Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बारामा तस्कर र प्रहरीबीच झडप, दुई प्रहरी घाइते, दुईजना तस्कर पक्राउ

श्रीगढीमाई संवाददाता कलैया, २ माघ । गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण गर्न कडाइ गर्ने आदेश दिएपछि प्रहरी पनि तस्करी नियन्त्रणमा सक...
श्रीगढीमाई संवाददाता
कलैया, २ माघ ।
गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण गर्न कडाइ गर्ने आदेश दिएपछि प्रहरी पनि तस्करी नियन्त्रणमा सक्रिय भएको छ । बाराको सीमावर्ती क्ष्Fेत्रमा व्यापक तस्करी हुने गरेको छ । प्रहरीले तस्करी कार्य रोक्न खोज्दा केही स्थानमा प्रहरी र तस्करबीच झडप भएको समाचार छ ।
बारा, विश्रामपुर गा.पा.–१ कल्याणपुर सीमामा खटिएका प्र.स.नि. बिकरू मण्डलले भन्सार छलि गरी भारतबाट नेपालतर्फ साइकलमा ल्याउँदै गरेको सामान चेकजाँच गर्दा विवाद भएको छ ।
कल्याणपुर बस्ने मनोहर पटेल, धर्मेन्द्र पटेललगायत ९०–१०० जना स्थानीय व्यक्तिले प्र.स.नि.बिकरू मण्डल, प्र.ह. उमेश पण्डितलाई कुटपिट गरी घाइते भएका छन् । घाइते दुवै प्रहरीको कलैया अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले कुटपिटमा संलग्न मनोहर पटेल र धर्मेन्द्र पटेललाई पक्राउ गरी कारबाइ गरिरहेको  जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।
यसैगरी बारा सिम्रौनगढ न.पा ११ पिठुवा सीमा नजीकैबाट डिउटीमा खटिएको प्रहरी टोलीसँग भारतीय तस्करले विवाद गरी हातपात गरेको समाचार छ ।
भारत जिल्ला मोतिहारी पुर्वी चम्पारण बिहार पुर्णहिया बस्ने वर्ष  संदिप यादव समेत ६–७ जना तस्करले भारतबाट नेपाल तर्फ सामानहरू ल्याउन नदिएको भन्दै प्रहरीसंग विवाद गर्नुको साथै हातपात समेत गरेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
रौतहट बौद्धीमाई न.पा.७ बस्ने स्माईल देवानको छोरा वर्ष ३३ को कासिम देवानलाई र समान तस्कर गर्न(बोक्न) प्रयोग गरिने नं. प्लेट नभएको एउटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको  जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।
यसैगरी सिम्रौनगढ नगरपालिका वडा न.९ झरौखर पोखरा नजीकैबाट प्रहरीले चार हजार मूल्य बराबरको कस्मेटिक सामान नियन्त्रणमा लिएको छ । तस्करले प्रहरीलाई देखेपछि सामान छाडेर फरार भएका थिए । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content