Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बिरामीमाथि खेलबाड गर्दै जनकपुरका निजी अस्पताल, पैसा असुल्छन् अनि रेफर गर्छन्

११ चैत, जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका दुहबीकी ३२ वर्षीया ककुल्ती देवी साहलाई २९ गते फागुनको मध्यराति सुत्केरी ब्यथाले च्याप्यो । ...

११ चैत, जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका दुहबीकी ३२ वर्षीया ककुल्ती देवी साहलाई २९ गते फागुनको मध्यराति सुत्केरी ब्यथाले च्याप्यो । घरमै सामान्य रुपमा बच्चा जन्मिने आशमा परिवारका सदस्यले गाउँकै स्वास्थ्यकर्मीसँग जाँच गराए । स्वास्थ्यकर्मीले दुखाइ कम गर्ने सुई लगाइदिए । तर सुत्केरी ब्यथा लामो हुँदै गयो, बच्चा जन्मिएन ।

३० फागुनको बिहानै सवा ५ बजे श्रीमान अशोकले जनकपुरको अरमान हस्पिटलमा भर्ना गराए । आफन्तको सल्लाहमा सो अस्पतालमा लगिएको अशोक बताउँछन् ।

त्यहाँ स्टाफ नर्सहरुले भर्ना गरे । आधा घण्टापछि चिकित्सक आए, विभिन्न परीक्षण गर्न लगाए । चेकजाँचमै डेढ दुई घण्टा लाग्यो । ‘भर्ना गराउँदा मेरी श्रीमती ठीकै थिइन् । आधा घण्टापछि चिकित्सक आएपछि चेकजाँच गर्नुपर्छ भने, डेढ घण्टापछि यहाँ अपरेशन हुन सक्दैन बाहिर लैजानुपर्छ भनेपछि जानकी हेल्थकेयरमा लग्यौं ।’

जानकी हेल्थकेयरमा लगेको १० मिनेटमै ककुल्तीको मृत्यु भयो । त्यहाँका चिकित्सकले समयमा नै ल्याएको भए आमा र बच्चा दुबैको ज्यान जोगिने सम्भावना रहेको बताउँछन् । ‘हाम्रो हस्पिटलमा ल्याउँदा बिरामी सास लिदै थिइन् । जसलाई ग्यासपिङ भनिन्छ’, एक चिकित्सकले भने, ‘यहाँ ल्याउन धेरै ढिलो भयो । यस्तो अवस्थामा कुनैपनि हस्पिटलले रिफर गर्न पाउँदैन, जे उपचार सेवा छ त्यसैबाट बचाउन प्रयास गर्नुपर्छ नत्र बाटोमै बिरामी मर्न सक्छ ।’

अरमान हस्पिटलका प्रसुति रोग विशेषज्ञ डा. अनिल पण्डितले दुईघण्टा ककुल्तीलाई रोकेको स्वीकारे । उनले चेकजाँच, परीक्षण तथा रेफर गर्न एम्बुलेन्स खोज्दा २ घण्टा लागेको बताए । बिहान साढे ७ बजे अस्पताल पुगेका अस्पताल सञ्चालक स्त्री तथा प्रसुति रोग विशेषज्ञ मो. जियाउल हकले डा. पण्डितमार्फत नै बिरामी आएको र कुनै चेकजाँच तथा उपचार नभएको बताए ।

‘यहाँ कुनै चेकजाँच नै भएन । म आएपछि बिरामीलाई हेरेँ ग्यापिङ भइरहेको थियो’, उनले भने, ‘बिहान ६ बजेतिर दुईजनाले समातेर ल्याएका थिए । कुनै परीक्षण भएको थिएन । हेमोग्लोबिन लगायतका विभिन्न कुनै जाँच रिपोर्ट थिएन । म जानेबित्तिकै हेरेर यहाँ उपचार सम्भव छैन भनेर रेफर गरिदिएँ ।’

एक महिनाअघि सञ्चालनमा आएको यो १५ बेडको अस्पताल दर्ता भएको छैन । अस्पताल सञ्चालक डा. हकले दर्ता प्रक्रियामा रहेको तर कर्मचारी नभएको भनेर दौडधुप गरिरहेको बताउँछन् । जनकपुरधाम उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कुमार साहले अरमान हस्पिटल दर्ता नरहेको बताए ।

