स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर -२ मा रहेको श्री नेपाल राष्ट्रिय अाधारभूत विधालय मौवाही मतदान केन्द्रमा असई अरुणकुमार महतोले पत्रकार र पर्यवेक्षकलाई जान्नबाट लगाए रोक ,मधेस प्रदेशकै सभामुखको क्षेत्रमा धाँधली भएको अांशका

SHARE:

अजय यादव वियोगी
कलैया ,बारा ।
बाराको निर्वाचन क्षेत्रमा -१ मा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई खुबै महत्त्वको साथ हेरिएको थियो ।तर प्रहरी प्रशासनले तदारुकता देखाएपनि भित्रभत्रै चलखेल भएको कुरा बाहिर अाएको छ।बारामा ४ वटा निर्वाचन क्षेत्र भएपनि सबैभन्दा पुर्वी भेगमा पर्ने क्षेत्र नम्बर -१ मा धेरै जनाको चाँसो बिषय बनेको भएपनि अहिले ढुक्क हुने स्थिति नभएको मतदाताहरुले बताएका छन्।बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर -२ मा रहेको श्री नेपाल राष्ट्रिय अाधारभुत विधालय मौवाही मतदान केन्द्रमा नेपाल प्रहरीमा कार्यरत असई अरुणकुमार महतोले मतदान केन्द्रमा पत्रकार र पर्यवेक्षक जान्नबाट रोक लगाउँदै माथिको अादेश भन्दै गेट भित्रबाट पनि कसैलाई जान्न मान्ने थिएनन् ।असई महतोले पत्रकार र पर्यवेक्षक जे भएपनि भित्र जान्न नपाउने र माथि अादेश भएको भन्दै मतदान स्थलमा खटिरहेका भएपनि मतदाता बाहेक कसैलाई भित्र छिर्न मनाही भएको बताएका छन् ।मतदान सुरु भए लगत्तै मौवाही केन्द्रमा चलखेल सुरु भएको सुचना प्राप्त हुन साथ श्री गढीमाई राष्ट्रिय दैनिकका सिम्रौनगढ संवाददाता कृष्णा गुप्ता यो बिषयमा बुझ्न जाँदा असई अरुणकुमार महतोले अहिले कसैलाई जान्न नदिने पत्रकारलाई चिन्दैन नचिने ,पत्रकारले फोटो समेत खिच्न नपाउने ,माथिको अादेशको बसि बसि पालना गराएको कुरा बाहिर अाएपछि भित्री रहष्य केही अर्को रहेको बाहिर अाएको छ।श्री गढीमाई राष्ट्रिय दैनिकका सिम्रौनगढ संवाददाता गुप्ताले नियाल्दा जाँदा सत्ताको भरमा मतदान स्थललाई कब्जामै लिएको प्रहरी ,प्रशासन नै अाँखा छलेर काम गरिरहेको भरपुर स्रोत थाहा पाएपछि श्री गढीमाई राष्ट्रिय दैनिकका टिम त्यहाँ पुग्दा असई अरुणकुमार महतो अाफू बर्दीवाला भएको निर्वाचन भईरहेको भित्र कसैलाई जान्न अधिकार नभएको भन्दै कडकिए ।तर एकजना म्यादी प्रहरीलाई ईन्चार्जलाई बाहिर बोलाउन भनेपछि  असई महतोले पत्रकारलाई निषेध गरिएको कुरा जोडले भन्दै भने यो बर्दी यस्तै लगाएको छैन ।केही बेरमा मतदान अधिकृत बिरेन्द्र प्रसाद साहलाई मतदान केन्द्रमाको बाहिर भागमा अाएर भने भिडभाड यस्तै हुन्छ ,पत्रकार  अथवा जोसुकैलाई समस्या पर्न सक्छ ,पत्रकार र पर्यवेक्षकलाई निषेध गरिएको प्रश्न मतदान अधिकृतले कुनै प्रतिक्रिया नै जनाएनन्।यता कुल मतदाता ९ सय १७ जना रहेको मतदान केन्द्रमा नेपाल प्रहरीका ३ जना म्यादी प्रहरी ९ जना गरि १२ जना सुराक्षर्थ खटिएका थिए ।बिहानदेखि  उक्त केन्द्रमा निगरानी बढाएको भएपनि केही अांशका उत्पन्न भएको स्थानीय मतदाताहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।बारा निर्वाचन क्षेत्र नम्बर -१ "ख" मा पर्ने मतदान स्थलको अवस्था यस्तो भेटिएपछि शंका उपशंका उत्पन्न हुन थालेको विश्लेषकहरुले विश्लेषण गर्न थालेका छन् ।मधेस प्रदेशकै सभामुख रहेका हाल जसपाबाट निर्वाचन क्षेत्र -१ "ख" बाट प्रदेश सभा उम्मेदवार सरोज कुमार यादवको क्षेत्रमा यसरी चुनाव हुनु ,प्रहरी ,प्रशासन माथि प्रश्न चिन्ह खडा भएको छ।स्वच्छ ,निष्पक्ष र स्वतन्त्र ढंगले हुनुपर्ने निर्वाचन अहिले त्यसको ठिक विपरीत भएको  मौवाही केन्द्रका केही मतदाताहरुले बताएका छन्।प्रहरीले पत्रकारलाई जान्न  नदिनु ,अाफैँ कुर्सीमा बसि जनता भन्दा ठुलो धाक लगाउने भएकाले थप शंका उत्पन्नभएको   स्थानीय बासी नरेश प्रसादले बताउनुभयो।