Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

वीरगञ्जका पत्रकार नरेशको स्मृतिमा अक्षय कोष

२८ मंसिर, वीरगञ्ज । वीरगञ्जका दिवंगत पत्रकार नरेश सर्राफको समृृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले अक्षय कोष स्थापना गर्ने भएको छ । मंगल...

२८ मंसिर, वीरगञ्ज । वीरगञ्जका दिवंगत पत्रकार नरेश सर्राफको समृृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले अक्षय कोष स्थापना गर्ने भएको छ ।

मंगलबार बसेको पर्सा शाखाको बैठकले कार्यसमिति सदस्य रहेका नरेशको स्मृतिमा अक्षय कोष स्थापना गर्ने निर्णय गरेको शाखा अध्यक्ष अनुप तिवारीले जानकारी दिए ।

महासंघले १ लाख ५० हजार रुपैयाँ जम्मा गरेर अक्षय कोष स्थापना गर्ने र अन्य निकायसँग सहयोगका लागि अपिल गर्ने निर्णय गरेको अध्यक्ष तिवारीले बताए ।

अक्षय कोषमा जम्मा भएको रकमबाट प्राप्त हुने आम्दानीको २० प्रतिशतले ‘स्वर्गीय नरेश स्मृति युवा पत्रकारिता पुरस्कार’ प्रदान गर्ने र बाँकी ८० प्रतिशत परिवारिक खर्चका लागि दिने निर्णय बैठकले निर्णय गरेको छ । १ दशकसम्म पत्रकारिता गरेका तथा ४० वर्ष ननाघेका युवा पत्रकारलाई दिने पुरस्कार पत्रकार महासंघको स्थापना दिवसको अवसरमा प्रदान गरिनेछ ।

महासंघ पर्सा शाखाले नरेशको १३ औं दिनको पूण्य तिथिमा मंगलबार श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । कार्यक्रममा पूर्व मन्त्री एंव पर्सा क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधीसभा सदस्य प्रदीप यादवले अक्षय कोषमा १ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । यसअघि वीरगञ्ज महनगरका मेयर राजेशमान सिंहले अक्षय कोषका लागि महानगरबाट १० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेका छन् ।

महानगरले परिवारका लागि राहतस्वरुप ५ लाख रुपैयाँ दिने पनि घोषणा गरेको थियो भने समाजवादी प्रेस संगठन र रेडियो वीरगञ्जले गरी २ लाख रुपैयाँ ६ वर्षीया छोरी श्रेयालाई हस्तान्तरण गरिसकेको छ । अक्षय कोषमा नेपाल प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारीले २१ हजार र पत्रकार महासंघका पूर्व मध्यमान्चल संयोजक महेश दासले नगद १० हजार रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

महासंघकै सभाहलमा आयोजित श्रद्धान्जली सभामा प्रतिनिधीसभा सदस्य प्रदीप यादवले सरकारका तर्फबाट पनि राहत रकम उपलब्ध गराउने आश्वासन दिएका छन् । ३८ वर्षीय नरेशको मंसिर १५ गते हृदयतघातबाट निधन भएको थियो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content