Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बारा जिल्लाको वन संरक्षण गर्न अाफू लागि परेको डिभिजन वन कार्यालयका प्रमुख बिनोद सिँहको भनाई ,वन विनाश गरे वन नियमावली बमोजिम कारवाही गरिने दिए चेतावनी

अजय यादव वियोगी कलैया ,बारा । हरियो वन नेपालको धन यो भनाई दिनप्रतिदिन उखानमा मात्र सिमित बन्दै गएका छन् ।तर बारामा यसलाई जोगाउन सरोकारवालाहर...

अजय यादव वियोगी
कलैया ,बारा ।
हरियो वन नेपालको धन यो भनाई दिनप्रतिदिन उखानमा मात्र सिमित बन्दै गएका छन् ।तर बारामा यसलाई जोगाउन सरोकारवालाहरुले विभिन्न कार्यक्रम ल्याएका छन्।बाराको विभिन्न ठाउँमा वन विनाशको समाचार भएता अहिले कडाई भएको हो।देशकै ७७ जिल्लामध्ये बारामा अधिक वन क्षेत्र रहेको र समथर भुभाग भाग भएकाले जोखिम नभएको हो।बारामा रहेको वन संरक्षण र सम्बर्द्धनका लागि अाफू दिनरात मेहनत गरेर लागेको डिभिजन वन कार्यालय सिमरा बाराका प्रमुख एवम् ईमानदार छविका कर्मचारीको छाप बनाउन सफल भएका बिनोद सिँहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।वन संरक्षण एक्लै हुने कुरै भएन सबैको सहयोग र साथको जरुरी रहेको डिभिजन वन कार्यालयका प्रमुख सिँहले बताउनुभयो ।अाफू अाएको ९ महिनामा धेरै सुधार भएको अझ सुधार बाँकी रहेको बताउनुभयो।

बाराको १६ पालिका मध्ये उत्तरी भेगमा जंगल नै रहेको तर दक्षिणी भेगमा जंगल नभएका कारण वनका विभिन्न कार्यक्रम लागु गर्न अाफू लागेको बताउनुभयो ।दक्षिणी भेगको सिम्रौनगढ नगरपालिका ,पचरौता नगरपालिका ,महागढीमाई नगरपालिका ,सुवर्ण गाउँपालिका ,देवताल गाउँपालिका ,फेटा गाउँपालिका ,विश्रामपुर गाउँपालिका लगायतको ठाउँमा अाफू निरिक्षण तथा अवलोकन गरेको यसपालि लागू हुन नसकेको ठाउँ अागामी दिनमा बोट बिरुवा लगाउन उत्प्रेरित बनाउनको निमित्त अाफू लागि परेको डिभिजन वन कार्यालय बाराका प्रमुख सिँहले बताउनुभयो ।सहजनाथ वन व्यवस्थापन ,हलखोरिया ,गढीमाई ,तामागढी लगायतका समितिले राम्रो काम गरेको त्यसले अझ राम्रो काम गर्दै जानेमा अाफू विश्वस्त रहेको डिभिजन वन कार्यालय बाराका प्रमुख बिनोद सिँहले बताउनुभयो।ईमानदार छविका रुपमा छाप बनाउन सफल भएका वहाँले महोत्तरी जिल्ला राम्रो काम गरेको सोही कामको मुल्यांकन गरेर अहिले मधेस प्रदेश सरकारले हेर्दे अाएको उधोग पर्यटन तथा वन मन्त्रालयले अाफुलाई बारा जिल्लाको जिम्मेवार दिएर पठाएको त्यो विश्वास कायम राख्न अाफू वन नियम ,ऐनमा भए बमोजिम गर्ने र कसैको दवावमा नपरी बाराबासीको हकहितमा काम गरेर देखाउने लक्ष्य रहेको कार्यालय प्रमुख सिँहले बताउनुभयो।बाराका सबै जनप्रतिनिधि तथा सरोकारवालासँग पटकपटक छलफल हुने गरेको पनि कार्यालय प्रमुख सिँहले बताउनुभयो ।बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा ज्युको अध्यक्ष्ातामा भएको समितिले राम्रो काम गर्दे गएको र अनेकन ठाउँको जंगलमा गर्ने काम तिव्ररुपले गर्दे गएको कार्यालय प्रमुख सिँहले बताउनुभयो।पहिला जिल्ला वन कार्यालय हुँदा १ सय ८५ जनाको दरबन्दी भएकोमा अहिले प्रदेशकै मातहतमा हुँदा कर्मचारीहरुको कटौती भएको कार्यालय प्रमुख सिँहले बताउनुभयो ।

अहिले १सय १० दरबन्दी मध्ये ८२/८३ जना मात्र कार्यरत रहेको पनि कार्यालय प्रमुख बिनोद सिँहले बताउनुभयो।सिमरामा रहेको कार्यालय परिसरमा नै केही बोट बिरुवाको नर्सरी तयार गरेको अाउँदो अाषाढमा वितरण गर्ने लक्ष्य बनाएको कार्यालय प्रमुख सिँहले बताउनुभयो।सरल र सामान्य ढंगका कर्मचारी बिनोद सिँहको कामबाट जो सुकै प्रभावित बन्ने गरेका छन् ,मधेशमा धेरै कर्मचारीहरु अाफू ठूलो भएको भन्दै घमण्ड गर्ने गरेको भएपनि वन कार्यालयका प्रमुख सिँहको व्यवहारले अाफू प्रभावित भएको करैयामाई -६ का जितेन्द्र यादवले बताउनुभयो।अाफु कार्यालय अाएको सामान्य काम पनि वहाँले सामान्य ढंगले गर्ने गरेको पनि स्थानीयबासी यादवले बताउनुभयो।वन विनाश कसैले गरे अाफू वन नियमावली बमोजिम कारवाही गर्नेपनि कार्यालय प्रमुख बिनोद सिँहले चेतावनी दिनुभयो।कार्यालयलाई सुचना प्राप्त हुनेबित्तिकै वनपाले तथा सुरक्षा निकायहरुलाई पठाउने गरेको विभिन्न रुखहरुको पहिचान गर्न लगाएको र सबैमा काँटा लगाउने काम पनि भएको वहाँले बताउनुभयो।वहाँको यस्तो कामको चौतर्फी सराहना हुन थालेको छ।बाराबासीले यस्ता कार्यालय प्रमुखको खुलेर नै तारिफ गर्ने गरेका छन्।चोरी ,पैठारी रोक्ने अाफूहरु विश्वस्त रहेको बाराका नागरिक समाजका अगुवाहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।

Virus-free.www.avast.com

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content