Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बिल विजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा

२१ मंसिर, वीरगञ्ज । प्रहरीले बिल बिजक भन्दा बढी औषधि, लत्ताकपडा तथा खुद्रा सामाग्री लोड रहेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्...

२१ मंसिर, वीरगञ्ज । प्रहरीले बिल बिजक भन्दा बढी औषधि, लत्ताकपडा तथा खुद्रा सामाग्री लोड रहेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–६ लोहारपट्टी चोकबाट ना.३ ख २७७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

बिल विजक भन्दा बढी खुद्रा, लत्ता कपडा तथा औषधि लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट कास्कीतर्फ गइरहेको छ भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मंगलबार राति ट्रक नियन्त्रणमा लिएको थियो ।

राति साढे १० बजे ट्रक रोकेर चेकजाँच गर्दा नमस्ते ट्रासपोर्टबाट पठाइएको ट्रकमा विल बिजक शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

ट्रकमा ६१ लाख ४६ हजार १२ रुपैयाँ बराबरको खुद्रा, लत्ता कपडा तथा औषधिजन्य सामाग्रीहरू फेला परेको उनले बताए । बरामद गरिएको सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content