Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको परवानीपुर गाउँपालिका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मीले हैकमवादी शैलीमा वडा नम्बर -१ बुनियादमा वडा भवन बनाउन गरे सुरु ,प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार सम्पर्क बिहिन ,पुर्वाग्रही ढंगले काम भएको स्थानीयबासीको भनाइ

अजय यादव वियोगी लैया ,बारा    देश निति ,नियममा चल्छ यो सबैलाई थाहा भएकै कुरा हो ।तर अहिले नीति नियम एकातिर मन लाग्दो कुरा काम हुन थालेको छ ।...

अजय यादव वियोगी

लैया ,बारा  


 देश निति ,नियममा चल्छ यो सबैलाई थाहा भएकै कुरा हो ।तर अहिले नीति नियम एकातिर मन लाग्दो कुरा काम हुन थालेको छ ।विकासको विनास हुनु जरुरी रहेको छ ।यो सत्य र यथार्थ कुरा हो ।पुर्वाग्रही ढंगले काम हुनुहुँदैन।लोक कल्याणकारी राज्य स्थापनाको निमित्त सयौं बलिदान दिए ,देशमा अामुल्य परिवर्तन अाईसकेको छ ।संघिय लोकतान्त्रिक गणतन्त्रमा अहिले पनि हैकमवादी शैली खतम भएको छैन।बाराको परवानीपुर गाउँपालिका वडा नम्बर -१ बुनियादमा सार्वजनिक जग्गा भएको भन्दै गाउँपालिका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मीले डोजर चलाउन लगाई जग्गा खाली गराए त्यो पनि पुर्वाग्रही ढंगले एक जना स्थानीयले भने विकासको नाम विनाश सुरु गरेका छन्।


अाशिया देवी धनुकाईनको घर भत्काई सो ठाउँमा एक्कासि नै वडा भवन निर्माणो  ठेक्का पट्टा समेत गरियो।तर ठेक्का पट्टा हुनु भन्दा अगाडि सार्वजनिक जग्गा खाली गराउने सुचना वडा कार्यालयसँग छ भने प्रश्नमा परवानीपुर गाउँपालिका वडा नम्बर -१ कि वडा सचिव प्रतिमा कुमारी सिँहले अाफूलाई जानकारी भएपनि पत्रकारलाई नदिने बताईन ।वडा सचिव सिँहको सम्पर्क नम्बर ९८११८४०२८७ मा सम्पर्क गरेर पटकपटक बुझ्दाँ उनले वडाबाट केही नदिने समेत श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन ।वडा नम्बर नम्बर -१मा बारा जिल्ला अदालतबाट जग्गा सम्बन्धि पत्र अाएको प्रश्नमा वडा सचिव प्रतिमा कुमारी सिँहले भने हामी पत्र बुझेर सही छाप गरि दियौं तर विशेष के छ  प्रमुख प्रशासकीय अधिकृतसँग सोध्न  अाग्रह गरिन।यता प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारको सम्पर्क नम्बर ९८५५०४८५६५मा सम्पर्क गर्न सम्पर्क हुन सकेन।त्यसपछि प्रमुख प्रशासकीय अधिकृत रौनियारको सम्पर्क ९८४५७८५०६५मा सम्पर्क गरेर वडा नम्बर -१बुनियादमा बन्दै गरेको वडा  भवनको बारेमा केही बताउन चाहनु भएनन् ।


प्रमुख प्रशासकीय अधिकृत रौनियारले भने मलाई थाहा छैन ,पछि सबै कुरा भन्ने श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।त्यसपछि प्रमुख प्रशासकीय अधिकृत रौनियारको २ वटा नम्बरमा फोन लाग्न छाडे अनि वहाँ सम्पर्क विहिन हुनुभयो ।परवानीपुर गाउँपालिका सुचना अधिकृत समेत तोकिएको छैन।कम्प्युटर अपरेटर रामकुमार सोनल नै सुचनाको फोकल पर्सन भएको सुचना प्राप्त भएपछि फोकल पर्सन भनिएको सोनलको सम्पर्क नम्बर ९८५५०३८७४९ मा सम्पर्क गर्न खोज्दापनि प्रतिक्रिया उपलब्ध हुन सकेन।बारा जिल्ला अदालतबाट पुस२१ गते नै प्रतिवादी परवानीपुर गाउँपालिका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मी र वडा नम्बर -१ का वडाध्यक्ष चोकट महतो धानुकको नाममा बारा जिल्ला अदालतको चलानी नम्बर ८६९५ मा सो कुरा उल्लेख गरिएको ।किता नम्बर ११५जग्गामा पर्ने गरि कुनै किसिमको निर्माण कार्य नगर्नु ,नगराउनु गरेको भए यथास्थितिमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५६ (२) बमोजिम उल्लेख भएपनि परवानीपुर गाउँपालिकाले काम रोक्ने के त्यसको बारेमा जानकारी समेत दिन्न हिचकिचाईरहेका रहेका छन।बाराकै सबैभन्दा कान्छो पालिकाको रुपमा रहेको परवानीपुर गाउँपालिका भ्रष्टाचार तथा अनियमितता मात्र नभई हैकमवादी शैलीमा काम गर्नेमा बारा जिल्लामा पहिलो बन्न पुगेको स्थानीय महिला अाशिया देवी धनुकाईनले बताईन ।

