Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

हत्याका अभियुक्तलाई छोडेको भन्दै मौलापुरका स्थानीयले गरे गौरमा प्रदर्शन

५ फागुन, वीरगञ्ज। रौतहटको मौलापुर नगरपालिका-९ सोनरनिया स्थानीयले जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडी प्रदर्शन गरेका छन् । स्थानीय ४२ बर्षीया...

५ फागुन, वीरगञ्ज। रौतहटको मौलापुर नगरपालिका-९ सोनरनिया स्थानीयले जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडी प्रदर्शन गरेका छन् । स्थानीय ४२ बर्षीया श्रीमती सुनैनाकुमारी यादवको हत्या गर्ने मुख्य अभियुक्तलाई पक्राउ गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।

उनलार्ई छिमेकी कलावती देवी यादव, उनको श्रीमान भोला राय यादव, मधानी देवी र उनको श्रीमान उमत राय यादव मिलेर गत माघ २५ गते बाँसको भाटाले निर्घात कुटपीट गरेर हत्या गरेको दावी स्थानीयको छ ।

हत्यामा संलग्न रहेको आरोप लागेका कलावती, मधानी र उमतलाई प्रहरीले घटना भएकै दिन नियन्त्रणमा लिएको थियो । भने भोलालाई त्यसको भोलिपल्ट पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । तर कारबाही प्रक्रिया अघि नबढाइ २९ फागुनमा उमत बाहेकलाई छोडिदिएको भन्दै स्थानीय आक्रोशित छन् । उनीहरुले निरन्तर रौतहट प्रहरीको कार्यशैलीको विरोधमा प्रदर्शन गर्दै आएका छन् ।

बालबालिकाले खेतमा शौच गरेको विषयमा भएको विवादले उग्र रुप लिएपछि उनीहरुबीच झगडा भएको थियो । चार जना मिलेर सुनैनालाई निर्घात कुटपीट गरेको आरोप प्रदर्शनकारीले लगाएका छन् ।

घटना भएको दिन अचेत अवस्थाकी सुनैनालाई उद्दार गरेर अस्पतालमा पुर्‍याउँदा डाक्टरले मरिसकेको बताएको स्थानीय महिला शारदा देवी यादव बताउँछिन् । प्रहरीले आरोपीमध्ये मधानी देवीको ७२ बर्षीय श्रीमान उमत राय यादवलाई मुख्य आरोपी बनाएको छ । प्रहरीले दोषीलाई उम्काउन खोजेकोले प्रदर्शन गर्न बाध्य भएको रामप्रसाद साहले बताए ।

सुनैनाको ४ जना छोरी र दुई छोरा समेत प्रदर्शनमा सहभागी भएका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले स्थानीयले कुरा नबुझेर प्रहरीको विरोध गरेको बताए ।

‘हामीले चारै जना विरुद्ध रौतहट जिल्ला अदालत गौरमा मुद्दा दायर गरेका हौं, अदालतले थुनछेक आदेश दिँदा उमत बाहेकलाई छोड्न आदेश दिएको हो ।’ उनले भने ‘ हिजो मौलापुरमा प्रदर्शन गरेपपछि स्थानीयलाई आज हामीले नै बोलाएका थियौं, सम्झाएर पठाएका छौं ।’

थुनछेक आदेशमा चित्त नबुझेको खण्डमा उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगञ्जमा पुनरावेदन गर्न सुझाव दिएको उनले बताए ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content