अजय यादव वियोगी कलैया ,बारा । खेलकुदले नै स्वस्थ्य बनाउँछ ।त्यहीँ खेलकुद गरेर नै मान्छेले नाम पनि कमाउँछ। कलैया उपमहा...
अजय यादव वियोगी कलैया ,बारा । खेलकुदले नै स्वस्थ्य बनाउँछ ।त्यहीँ खेलकुद गरेर नै मान्छेले नाम पनि कमाउँछ। कलैया उपमहानगरपालिका वडा नम्बर -२६ का समाजसेवी दिलिप प्रसाद साह कलवारले बच्चाहरुको मनोबल बढाउने उद्देश्यले खेलकुद सामाग्री हस्तान्तरण गरेका छन् ।कलैया उपमहानगरपालिका -२६ का वडा सदस्य प्रवती देवि साहको श्रीमान रहेको साहले समाजसेवा गर्दै अाउनु भएको हो ।बच्चाहरुले खेलकुद सामाग्रीको अावश्यकता भएको बताएपछि समाजसेवी साहले उक्त सामाग्री उपलब्ध गराएका छन्।खेलकुद सामाग्री हस्तान्तरणपछि बच्चाहरु खुश हुँदै समाजसेवी साहको प्रंशासा समेत गर्नुभयो।खेलकुद सामाग्री वितरण कार्यक्रममा हेल्पिङ्ग यूथ सोसाइटीका अध्यक्ष एवम् चर्चित समाजसेवी राजकुमार गुप्ता उर्फ राज गुप्ता ,वडा सदस्य सुवास अंसारी लगायत समाजसेवीहरुको विशेष उपस्थिति रहेको थियो।

COMMENTS