Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मधेश प्रदेशमा को बन्ला कांग्रेस संसदीय दलको नेता ?

२६ मंसिर, जनकपुरधाम । समानुपातिकको सिट टुंगो लागेसँगै मधेश प्रदेशमा नेपाली काग्रेस संसदीय दलको नेता बन्न नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको लव...

२६ मंसिर, जनकपुरधाम । समानुपातिकको सिट टुंगो लागेसँगै मधेश प्रदेशमा नेपाली काग्रेस संसदीय दलको नेता बन्न नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको लविङ सुरु भएको छ । प्रत्यक्ष १३ र समानुपातिक ९ गरी २२ सिटसहित कांग्रेस मधेश प्रदेश सभाको दोस्रो ठूलो दल बनेको छ ।

यो प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना रहेकाले दलको नेता बन्ने आकांक्षी बढी छन् । यद्यपि प्रवल दाबेदारका रुपमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति समेत रहेका नवनिर्वाचित प्रदेश सांसद कृष्ण यादव र निवर्तमान संसदीय दलका नेता समेत रहेका नवनिर्वाचित सांसद रामसरोज यादव हुन् । त्यस्तै निवर्तमान महिला बालबालिका युवा तथा खेलकुद मन्त्री समेत रहेका नवनिर्वाचित सांसद विरेन्द्र सिंह र कांग्रेस पर्सा जिल्ला सभापति जनार्दन क्षेत्री पनि आकांक्षी छन् ।

दलको नेताको दाबेदार चारैजना संस्थापन पक्षकै हुन् । कृष्ण वा रामसरोज मध्ये एकजना दलको नेता बन्ने अवसर पाउन सक्ने प्रवल सम्भावना रहेको कांग्रेसकै नेताहरु बताउँछन् ।

पहिला पनि दलको नेता रहिसकेकाले फेरि पनि दलको नेताको आकांक्षी हुनु स्वाभाविक रहेको रामसरोजको तर्क छ । उनी दलको नेता भएर यसअघि झण्डै एक वर्ष जसपाका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा महत्वपूर्ण भौतिक पूर्वाधार विकास मन्त्री बनिसकेका छन् । ‘म पहिला पनि दलको नेता रहिसकेको छु । मसँग दलको नेताको अनुभव छ । त्यसैले फेरि पनि दलको नेतामा मेरो दावी स्वाभाविक हो,’ रामसरोजले भने ।

प्ाार्टीको मधेश प्रदेश सभापति रहेकाले दलको नेतामा आफ्नो दावी स्वतः हुने कृष्ण बताउँछन् । ‘यो प्रदेशको सभापतिको हैसियतले म दलको नेताको स्वाभाविक आकांक्षी हुँ । तर पनि संगठन भित्र छलफल गरेर सहमतिमा टुंग्याउँछौं । छलफल भइरहेको छ,’ कृष्णले भने ।

अहिलेसम्म कांग्रेसको संस्थापन इतरपक्ष शेखर कोइराला समूहबाट कोही पनि दलका नेताका लागि आकांक्षा जाहेर गरेका छैनन् । इतर पक्षका प्रत्यक्ष निर्वाचित सांसद कौशल किशोर यादवले पक्षमा छलफल गरेर मात्र केही कुरा भन्ने बताए ।

मधेश प्रदेशमा सत्ता गठबन्धन कांग्रेस नेतृत्वमै सरकार बन्ने सम्भावनाले दलको नेता बन्न बढी कसरत भइरहेको छ । दलको नेता बने सरकार निर्माण हुँदा स्वतः मुख्यमन्त्री बन्न पाउनेछन् ।

मधेश प्रदेशमा संस्थापन पक्षकै बाहुल्यता छ । कांग्रेसका २२ सांसदमध्ये प्रत्यक्ष र समानुपातिक २-२ जना गरी ४ जना मात्र संस्थापन इतर पक्षका हुन् । कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको भूमिका पनि दलको नेता बनाउन निणर्ायक हुने चर्चा छ । १४ औं महाधिवेशनदेखि देउवासँग चिसिएको निधिको सम्बन्ध पछिल्लो समय सुधार हुँदै गएको छ । त्यसकारण कृष्ण वा रामसरोज कसलाई निधिले साथ दिन्छन्, त्यसमा भर पर्ने कांग्रेसका एक नेताले बताए ।

प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी मधेश प्रदेशसभामा १०७ सिट रहेको छ । प्रदेश सभामा २३ सिटसहित नेकपा एमाले पहिलो दल बनेको छ । १६ सिटसहित जसपा तेस्रो, १३ सिटसहित जनमत चौथो, ९ सिटसहित लोसपा पाँचौ, ८ सिटसहित माओवादी केन्द्र छैठौं र ७ सिटसहित एकीकृत समाजवादी सातौं दल बनेका छन् । प्रत्यक्षमा ६ सांसद स्वतन्त्र निर्वाचित भएका छन् भने राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्ष तर्फ नजिते पनि समानुपातिकतर्फ एक/एक सिट पाएका छन् ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content