Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

रौतहटको मौलापुर नगरपालिका -९ सोनरनियामा नाला र सडक निर्माण बारे नगरपालिका अनभिज्ञ ,सघन सहरीको काम ठेकेदार कम्पनीकै भरमा सुचारु

अजय यादव वियोगी                          मौलापुर ,रौतहट                                     युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ यो भनाइ सबैल...


अजय यादव वियोगी                         

मौलापुर ,रौतहट                                    

युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ यो भनाइ सबैले सुन्नैकै हो ।तर विकास निर्माणमा पनि विनाश हुनु पनि उखान बन्दै गएका छन्। बिना विनाशको विकास सम्भव नै छैन ।विकास हुनु राम्रो कुरा हो ,तर विकास कसरी भईरहेको त्यो मुख्य कुरा हो ।कहिले दबाबमा ,कहिले ईशारामा काम धेरै  भए सबैलाई अवगत नै छ। लोकतन्त्रमा सबैको अधिकार बराबर नै छ।शाषक र शोषक समाप्त भएको छैन।मधेसको जिल्लामा विकासको नाम दिएर राजनीति पनि सुरु गर्ने कुनै नयाँ चलन नै होइन ,पुरानै चलन हो ।यस्तै  काम भईरहेको छ रौतहटको मौलापुर नगरपालिका -९ सोनरनियामा ,नगरपालिकालाई थाहा छैन ,तर घरमा डोजर भिडाउने काम हुने गरेको खुलासा भएको छ।मौलापुर नगरपालिका अनभिज्ञ रहेका छन् ।कि अाफ्नै नगरपालिकामा कति घर भत्केएर नाला र सडक निर्माण भईरहेको छ ,नगरपालिका प्रशासनसँग जानकारी नै छैन।मौलापुर नगरपालिकाका प्रशासन शाखा प्रमुख एवम् सूचना अधिकारी कबिता कुमारी खातीले कहाँ के काम भईरहेको छ ,त्यो अाफूलाई थाहा नभएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन।उनले भनिन् सबै कुरा प्रशासनलाई नै जानकारी हुनु जरुरी नै छैन।सोनरनियामा भईरहेको सडक र नाला निर्माण बारे बढी वडालाई जानकारी हुने भनेर पन्छिन खोजिन।


प्रशासनलाई के जानकारी हुनु नि प्रमुख प्रशासकीय अधिकृतलाई बढी जानकारी हुने प्रशासन शाखा प्रमुख खातीले बताईन।मौलापुर नगरपालिकाका योजना शाखाका प्रमुख अोमप्रकाश पंडितले सोनरनियामा भईरहेको योजना नगरपालिकाको नभई सघन सहरी तथा भवन निर्माण बिरगंजका भएकाले उसैलाई सोध्दा राम्रो हुने श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।योजना शाखालाई केही जानकारी छैन ,स्टिमेट कतिको हो ,कति लागतमा नाला र सडक निर्माण हुँदै छ ,योजना शाखालाई नै थाहा छैन ,योजना शाखा प्रमुख पंडितले भन्ने त्यो योजना बारे अाफूलाई केही समेत नभएको बताउनुभयो ।मौलापुर नगरपालिकाको ९ वटा वडामा सञ्चालनमा रहेको सबै योजनाको बारेमा जानकारी हुने ठाउँमा अरु कुन नयाँ योजना हो भन्ने प्रश्नमा योजना प्रमुख अोमप्रकाश पंडितले फुर्सद नभएको र अर्को दिन जवाफ दिने बताउनुभयो।योजना राख्ने ठाउँमा नै योजनाको बारेमा जानकारी छैन भने काम कस्तो ढंगले भईरहेको होला ,सहजै अनुमान गर्न सकिने भएको सेवाग्राहीहरुको भनाइ रहेको छ।



