कृष्ण गिरी पश्चिम नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकाको बाउन्नगढी देखि अवैध कुखुरा भारतबाट ल्याई नेपाल तर्फ भित्र्याउ...
कृष्ण गिरी
पश्चिम नवलपरासी ।
पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकाको बाउन्नगढी देखि अवैध कुखुरा भारतबाट ल्याई नेपाल तर्फ भित्र्याउन खोज्दा सशस्त्र प्रहरीले प्रकाउ गरि नष्ट गरेका छन्।होलीको अवसर पारेर अवैध कुखुरा ल्याउने काम जारी रहेकोले कडाइ गरिएको सशस्त्र प्रहरीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्।पशु क्वारेन्टाइनले काम नगर्दा अहिले भारतीय सिमा अवैध चल्ला ,कुखुरा ,माछा ,पशुजन्य सामाग्री भित्रिने काम भईरहेको छ।प्रकाउ परेका ५० किलो कुखुरा सशस्त्र प्रहरीले समाजसेवी बुद्धिजीवी ,पत्रकार लगायतकाको रोहबरमा नष्ट गरेका छन्।अवैध कारोबार गर्नेहरु अहिले पश्चिम नवलपरासीमा सल्बलाएका छन्।
COMMENTS