Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

जनकपुरधामका मेयर मनोज साहलाई महामूर्ख उपाधि

२३ फागुन, जनकपुरधाम । यसवर्षको महामूर्ख जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह बनेका छन् । होली पर्वको अवसरमा प्रत्येक वर्ष जनकपुरधा...

२३ फागुन, जनकपुरधाम । यसवर्षको महामूर्ख जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह बनेका छन् ।

होली पर्वको अवसरमा प्रत्येक वर्ष जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद (मिनाप) ले एक विशिष्ट व्यक्तिलाई प्रदान गर्ने महामूर्खको उपाधि यस वर्ष मेयर साहलाई प्रदान गरिएको हो ।

मिनापले मंगलबार जानकी मन्दिर परिसरमा आयोजन गरेको महामूर्ख सम्मेलन अन्तर्गत महामूर्खसहित मूर्खका उपाधि विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरुलाई प्रदान गरेको छ ।

यसवर्ष सञ्चारकर्मी ऋषि धमलालाई पटमूर्ख, सञ्चारकर्मी वीरेन्द्र रमणलाई सोटाचन्द, महोत्तरीको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललाई वैशाखनन्दन, तमलोपा नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्वखेलाडी अरुण लाल कर्णलाई खबसुरता उपाधि प्रदान गरिएको छ ।

याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय झालाई लोढाशंकर, व्यवसायी बलराम साहलाई बज्रसोटा, अधिवक्ता रेखा झालाई मनटुटिया, इन्जिनियर रत्नेश्वरलाल कर्णलाई डपोरशंख, कवियत्री किरण झालाई टुनमुसरी, मधेस प्रदेशको वन मन्त्रालयका कर्मचारी लालबाबु यादवलाई हराशंख र मोनाष्टिक माध्यमिक विद्यालयका निर्देशक डा. सोनुकुमार साहलाई बज्रकिट लगायतको हास्यास्पद उपाधि प्रदान गरेको हो ।

महामूर्खको उपाधि पाएका मेयर साहलाई प्रशस्ति पत्र, लाटोकोसेरोको मुकुट र मालाले सुशोभित गरी सम्मान गरिएको छ ।

सम्मेलनमा सहभागी कविहरुले आ–आफ्नो कविताको माध्यमले विभिन्न विषयवस्तुमाथि हाँस्यव्यंग्य कटाक्ष समेत गरेका थिए ।

मिथिलाको कला संस्कृतिलाई संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले मिनापले २०६१ सादेखि प्रत्येक वर्ष होली पर्वको पूर्व सन्ध्यामा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ । यसअघि २०७८ सालमा अर्थविद डा. भोगेन्द्र झालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content