Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

धनुषामा रितादेवीको श्रीमानले हत्या गरेको खुलासा

२६ मंसिर, जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको बीभत्स हत्या उनकै श्रीमानले गरेको खुलेको छ । धनुषाको बटेश्वर गाउँपालिका व...

२६ मंसिर, जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको बीभत्स हत्या उनकै श्रीमानले गरेको खुलेको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको गएराति हत्या भएको हो ।

गम्भीर घाइते अवस्थामा रितालाई श्रीमान् विरेन्द्रले जनकपुरको काव्या अस्पताल पुर्याएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको छ ।

घटना पश्चात प्रहरीले थालेको अनुसन्धानमा श्रीमान विरेन्द्रले नै बञ्चरो प्रहार गरी हत्या गरेको र बन्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेको खुलेको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । त्यसपछि उनी आफैंले श्रीमतीलाई उपचार गर्न भन्दै अस्पताल पुर्याएका थिए ।

श्रीमान माथि नै शंका लागेर सोधपुछ थालेपछि विरेन्द्रले आफूले नै बञ्चरो प्रहार गरी हत्या गरेको स्वीकार गरेको डिएसपी क्षेत्रीले बताए । हत्यामा प्रयोग भएको बञ्चरो बरामद गरी विरेन्द्रलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

आइतबार राति ११ बजेको समयमा घरमा सुतिरहेकी रितामाथि सुतेकै ओछ्यानमा धारिलो हतियार प्रहार भएको थियो ।

उनका चार र ६ वर्षका दुई छोरा छन् । स्थानीयका अनुसार विरेन्द्रले श्रीमतीलाई कुटपिट तथा यातना दिँदै आएका थिए । तीन महिना अघि विरेन्द्रले बिहेमा पाएको फर्निचरसहितका सामानसहित रितालाई उनको माइत (महोत्तरीको भंगहा नगरपालिका ९ अजगेबा) पुर्याएका थिए । ससुराली पक्षकाले स्थानीयले भने उनीहरुलाई फर्काएका थिए ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content