Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

कोष तथा लेखा नियन्त्रण कार्यालय बारामा लेखा अधिकृत नबस्दा कामकाज प्रभावित ,जेनतेन गरेर कार्यालय सञ्चालनमा रहेको निमित्त कार्यालय प्रमुख हरिकृष्ण बरालको भनाइ

अजय यादव वियोगी कलैया ,बारा ।  देशमा कस्तो विडम्बना छ।जब कार्यालयमा गएपछि वास्तविक कुरा बाहिर अाउने गरेको छ।लहलहैमा संघीयता त अायो तर त्यसको...

अजय यादव वियोगी
कलैया ,बारा । 
देशमा कस्तो विडम्बना छ।जब कार्यालयमा गएपछि वास्तविक कुरा बाहिर अाउने गरेको छ।लहलहैमा संघीयता त अायो तर त्यसको सञ्चालनमा कठिनाइ नै हुने गरेको छ।जिल्लाको सदरमुकाममा रहेको अधिकाँश कार्यालयहरु गाउँ -गाउँमा पुगेका छन् ।तर सरकारी कर्मचारी भन्दा करारका कर्मचारीहरुले सञ्चालन गर्दे अाएकोमा भ्रष्टाचारमा वृद्धि हुनुको साथै अनियमितता पनि बढी हुँदै अाएको छ।सुन्दा र देख्दा अच्चम मात्र लाग्ने दुर्भाग्य नै हो।बाराको सबैभन्दा बढीचल्ने कार्यालय कोष तथा लेखा नियन्त्रण कार्यालयमा लेखा अधिकृत नै बस्दैन।लेखा अधिकृत  अायुष कुमार साह १० :०० बजे नै कोष तथा लेखा नियन्त्रण कार्यालयमा हाजिर गरेर परवानीपुर गाउँपालिकामा जाने गरेकोले कोष तथा लेखा नियन्त्रण कार्यालय प्रभावित हुन थालेको छ।निमित्त प्रमुख प्रशासकीय अधिकृत त्यसमा पनि लेखा अधिकृत नबस्दा दिनभरि नै कार्यालय सुनसान नै रहने गरेको छ।कोष तथा लेखा नियन्त्रणको अधिकाँश काम रातिमा हुने गरेको खुलासा भएको छ।लेखा अधिकृत अायुष कुमार साहले अाफू पनि बारा जिल्लाकै भएकाले कसैले केही नसक्ने भनेपछि मनमौजी काम गर्ने गरेको जानकारहरुले बताएका छन्।दिनभरि नै परवानीपुर गाउँपालिकामा लेखा अधिकृत बस्दा अन्य सरकारी कार्यालयमा पठाउने रकम समयमा दाखिला नहुँदा सिङ्गो कार्यालयहरु नै प्रभावित हुने गरेको विभिन्न कार्यालयका प्रमुखहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।लेखा अधिकृतकै मनमानीले धेरै पालिकाको काम प्रभावित हुँदापनि कोष तथा लेखा नियन्त्रण कार्यालयले समयमा काम गर्न सकेका छैन।बाराको सदरमुकाम कलैया उपमहानगरपालिका -५ मा रहेको कोष तथा लेखा नियन्त्रणको कार्यालयको अवस्था दिनप्रतिदिन दयनीय हुनुको साथै शंकास्पद बन्दै गएको छ ।दिउँसो भन्दा राति नै काम हुने गरेको खुलासा हुनेले कोष तथा लेखा नियन्त्रणमा ठूलो चलखेल भएको अांशका गर्न थालिएको कलैया उपमहानगरपालिका -४ का अमर प्रसाद साहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।कोष तथा लेखा नियन्त्रण कार्यालय बाराका निमित्त कार्यालय प्रमुख हरिकृष्ण बरालले लेखा अधिकृत अायुष कुमार साह कसरी स्थानीय तहमा गएका छन् ,त्यो अाफूलाई पनि थाहा नभएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।पहिला कार्यरत रहेका कार्यालय प्रमुख प्रशुराम क्षेत्रीको पालामा गएकाले सबै कुरा अाफूलाई थाहा नभएको निमित्त कार्यालय प्रमुख बरालले बताउनुभयो।लेखा अधिकृत  अायुष कुमार साह कार्यालयमा हाजिर गरेर परवानीपुर गाउँपालिकामा जाने गरेको भएपनि अाफू चाहेर पनि रोक्न नसकेको र हाजिर कसरी प्रमाणित हुने भने प्रश्नमा सबै कुरा गर्न साध्य नभएको पनि निमित्त कार्यालय प्रमुख बरालले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।कहिले देखि यसरी कार्यालय सञ्चालन भएको हो भने प्रश्नमा निमित्त कार्यालय हरिकृष्ण बरालले भने धेरै दिनदेखि यस्तै  नै कोष तथा लेखा नियन्त्रण कार्यालय सञ्चालनमा रहेको छ ।यहाँ यस्तै हुन्छ के गर्ने हो निमित्त कार्यालय प्रमुख बरालले बताउनुभयो।

कोष तथा लेखा नियन्त्रण कार्यालय बारामा यति सम्म हुँदा पनि सम्बन्धित निकायको ध्यानाकर्षण हुन सकेको छैन।कोष तथा लेखा नियन्त्रण कार्यालय बाराका निमित्त कार्यालय प्रमुख  हरिकृष्ण बरालको सम्पर्क नम्बर ९८५५०३३४९८ मा सम्पर्क गरेर बुझ्दा लेखापाल अायुष कुमार साह माघ २३ गते देखि १ हप्ता सम्म बिरामी बिदामा रहेकाले उहाँसँग कुराकानी गर्न मुश्किल भएको निमित्त कार्यालय प्रमुख बरालले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।माघ २३ गते देखि नै लेखापाल अायुष कुमार साह बिदामा भएपछि कोष तथा लेखा नियन्त्रण कार्यालय बारा र परवानीपुर गाउँपालिका बढी प्रभावित हुन पुगेको छ ।लेखापाल अायुष कुमार साह राति -राति नै चेक काटि कमिसन लिने गरेको पनि हालै सार्वजनिक भएको थियो ।अधिकाँश ठेकेदारसँगको  मिलोमतोमा परवानीपुर गाउँपालिकामा विभिन्न योजनाको रकमको लागि केही दिन अगाडि चेककै लागि विवाद भएको थियो ।अाफू राम्रो लेखापाल भएको  बताउने अायुष कुमार साहको भित्री रहस्य बाहिर अाउन थालेको  छ ।बिना नियम कानुनकै काम हुने गरेको छ।परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले पनि केही खोजपुछ नगरी मिली नै लेखापालसँग कमिसन लिने गरेको परवानीपुर गाउँपालिकाका स्थानीयबासीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनु भएको छ। लेखापाल अायुष कुमार साह बाराकै भएकाले अाफूलाई डर न भएको भन्दै नियम मिच्दै राति -राति सम्म परवानीपुर र कोष तथा लेखा नियन्त्रण कार्यालयको कामलाई लिएर थप अांशका उत्पन्न भएको बाराका नागरिक समाजका अगुवाहरुले बताएका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content