Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

२८ फागुन, जनकपुरधाम । धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासत फोडेर लामो समयदेखि फरार एक थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

२८ फागुन, जनकपुरधाम । धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासत फोडेर लामो समयदेखि फरार एक थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका ७ का ३६ वर्षीय शंकर महतो छन् ।

उनलाई शनिबार राति ८ बजे पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ इनर्वास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

माघ १२ गते उनी हातहतियार खरखजाना मुद्दामा मिथिला नगरपालिका २ स्थित नक्टाझिजबाट पक्राउ परेका थिए । गत फागुन १५ गते राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये चारजनालाई भागेको एकसाता भित्रै प्रहरीले पक्राउ गरेको थियो ।

घटना पश्चात जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालयले संयुक्त प्रहरी टोली परिचालन गरी व्यापक सर्च अपरेसन चलाएको थियो । खोजतलास गर्ने क्रममा घटनाकै भोलिपल्ट पुस १६ गते हातहतियार तथा खरखजाना मुद्दाका मिथिला नगरपालिका ६ का २८ वर्षीय रोशन महतो, फागुन १७ गते शान्तिसुरक्षा विरुद्धको मुद्दाका अभियुक्त क्षिरेश्वरनाथ नगरपालिका २ बस्ने २५ वर्षीय हरिदिप सिंह र २५ वर्षीय अमित मण्डलाई पक्राउ गरेको थियो । यसैगरी लागूऔषध मुद्दाका अभियुक्त १८ गते राति क्षिरेश्वरनाथ नगरपालिका ५ का ३९ वर्षीय विनोद कुमार शर्मालाई प्रहरीले पक्राउ गरेको थियो ।

एकजना थुनुवा भने अझै फरार छन् ।

 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content