Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

वीरगंज कारागारका १० र रौतहटबाट ११ जना कैदीबन्दीको सजाय मिनाहा

वीरगंज, ७ फागुन । ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज वीरगंज कारागारमा रहेका १० जना पुरूष कैदीबन्दिहरूको सजाय मिनाहा भएको छ । नेपा...

वीरगंज, ७ फागुन । ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज वीरगंज कारागारमा रहेका १० जना पुरूष कैदीबन्दिहरूको सजाय मिनाहा भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रजातन्त्र दिवसको अवसर पारी आज राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ५ सय १ जना कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकोमा वीरगंज कारागारका १० जना कैदीको सजाय मिनाहा भएको वीरगंज कारागारका सूचना अधिकारी नवराज बर्ताैलाले बताउनुभयो ।
वीरगंज कारागारबाट बाँकी सजाय मिनाहा भएर आज रिहा भएका कैदीबन्दीहरूमा कर्तव्य ज्यान मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका ६ जना, चोरी मुद्दाका १ जना, लापरबाहीबाट मानिसको ज्यान मुद्दा १ जना, हातहतियार खरखजना मुद्दा १ जना गरी १० जनालाई सजाय माफी भई आज जेल मुक्त भएको सूचना अधिकारी बर्ताैलाले जानकारी दिनुभयो ।
कारागार मुक्त हुनेमा वीरगंजका गणेश साह तेली, पर्सा जगरनाथपुरका सहदेव महतो, बारा जितपुरका नागेन्द्र चौधरी, मकवानपुर हेटौडाका उत्तम ज्योति बज्राचार्य, बारा प्रसौनीका योगेन्द्र प्रसाद साह, पर्सा ठोरीका सागर पाख्रिन, बारा कोल्भीका शम्भु चौधरी, वीरगंज महानगरपालिका वडा नम्बर ३१ का लालेश्वर चौधरी, वीरगंज १४ का राजकपुर पटेल र पर्सा सखुवा प्रसौनीका सल्टु महतो रहेका छन् ।
कैद कट्टी भएर रिहा हुनेहरूलाई कारागारले आज एक कार्यक्रमका बिच पारिवारिक पुनर्मिलन र सामाजिकीकरणको प्रक्रियामा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दै बिदाई गरिएको वीरगंज कारागारका आन्तरिक प्रशासन प्रमुख दिनेश साह सोनारले बताउनुभयो ।  
रौतहट कारागारबाट ११ जना कैदीबन्दी मुक्त
जिल्ला कारागार रौतहटबाट ११ जना कैदीबन्दी मुक्त भएका छन् ।
७३ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय माफी दिएपछि उनीहरू आइतवार कारागार मुक्त भएका हुन् ।
कारागार मुक्त हुनेमा सवारी ज्यान मुद्दाका ८, खोटा चलनका २ र मोटरसाइकल चोरी मुद्दाका एक जना गरी ११ जना रहेको  गौर कारागारका जेलर शम्भु यादवले बताए ।  

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content