नाला र सडक निर्माण बारे  प्राविधिक शाखामा पुग्दा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका रामबाबु प्रसाद साह नै ईन्जिनियर समेत रहेको तर अाफूहरुलाई केही जानकारी नभएको करारमा काम गर्दे अाएका ईन्जिनियर दिपेश साहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।नाला र सडक निर्माण बारे प्राविधिक शाखालाई केही जानकारी छ ,भनेर प्रश्नमा स्थायी सब ई-ईन्जिनियर रहेका मुन्ना कुमार साहले भने केही जानकारी छैन ,यहाँ केही जानकारी नै हुदैन ,सबै जानकारी जसको योजना छ ,उसैलाई हुने हो ।तपाई पत्रकार हो मेरो बारेमा केही गल्त कुरा नअाअोस ,अातिदै उनले भने यहाँको कामको बारेमा कसैलाई केही जानकारी नै दिदैन।तपाई प्रमुख प्रशासकीय अधिकृतलाई नै सोध्नु ।



हामीलाई के थाहा अाक्रोशित मुद्रा सब ईन्जिनियर साहले भन्ने धेरै पत्रकारलाई हेरेको ,पत्रकारको काम राम्रोसँग थाहा भएकोश्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।निति र नियममा चलिरहेको स्थानीय तहमा अहिले नीति र नियम कतातिर हराएको मौलापुर नगरपालिका झझल्को दिने गरेको प्रष्ट हुने गरेको छ।शिक्षा शाखा ,स्वास्थ्य शाखा ,जिन्सी शाखा ,महिला तथा बालबालिका शाखामा कर्मचारी न्यून मात्र अाएको भएपनि कति कर्मचारी अाएको भन्ने प्रश्नमा प्रशासन शाखा प्रमुख कबिता कुमारी खातीले पनि बताउन अानाकानी नै गरिन।उनले भनिन् अहिले धेरै काम छ यकिन गरेर बताउने पनि वहाँले बताईन।मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले अाफूलाई मात्र  सो योजनाको बारेमा जानकारी भएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।सघन सहरीको काम हो हामीले त्यसमा केही गर्दैनौँ ,त्यसैले सरोकारको बिषय नभएको बताउनुभयो।अाफ्नै नगरपालिका भित्र डोजर घर भत्केको ,योजना सञ्चालनमा रहेको नगरपालिकालाई थाहा छैन ,अनि कसरी विकास भएको हो बुझ्ने गार्‍हो हुने गरेको मौलापुर नगरपालिकाका स्थानीयबासीहरुले बताएका छन् मौलापुर नगरपालिकाकि मेयर रिना कुमारी  साहको सम्पर्क  नम्बर ९८४३०५९३७३ मा सम्पर्क गर्न खोज्दा प्रतिक्रिया उपलब्ध सकेन।मौलापुर नगरपालिकाको कार्यालयमा ३५ जना र अन्य वडा र स्वास्थ्य चौकीमा ५५ जना कार्यरत रहेका छन्।मेयर रिना कुमारी साहको दोस्रो कार्यकालमा पनि मौलापुर नगरपालिकामा केही सुधार हुन नसकेको स्थानीयबासश्र जोगिन्द्र प्रसाद साहले बताउनुभयो।



