Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

नगरपालिकासँग १२ बुँदे माग राखेर गरुडाका मेयर उम्मेदवार आमरण अनसनमा

७ चैत, वीरगञ्ज । रौतहटको गरुडा नगरपालिकाले मागेको सूचना नदिएको भन्दै मेयरका पराजित उम्मेदवार आमरण अनसनमा बसेका छन् । नगरपालिकासँग १२ बुँदे ...

७ चैत, वीरगञ्ज । रौतहटको गरुडा नगरपालिकाले मागेको सूचना नदिएको भन्दै मेयरका पराजित उम्मेदवार आमरण अनसनमा बसेका छन् ।

नगरपालिकासँग १२ बुँदे माग राखेर अनसनमा बस्ने लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको तर्फबाट मेयरका प्रत्यासी दिपक यादव हुन् । यादव गएको स्थानीय तह चुनावमा कन्थमणि प्रसाद कलवारसँग पराजित भएका थिए ।

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च गरिएका विवरण तथा उपलब्धी, बिजुलीबत्ती र इन्टरनेट जडानमा भएको खर्चको विवरण र हालको अवस्था, स्वास्थ्य क्षेत्रमा खर्च गरिएका विवरण र उपलब्धिहरु, करारका कर्मचारीहरुको नियुक्तिपत्र र हाजरी रजिष्टरको प्रतिलिपि, तलब, पेश्कीको विवरण, पदपूर्ति समितिको निर्णय र छनौट प्रक्रिया सम्बन्धि विवरण उपलब्ध गराउनुपर्ने उनको अडान छ ।

विकास कार्यका सम्पूर्ण योजनाको विवरण र भुक्तानीका कागजात, दर्ता चलानी किताबमा दर्ता भएको पत्रहरुको प्रतिलिपि, हालसम्म्म भएको खर्च रकमको शीर्षक सहितको मास्केवारी विवरण, नगर सभाहरुको निर्णयको प्रतिलिपि, कोरोना पीडितहरुलाई दिएको रकमको विवरण, नगरपालिकाको नाममा रहेका सम्पूर्ण बैंक खाताहरुको विवरण सार्वजनिक गर्नुपर्ने उनको माग छ ।

त्यसैगरि गरुडा चिनी मिलको मैदानमा मेयरको उपस्थितिमा सार्वजनिक सुनवाइ कार्यक्रम गरिनुपर्ने माग पनि उनले अघि सारेका छन् ।

अन्नपानी केहि पनि नखाइ दुई दिनअघिदेखि अनसनमा बसेका यादवको स्वास्थ्य अवस्था खराब बन्दै गइरहेको छ । गरुडा अस्पतालका चिकित्सकले अनसनस्थलमै सलाइन पानी चढाएर उपचार गरेका छन् । जन सरोकारको मुद्दालाई लिएर धर्नामा बसेको यादवले बताएका छन् ।

अनसनमा बसेका यादवसँग मंगलबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले भेटघाट गरेका छन् । भेट लगत्तै कार्यपालिकाको आकस्मिक बैठक डाकिएको छ । बैठकमा अनसनमा बसेका यादवले उठान गरेका मागहरु कसरी सम्बोधन गर्ने भन्ने बारेमा छलफल भइरहेको उनले बताए ।

‘उहाँले एक पटक सूचना हक अन्र्तगत निवेदन दिएर सूचना माग गर्नुभएको थियो, हामीले तीन दिन भित्रै दिएका पनि हौं’, उनले भने, ‘पछि दोस्रो निवेदन ल्याउनुभयो, सूचनाहरु संकलन गर्दै थियौं, अनसनमा बस्नुभयो । माग पुरा गर्नका लागि कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गर्न आकस्मिक कार्यपालिका बैठक बसिरहेको छ ।’

सूचनाको हक सम्बन्धी ऐन २०७४ को दफा ७ अनुसार माग गरिएको सूचना १५ दिनभित्र दिन सक्ने व्यवस्था रहेको र सोही अनुसार तयारी भइरहेको उनको भनाइ छ । मेयरको उपस्थितिमा सार्वजनिक सुनुवाइ हुनुपर्ने भन्ने माग सम्बोधनका लागि कार्यपालिका बैठकले मिति र स्थान तोक्ने उनले बताए ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content