गाउँपालिका अध्यक्ष कुर्मीले अाफूलाई धम्काउदै जग्गा खाली गराएको र कुनै सुचना समेत नदिएको स्थानीय महिला  धनुकाईनले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन।बथानी जग्गा नाप नक्शा भएको भएपनि परवानीपुर गाउँपालिकाले त्यसको कुनै जानकारी दिएका छैन ।

५ वटा वडा रहेको परवानीपुर गाउँपालिकामा गाउँपालिका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मीको कामले अाम जनता मारमा पर्दै गएको परवानीपुर गाउँपालिकाका समाजसेवीहरुले बताएका छन्।वडा नम्बर -१ मा पुर्वाग्रही ढंगले घर भत्काई वडा भवन बनाउन लागेको प्रति दिनप्रतिदिन वितृष्णा बढदै गएका छन् ।राजनीति पुर्वाग्रह ढंगले काम गरेको भन्दै स्थानीयहरुले अध्यक्ष कुर्मीको खुलेर विरोध गर्न थालेका छन्।राजनीतिमा पोख्त नभएका कारण गाउँपालिका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मी सधैं विवादित बन्दै अाएका छन्।तानाशाही शैलीमा काम गर्न खोजेको भन्दै पटकपटक विवाद हुदै अाएको परवानीपुर गाउँपालिकामा वडा नम्बर -१मा वडा भवनको विवादले उग्र रुप लिदै गएका छन्।

वडा नम्बर कार्यालय भवन निर्माण ठेक्का हतारहतारमा अंकित निर्माण सेवालाई ३६ लाख ०४ हजार ८ सय ५४ मा ठेक्का पट्टा लगाएका छन् ।घर भत्काउने सुचना न वडा कार्यालयसँग न ,पालिकासँग यसरी नै एकलौटी ढंगले काम गरेको प्रष्ट भएको बताईएको छ ।


वडा नम्बर -१ का वडाध्यक्ष चोकट महतो धानुकले अाफूलाई केही जानकारी नभएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।बाराको परवानीपुर गाउँपालिका वडा नम्बर -१ बुनियादमा बन्दै गरेको वडा भवनको बारेमा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मीको सम्पर्क नम्बर ९८५५०२०६५५ मा सम्पर्क गरेर बुझ्दाँ एक्कासि अाक्रोशित मुद्रामा उनले भने पत्रकारलाई किन बताउनुपरेको हो  मुद्दा परेको प्रतिउत्तर चढाउने काम हाम्रो हो यसमा केही नबताउने गाउँपालिका अध्यक्ष कुर्मीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।हैकमवादी शैलीमा उनले भने पत्रकारको अाफ्नो डिग्री हुदैन केही बुझेको छैन ,अनि वडा कार्यालयमा के बताउने अध्यक्ष कुर्मीले भने म केही बताउनेबाला छैन ,जानुस अदालत सबै कुरा अदालतले नै बताउँछ ।सो जग्गामा अर्को घर पनि छ भने प्रश्नमा गाउँपालिका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मीले भने पत्रकारले सिकाउनु पर्दैन ,मलाई जे मन लाग्छ त्यो गर्ने गाउँपालिका अध्यक्ष कुर्मीले बताउनुभयो।अाफूले जे मन लागे त्यो गर्ने ,अाफूलाई कसैले केही गर्न नसक्ने अध्यक्ष कुर्मीले बताउनुभयो ।





















COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content