बच्चादानीको समस्या भएर १२ पुसमा जनकपुरस्थित समर हस्पिटलमा सबैला नगरपालिका–१३ प्रसाहीकी ३५ वर्षीया ममता देवी भर्ना भइन् । दिउँसोको समयमा भर्ना भएकी उनको उपचारमा दिनभरजसो चिकित्सकले ध्यान दिएनन् । पछि शल्यक्रिया गर्दा उनको राति १२ बजे मृत्यु भयो । अस्पतालले जिउँदै छ भनेर शव एम्बुलेन्सलाई राखेर रेफर गर्न खोजेको छोरा रुपेशकुमार कापर आरोप लगाउँछन् । वादविवाद भएपछि अन्तिममा सहमतिमा परिवारले शव बुझ्यो ।

जनकपुरधाममा निजी अस्पताल खुल्ने क्रम पछिल्लो समय निकै बढेको छ । जहाँ उपचार खर्च महंगो छ । बिरामी भर्ना गरिहाल्ने, विभिन्न परीक्षण गराउने र अन्तिममा उपचार सम्भव छैन भनेर अर्को अस्पताल पठाउने प्रवृत्ति बढेको छ ।

‘यहाँ व्यापारकै लागि छ्यापछ्याप्ती हस्पिटल खुलेको छ । बिरामीको उपचार, सेवाभन्दा पैसा प्राथमिकतामा परेपछि अस्पताल जुनसुकै हदसम्म जान तयार हुन्छन्’, जनकपुरधाममा कार्यरत एक चिकित्सक भन्छन्, ‘जहाँ कन्सलटेन्ट डाक्टर छन् त्यहाँ बिरामीको अवस्था हेरेर भर्ना गर्छन् । तर, पछिल्लो समय एम्बुलेन्स चालकहरु बिचौलिया बन्दा बिरामी ल्याउने बित्तिकै कमिसन लिन्छन् । हस्पिटलले उपचार क्षमता होस् कि नहोस् भर्ना गरेर बिरामीलाई लुट्छन् ।’

यस्ता अस्पतालमा धेरै मृत्युका घटना भए पनि गुपचुप पारिएको ती चिकित्सक बताउँछन् । गाउँघरबाट दलालमार्फत आएका सोझासिधा बिरामी र तिनका आफन्त बिरामीको मृत्युपछि अस्पतालको पैसा तिरेर चुपचाप घर फर्किन्छन् ।

चिकित्सकहरुका अनुसार प्रायः घटना बाहिर आउँदैन । सार्वजनिक भएको घटना पनि मृतक परिवारलाई कि पैसामा मिलाउँछन् कि त बाउन्सर वा प्रशासन मिलेर धपाउँछन् । जनकपुरका अस्पतालमा भएका मृत्युको घटना कुनै पनि छानबिन र अनुसन्धानसम्म पुगेको छैन ।

१५ बेडसम्मको अस्पताल सञ्चालनको अनुमति स्थानीय सरकार र त्यसमाथि दुईसय बेडसम्मको प्रदेश सरकारले दिने कानुनी व्यवस्था छ । तर हाल जनकपुरधाममा कति अस्पताल छ भन्ने तथ्यांक जनकपुरधाम उपमहानगरपालिका र मधेश प्रदेश सरकारसँग छैन ।

उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख विजय साहले थुप्रै हस्पिटलहरु बिना दर्ता सञ्चालनमा रहेको बताउँछन् । ‘जनकपुरमा धेरै निजी हस्पिटल बिना दर्ता सञ्चालनमा छन्’, उनले भने ‘हामीले समिति बनाएर अनुगमन सुरु गरेका छौं ।’

मधेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका अधिकारीहरु त ९५ प्रतिशत अस्पताल मापदण्ड विपरीत रहेको बताउँछन् । ‘मापदण्ड खोज्न थाले धेरै हस्पिटलहरु बन्द भएर स्वास्थ्य सेवा प्रभावित हुन सक्छ । ती हस्पिटलहरुलाई राजश्वको दायरामा ल्याउन लागिएको छ’, महाशाखा प्रमुख मुक्तिनारायण साह भन्छन् । जनशक्ति तीनजना मात्र रहेकाले नियमित अनुगमन गर्न कठिनाइ भएको उनको तर्क छ ।

‘मापदण्ड पूरा नगरेका हस्पिटललाई करको दायरामा ल्याउन लागेका छौं । सुधारको मौका दिनुपर्छ’, उनले भने, ‘नियमित अनुगमन गर्न जनशक्ति छैन । नयाँ संरचना हो ।’

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले लापरवाहीले मृत्यु भएका बिरामीको आफन्तले उजुरी नदिँदा कारबाही गर्न नसकेको बताउँछन् । उनले अब स्वास्थ्य संस्थाको अनुगमन थाल्ने बताए । ‘हामी अब २/३ दिनमै स्वास्थ्य संस्थाहरुको अनुगमन थाल्छौं, मापदण्ड विपरीतकालाई कारबाही हुन्छ’ उनले भने ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content