हिरासतमा राखेर लागु औषधसम्बन्धी कसुरमा पर्सा जिल्लाबाट म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content