अजय यादव वियोगी
कलैया ,बारा ।
देशमा गणतन्त्र अाएको धेरै भएको छ।तर सुशासन कायम हुन सकेको छैन।देश संघियतामा गएको छ ।संघियताले ल्याएको बिडम्बना भनौं कि बाध्यता नै हो कि जनताको काम सरल र सहज वातावरणमा हुन सकेको छैन।स्थानीय तहमा अहिले विकृति धेरै देखाई दिएका छन्।गरिब ,असहाय एवम् दलितको उठिबास नै हुन पुगेको छ।बाराको १६ पालिका मध्ये सबैभन्दा कान्छो नगरपालिका रहेको देशकै सबैभन्दा बढी विवादित बन्दै अाएको पचरौता नगरपालिकामा फेरि नयाँ काण्डले बारामा तहल्का मचाएको छ ।
पहिलाको स्थानीय तहका जनप्रतिनिधिहरुको लिला समाप्त नहुँदै फेरि नयाँ लिला सुरु भएको छ ।जनप्रतिनिधिहरु जनताको काम लागि भएपनि अहिले अाफ्नै नेता कार्यकर्ताको काम गर्नमा मग्न भएका छन्।चुनावमम लागेका खर्च जनतासँग विभिन्न बहानामा उठाउन थालेका छन्।यस्तै घटना बाराको कान्छो नगरपालिका पचरौता नगरपालिका वडा नम्बर -८को कार्यालयमा भएको छ। देख्न र सुन्नमा सामान्य भएपनि असामान्य ढंगले काम हुने गरेको छ।
पचरौता नगरपालिका वडा नम्बर -८ का वडाध्यक्ष प्रेमनारायण चौधरीको ईशारामा वडा सचिव प्रभु पंडितले नगदी रसिद भन्दा बढी रकम लिने गरेको खुलासा भएको छ।कपाली तमसुक लागि नगदी रसिद काटिएको शिवजी पंडितको रसिद नम्बर ३९६३ नम्बरको नगदी रसिदमा नगद २ सय (२००) रुपैयाँ मात्र उल्लेख गरेको भएपनि सेवाग्राही रुस्तम मियाँ अंसारीसँग ३ सय (३००) रकम लिएपछि वडाध्यक्ष चौधरीकै ईशारामा वडा सचिव पंडितले यस्तो कार्य गर्दे अाएको सार्वजनिक भएको छ।धनी शिवजी पंडितसँग ऋृण लिएका रुस्तम मियाँ अंसारीले कपाली तमसुक दर्ता गराउन वडा कार्यालय पुगेका थिए।वडा कार्यालयमा पुगेका अंसारीसँग खुलम खुला रुपले वडा सचिव प्रभु पंडितले यहाँ रसिद बढी रकम लिएर काम हुने गरेको छ।गराउन भए गराउन नत्र अाफूले केही नगर्ने भनेपछि सेवाग्राही रुस्तम मियाँ अंसारीले वडा कार्यालयमा नै यसको विरोध गरेका थिए।तर वडा सचिव पंडितले थप रकम लिएर नै काम गरेपछि यस्तो समाचार बाहिर अाएको छ।सेवाग्राही रुस्तम मियाँ अंसारीको सम्पर्क नम्बर ९८२९२४९०२३ मा सम्पर्क गरेर बुझ्दा समेत अाफूसँग वडा सचिव पंडित ३ सय नै रकम लिएको र २ सयको नगदी रसिद दिएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।सेवाग्राही अंसारीले भने अाफूसँग त्यतिबेला रुपैयाँ नहुँदा कपाली तमसुक समेत वडा सचिवले राखेपछि विवाद उत्पन्न भएका थिए ।पछि थप रकम दिएपछि मात्र वडा सचिव पंडितले सो तमसुक कागज दिएको सेवाग्राही अंसारीले बताउनुभयो।पचरौता नगरपालिका वडा नम्बर -८ मा बिचौलियाको रुपमा काम हुँदै अाएको स्थानीयबासीहरुले गुनासो गर्न थालेका छन्।वडाध्यक्ष प्रेमनारायण चौधरीसँग रहने गरेको धर्मेन्द्र प्रसाद यादवले धेरै कामको चाँजोपाँजो मिलाउने गरेको वडा नम्बर -८ का स्थानीयबासीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन।पचरौता नगरपालिका वडा नम्बर -८ मा विवाद सुरु मात्र होईन रकम असुल्ने काम भएको जनगुनासो बढदै गएका छन।धर्मेन्द्र प्रसाद यादव वडाध्यक्षकै सहयोगी मात्र भएपनि वडा कार्यालयमा बसेर काम गर्ने गरेको प्रत्यक्ष सेवाग्राही बताएका छन्।