यता सघन सहरी तथा भवन निर्माण अायोजना बिरगंजका प्रमुख झपट बहादुर थापाले रौतहटको सोनरनियामा सञ्चालनमा रहेको योजनाको बारेमा जानकारी नभएको र साईट ईन्जिनियरसँग सोध्नु भनेर श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।सधैं सोही साईटमा ईन्जिनियर बसेर काम गराउने र अाफू कार्यालय प्रमुख भएकाले जाने कुरा समेत नभएको प्रमुख थापाले बताउनुभयो।सुपरवाईजर हुन्छ भन्ने प्रश्नमा हुन्छ  तर ठेकेदार कम्पनीले नै काम गराई रहेकोले गुनासो नअाउन्जेल सम्म सघन सहरी कर्मचारी नजाने गरेको पनि सघन सहरी कार्यालयका  प्रमुख झपटबहादुर थापाले बताउनुभयो।साईट हेर्ने सघन सहरीका ईन्जिनियर सदर अालमको सम्पर्क नम्बर ९८५५०४०७३० सम्पर्क गरेर बुझ्दाँ अहिले व्यस्त भएको र सो योजनाबारे अाफुलाई जानकारी नभएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।सो योजनाको बारेमा साईट हेर्ने राजेश कुशवाहासँग सबै कुरा बुझ्न ईन्जिनियर अालमले बताउनुभयो।सो योजनाबारे जवाफ हुन्छ भनेर पन्छिदै ईन्जिनियर सदरे अालमले केही बताउन चाहनु भएनन्।सघनकै ईन्जिनियर अालमले भनेपछि साईट हेर्ने राजेश कुशवाहाको सम्पर्क नम्बर ९८४५३८१८१८मा सम्पर्क गर्न खोज्दा प्रतिक्रिया उपलब्ध हुन सके सकेन।मौलापुर नगरपालिका वडा नम्बर -९ मा कार्यरत वडा सचिव संजिव कुमार झाको सम्पर्क नम्बर ९८४९३८४०२३मा सम्पर्क गरेर बुझ्न खोज्दा अाफू बाहिर रहेकाले सो बिषयमा अाफूलाई जानकारी नभएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।वडा नम्बर -९ का सचिव झासँग घर भत्काउने सुचना भएको हो भने कति -कति दिनको हो भने हो प्रश्नमा उनले भने भएकाकै होला अाएपछि सबै कुरा बताउनेछु ।यसरी वडा सचिवलाई जानकारी नै छैन ,तर डोजर घर भत्काउन तमतयार अवस्था रहेको रहेकोमा केही भित्री रहस्य पनि रहेको खुलेको छ ।



रौतहटको मौलापुर नगरपालिकाको सोनरनियमा अहिले चिसोको मौसममा घर भत्काउने काम गरेर जनतालाई दु:ख दिने बाहेक अरु केही नभएको सोनरनियाकम स्थानीयबासी शँकर प्रसाद यादवले बताउनुभयो।हैकमवादी सोचका कारण अहिले सोनरनियाबासी मारमा परेका छन।विधालयको जग्गा रहेको मठ अतिक्रमण हुँदा नगरपालिकाले सार्वजनिक ठाउँ खाली गराउन नसक्नु नाला र सडकको निकाल्ने बहाना अहिले जाडोको मौसममा घर भत्काउने गरिब ,असहाय ,विपन्न परिवार उठिबास हुन लागेको स्थानीयबासी यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।नाला र सडक निर्माणले सोनरनियाका कति जनालाई उठिबास नै बनाई दिएका छन् ।अहिले उनीहरु घर ना घाटका भएका छैन ,पुस महिनाको कठ्याग्रिहो जाडोको समयमा घरका ईटहरु हटाउनमा व्यस्त रहेका छन्।यस बिषयमा मौलापुर नगरपालिका वडा नम्बर -९ का वडाध्यक्ष श्यामकिशोर साहले ७ दिनको सुचना भएको तर कुन मितिमा भएको हो अाफूलाई जानकारी नभएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।वडाले घर जग्गा खाली गराउने जिम्मा लिएका छन् ।बर्षौदेेखि बस्दै अाएका स्थानीयबासीको घरमा डोजर चल्दा रुवाबासी हुने गरेको र अधिकाँश र महिला र बालबालिकाहरु प्रभावित बन्न पुगेका छन् ।एक महिला नाम नलेख्ने शर्तमा भन्ने अहिले घर भत्काउना सारै मारमा परेको भएपनि गरिबको कसले सुनी दिनेहो ,त्यसैले अहिले मर्नु न बाँच्नु भएको स्थानीय महिलाले बताईन।ठेक्का लिएका कम्पनील अाश्रय निर्माण सेवा प्रा .लि.बसुन्धरा -३ काठमाडौंले कहि होडिङ्ग बोर्ड लगाएका छैन।होडिङ्ग बोर्ड नहुँदा कति रकममा ,सम्झौता मिति समेत हुन नसकेको स्थानीयबासीहरुले गुनासो गरेका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content