असई अरुणकुमार महतोको  बिहानैदेखि  गतिविधि नियाल्दै जाँदा उनले भनेका केही शब्द सत्ताको गन्ध उत्पन्न भएको र स्वच्छ ढंगले निर्वाचन नभई केही शंका उत्पन् भएको अांकलन गर्न थालिएको हो।सहायक कर्मचारी रहेका सुरेन्द्र प्रसाद भण्डारी अन्यत्र जानुभएको र अाफू उक्त केन्द्रमा परे पछि अर्को केन्द्रमा गएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।यस्तै सहायक मतदान अधिकृत विजय कुमार जयसवालसँग यो बिषयमा प्रतिक्रिया लिँदा सामान्य विवाद भएको तर सबै कुरा  मतदान अधिकृतबाट बुझ्न अाग्रह गर्नुभयो।श्री नेपाल राष्ट्रिय अाधारभूत विधालय मौवाहीमा अरुणकुमार यादव रामबाबु प्रसाद जयसवाल ,सुवास प्रसाद यादव ,नन्दलाल राम ,उषा देवी हजारा लगायतका कर्मचारी खटेका थिए।बारा निर्वाचन क्षेत्र नम्बर -१ मा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट खानेपानी मन्त्री उमाकान्त चौधरी र विपक्षी गठबन्धनका तर्फबाट अच्युत मैनाली प्रतिस्पर्धामा रहेका छन्।।बारा क्षेत्र नम्बर-१ मा केही धाँधलीको समाचार अाएको त्यसको उदाहरणको रुपमा मौवाही केन्द्रलाई नै लिन सकिने निर्वाचनका जानकारहरुले बताएका छन्।मौवाही केन्द्रमा मतदान अधिकृत रहेका बिरिन्द्र प्रसाद साह सिम्रौनगढ नगरपालिकाका स्वास्थ्य शाखा कर्मचारी रहेका छन् ।सोही नगरपालिकाका कर्मचारी सोही नगरपालिकाको मतदान केन्द्रमा मतदान केन्द्र भएकोपछि टिकाटिप्पणी समेत भएको बताईएको छ।बारा निर्वाचन क्षेत्र नम्बर -१ का निर्वाचन अधिकृत कैलाश क्षेत्री खत्रिलाई ९८५५०४८०४२ मा सम्पर्क गर्न खोज्दा पनि प्रतिक्रिया उपलब्ध हुन सकेका छैन।यस बिषयमा मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्यायको सम्पर्क नम्बर ९८४१७१४९१५ मा सम्पर्क गर्न खोज्दा मोबाइल स्वीच भएका कारण प्रतिक्रिया उपलब्ध हुन सकेको छैन।बारा जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय कलैयामा सहायक निर्वाचन अधिकृत नवराज जोशीसँग सोध्दा त्यस बारेमा अाफूले बोल्न नमिल्ने श्री गढीमाई राष्ट्रिय दैनिकलाई प्रतिक्रिया दिएका छन् ।खास के भएको अाफुलाई जानकारी समेत नभएको सहायक निर्वाचन अधिकृत जोशीले बताउनुभयो।बारामा छिटपुट घटना बाहेक शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर -२ मा रहेको श्री नेपाल राष्ट्रिय अाधारभूत विधालय मौवाही मतदान केन्द्रमा असई अरुणकुमार महतोले पत्रकार र पर्यवेक्षकलाई जान्नबाट लगाए रोक ,मधेस प्रदेशकै सभामुखको क्षेत्रमा धाँधली भएको अांशका
बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर -२ मा रहेको श्री नेपाल राष्ट्रिय अाधारभूत विधालय मौवाही मतदान केन्द्रमा असई अरुणकुमार महतोले पत्रकार र पर्यवेक्षकलाई जान्नबाट लगाए रोक ,मधेस प्रदेशकै सभामुखको क्षेत्रमा धाँधली भएको अांशका
https://blogger.googleusercontent.com/img/a/AVvXsEgwNfKs36m5F0uswIYAmz6AyhAasCwMFtPCHhCkHjLkrxNvCfPwleTAmCXLeVbUZPnvPAb4RF_a3zKaGyHAcVipDdYOW7dzxPNDp6hMiUtZpyaU6p7KkBhvJxCssq-WNhf02t4a-2B-8icO_lWXQwKldhcQo1vD2kROQqEs8-UHM7YDRO8ogm5KJ4WEgA=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgwNfKs36m5F0uswIYAmz6AyhAasCwMFtPCHhCkHjLkrxNvCfPwleTAmCXLeVbUZPnvPAb4RF_a3zKaGyHAcVipDdYOW7dzxPNDp6hMiUtZpyaU6p7KkBhvJxCssq-WNhf02t4a-2B-8icO_lWXQwKldhcQo1vD2kROQqEs8-UHM7YDRO8ogm5KJ4WEgA=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/11/blog-post_837.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/11/blog-post_837.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content