पचरौता नगरपालिका वडा नम्बर -८ का वडाध्यक्ष प्रेमनारायण चौधरीको सम्पर्क नम्बर ९८४९३१४९३८ नम्बरमा सम्पर्क गरेर जानकारी लिन खोज्दा अाफूले जे गरेपनि कसैले केही गर्न नसक्ने श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो। वडाध्यक्ष चौधरीले भने धर्मेन्द्र प्रसाद यादव मेरा विश्वास पात्र हुन उसले जे गरेपनि वडा नम्बर -८ का सबै जनताले मान्नैपर्छ ।म कलैयामा जनताको लागि बस्दै अाएको समेत वडाध्यक्ष प्रेमनारायण चौधरीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।कलैया देखि अमरपट्टी अर्थात पचरौता नगरपालिका -८ को दुरी १२ किलोमिटर भन्दा बढी रहेको छ ।धर्मेन्द्र प्रसाद यादवको केही छैन तर दिनभरि वडा कार्यालयमा किन बस्नुहुन्छ भने प्रश्नमा वडाध्यक्ष चौधरीले मेरो मान्छे ,म जे चाहन्छु त्यो हुन्छ ,पत्रकारले के नै गर्न सक्छ ,जे गर्नुछ ,गर्नु लेख्नु मलाई मतलब नभएको वडाध्यक्ष चौधरीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।अाक्रोशित पारामा वडाध्यक्ष चौधरीले भने वडा कार्यालय नबसेपनि कसैबाट केही हुन नसक्ने पनि बताउनुभयो।जनतासँग रकम असुल्ने काम भएको छ भने प्रश्नमा वडाध्यक्ष चौधरीले हाम्रो वडामा जेपनि अरुलाई सरोकारको कुरा नभएको पनि बताउनुभयो।अाफूभन्दा मिडियाले विपक्षी भन्दा जानकारी लिन समेत वडाध्यक्ष चौधरीले बताउनुभयो।अहम् र घमण्डले भरिएका वडाध्यक्ष प्रेमनारायण चौधरीले काखापाखा गरेर काम गर्ने गरेका छन् ।अाफ्नो व्यक्तिगत खर्चको नाम दिएर जनतालाई झुक्याउने काम भएको पचरौता वडा नम्बर -८ कि महिला सितापति देवी यादवले बताईन।उनले भनिन् वडाध्यक्ष चौधरीले अाफ्ना मान्छेलाई नै सबै थोक गरेर अहिले राजनीति खिचातानीको बहाना बनाउने गरेको समेत बताईन।यता वडा सचिव प्रभु पंडितको सम्पर्क नम्बर ९८४५२६६१०५ मा सम्पर्क गर्न खोज्दा सम्पर्क नभएपछि वडा सचिवको अर्को सम्पर्क नम्बर ९८१५२३५९०१मा सम्पर्क गरेर बुझ्दा अाफूलाई केही कुरा थाहा नभएको बताउनुभयो ।रकम कसरी बढी लिएको भने प्रश्नमा उहाँले केही खुलाउन चाहनु भएनन्।वडा कार्यालयमा धर्मेन्द्र प्रसाद यादवले के गर्नुहुन्छ भने प्रश्नमा वडा सचिवले वडाध्यक्षसँगै वहाँ रहने गरेको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।अाफुले जनताको कामको लागि नियमित नै कार्यालय अाउने गरेको वडा सचिव पंडितले बताउनुभयो।विगतमा केही घटनामा फसेका वडा सचिव प्रभु पंडितले रकम लिनेमा माहिर भएको जानकारहरुले बताएका छन्।पचरौता नगरपालिकाका मेयर जलन्धर सिँहलाई जानकारी नै दिई यस्तो चलखेल सुरु भएको छ।
पचरौता नगरपालिकाका पुर्व मेयरकै कारण पचरौता नगरपालिकाबासी सास्ती खेप्न बाध्य भएका छन् ।कानुनको उपहासको साथै हारको मानसिकताले गर्दा विवाद उत्पन्न भएको छ।विगतमा मनमौजी चलाएका जनप्रतिनिधिहरुले अहिले राम्रो काम हुन थालेको भन्दै अतालिन पुगेको पचरौताका बुद्धिजीवीहरुले बताएका छन।पचरौता नगरपालिका वडा नम्बर -८ मा भएको यो काण्डले वडाध्यक्ष प्रेमनारायण चौधरीले व्यक्तिगत खर्च गरेर।सो खर्च जनताबाट उठाउन लागेको भन्दै सर्वत्र अालोचना हुन थालेको छ।पचरौता नगरपालिकामा ९ वडा रहेका छन् ।जसमध्ये वडा नम्बर -८ अहिले सबैभन्दा बढी विवादित बन्दै गएका छन्।कानुन विपरीत काम गरेर वडा कार्यालय बदनाम भएपनि अहिले फेरि विवादित बन्दै गएका छन् ।वडाध्यक्ष चौधरीकै अासेपासेले समेत मिडिया ले केही गर्न नसक्ने भनेपछि वडाध्यक्ष प्रेमनारायण चौधरी समेत अति रञ्जित बनेका गरेका छन्।जोश धेरै अनुभव थोरै भएका कारण वडाध्यक्ष चौधरी अासेपासेको सिकार बन्न पुगेका छन्।अमरपट्टी र बाजोपट्टी पहिलानै बदनाम रहेको र गाविसको पालामा सबैभन्दा बढी असाक्षर रहेको सो ठाउँमा शिक्षा र स्वास्थ्य क्षेत्रमा काम हुन सकेको छैन। हुलाकी राजमार्ग सँग जोडिएको वडाको अवस्था नाजुक बन्न पुगेका छन्।वडाध्यक्ष प्रेमनारायण चौधरी व्यक्तिगत खर्च गरेर अासेपासे पालेर यथार्थ कुरा बताउन चाहेका छैनन्। पचरौता वडा नम्बर -८का विवादित बन्दै गएका छन् ।चाँडै नै सरोकारवालाको ध्यानाकर्षण होस् ।
प्रतिक्रिया