Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पर्सामा हिंसा पीडितका लागि सुरक्षित आवास गृह स्थापना गरिने

२३ मंसिर, वीरगञ्ज । पर्सामा हिंसामा परेका महिला तथा बालबालिकाका लागि सुरक्षित आवस गृह (सेफ हाउस) स्थापना गरिने भएको छ । वीरगञ्ज महानगरपालिका...

२३ मंसिर, वीरगञ्ज । पर्सामा हिंसामा परेका महिला तथा बालबालिकाका लागि सुरक्षित आवस गृह (सेफ हाउस) स्थापना गरिने भएको छ । वीरगञ्ज महानगरपालिकामा सुरक्षित आवास गृह स्थापना गर्न सरोकारवालाहरू एकजुट भएका हुन् ।

वीरगञ्जमा पालिका उपप्रमुख तथा अन्य सरोकारवालाबीच सुरक्षित आवास गृह स्थापनाका बारेमा छलफल भएको थियो । छलफलमा सहभागी महिला अधिकारकर्मीहरुले पर्सामा हिंसा प्रभावित महिला तथा बालबालिकाका लागि सुरक्षित आवास गृह नहुँदा समस्या भइरहेको बताएका थिए ।

घरका सदस्य, श्रीमानबाटै पीडित भएका महिला न्यायका लागि आउँदा सुरक्षित आवासको अभाव रहेको उनीहरुको भनाइ छ ।

हिंसा पीडित एवं महिला तथा बालबालिका न्यायका लागि आउँदा एकद्वार संकट व्यवस्थापन केन्द्र तथा जिल्ला प्रहरी कार्यालय पर्सामा रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले माइती नेपाल वीरगञ्ज, आफन्त नेपाललगायत संघ संस्थाले सञ्चालन गरेको अस्थायी आवास गृहमा पठाइने गरिएको छ ।

महिला अधिकार मञ्चको केन्द्रीय सदस्य सुमित्रा पन्तले पर्सामा सेफ हाउसको कुरा चलेको लामो समय भएपनि स्थापना हुन नसकेको बताइन् । ‘हिंसामा परेर घरमा बस्न नसक्ने अवस्थामा पुगेका महिला तथा बालबालिकालाई कहाँ लैजान भन्ने समस्या छ,’ उनले भनिन् ‘सेफ हाउस स्थापना गर्ने मात्रै हैन, दिगो रुपमा व्यवस्थापन गर्नेगरि काम अघि बढ्नुपर्छ ।’

नारायणी अस्पतालस्थित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र -ओसीएमसी) को फोकल पर्सन नर्स हेमा थापाले केन्द्रमा आएका हिंसा पीडित महिलालाई राख्नका लागि सेफ हाउस आवश्यक देखिएको बताइन् ।

‘घरमै हिंसामा परेका हुन्छन्, श्रीमानबाटै प्रताडित हुन्छन्, बल्ल बल्ल हिम्मत जुटाएर न्यायका लागि आउँछन्,’ उनले भनिन्, ‘अस्थायी आवास गृहमा केही समय मात्रै राख्न मिलिरहेको छ । पछि त्यही घरमा फर्काउनु परिरहेको छ । केही दिन सेफ हाउसमा राख्न पाइन्थ्यो भने उनीहरु डिप्रेसनबाट बाहिर पनि आउँथे ।’

लैंगिक हिंसाविरुद्ध १६ दिने अन्र्तराष्ट्रिय अभियानअन्र्तगत दिव्य युवा क्लबले छलफल कार्यक्रम आयोजना गरेको थियो । महिला अधिकार कार्यक्रम समुन्नती परियोजना मार्फत आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले सामूहिक प्रयासबाट सुरक्षित आवासगृह बनाउनुपर्नेमा जोड दिएका छन् ।

वीरगञ्ज महानगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रञ्जना पण्डितले जनप्रतिनिधिले नाला र सडकलाई मात्रै प्राथमिकतामा राखेका कारण सेफ हाउस जस्ता विषय प्राथमिकतामा नपरेको बताइन् ।

पटेर्वासुगौली गाउँपालिकाको उपाध्यक्ष ममता महतोले सुरक्षित आवास गृह वीरगञ्जमा स्थापना हुँदा सहज हुने भएकोले नीतिगत निर्णय महानगरले गरेपछि कामअघि बढ्ने बताइन् । ‘सुरक्षित आवास गृह स्थापनाको कुरा पहिला पनि उठेको हो, हामी लागि परेका छौं । तर जग्गाको व्यवस्था गर्ने लगायत नीतिगत निर्णय महानगरले गर्नुपर्छ,’ उनले भनिन्, ‘त्यसपछि डिपिआर बनाउने, भवन निर्माण, सञ्चालनलगायत कामका लागि अन्य पालिका, प्रदेश र संघ सरकारसँग अनुरोध गर्न सकिन्छ ।

वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले सुरक्षित आवास गृह स्थापनाका लागि महानगरले जग्गाको खोजी गरिरहेको जानकारी दिए । ‘सुरक्षित आवास गृह महानगरको चासोको विषय हो, जग्गा खोज्दैछौं । केही दिनमा सकारात्मक नतिजा आउँछ,’ उनले भने, ‘महिला हिंसा पीडितको व्यवस्थापनमा भन्दा बढी न्यूनीकरणका लागि कदम चाल्नु आवश्यक छ ।’

जग्गा भएपछि विस्तृत परियोजना प्रतिवेदन तयार गरेर संघ र प्रदेश सरकारसँग पनि रकम माग गर्न सकिने उनले बताए ।

बैठकले सुरक्षित आवास गृह स्थापनाका लागि पहल गर्न १५ सदस्यीय समिति समेत गठन गरेको समुन्नती परियोजनाको कार्यक्रम संयोजक कोपिला चौलागाईले जानकारी दिइन् ।

दिव्य युवा क्लबका अध्यक्ष उमेश चौहानले पर्सामा सुरक्षित आवास गृह स्थापनाका लागि आवश्यक पहल गर्न दिव्य बचत तथा ऋण सहकारी संस्थाबाट ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content