स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

पर्सा २ : नयाँ उम्मेद्वार कुर्मी पन्छाउन पुराना खेलाडी चौरसियालाई धौधौ

SHARE:

२४ कात्तिक, वीरगञ्ज । पर्सा क्षेत्र नं २ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन् । ०७४ सालमा यो क्षेत्रबाट निर्वाचित भएका विमल श्रीवास्तव यस पटक चुनावी मैदानमा छैनन् जसले गर्दा अजयले नयाँ प्रतिस्पर्धी पाएका छन् ।

एमाले–जसपा गठबन्धनबाट जसपा नेता अधिवक्ता सुरेन्द्र कुर्मी मैदानमा छन् । लोसपामा रहेर राजनीति गर्दै आएका नेता कुर्मी गएको स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरको मेयरका आकांक्षी थिए । लोसपाले एमालेसँग चुनावी तालमेल गरेपछि उनी असन्तुष्ट थिए । त्यसपछि उनी जसपा प्रवेश गरे ।

लामो समयदेखि यस क्षेत्रमा राजनीति गर्दै आएका अजयसँग यस पटक प्रतिष्पर्धामा उनै कुर्मी छन् । कुर्मी पहिलोपटक संसदीय निर्वाचनमा होमिएका हुन् भने नेता अजय ससदीय राजनीतिका पुराना खेलाडी ।

को हुन् अधिवक्ता कुर्मी ?

१५ भदौ २०२२ मा वीरगञ्जकै रामगढवामा जन्मिएका अधिवक्ता कुर्मी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता स्वर्गीय गोखुल कुर्मीका छोरा हुन् । गोखुल पञ्चायतका समर्थक थिए । पछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहे । सिर्सिया नदी बचाउ अभियन्ताको रुपमा पनि गोखुल कुर्मी परिचित थिए ।

सुरेन्द्र ४६ सालको आन्दोलनदेखि राजनीतिमा लागेका हुन् । उनले नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा थालेका हुन् । कांग्रेसका पूर्वसभापति स्व.कृष्णप्रसाद भट्टराईले ‘मधेसी कायर हुन्छन्’ भन्ने अभिव्यक्ति दिएको सुनेपछि आफूलाई नराम्रो लागेको उनी बताउँछन् । त्यसपछि उनले नेपाल सदभावना पार्टी निकट नेपाल विद्यार्थी मञ्चबाट राजनीति गरेका थिए । सदभावना पार्टी, सदभावना आनन्दीदेवी, तराई मधेस लोकतान्त्रिक पार्टी हुँदै उनी राष्ट्रिय जनता पार्टीको उपाध्यक्ष समेत बने ।

पछिल्लो समय उनी लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय थिए । स्थानीय निर्वाचन पछि उनले जसपा रोजेका हुन् । अधिवक्ता कुर्मी ‘सिर्सिया नदी एवं वीरगञ्ज प्रदूषणमुक्त अभियान’ का संयोजक हुन् । यो अभियानले सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउन माग गर्दै विभिन्न दवावमुलक कामहरु गर्दै आइरहेको छ ।

चौरसियाको राजनीतिक यात्रा

चौरसिया, पर्साको विन्दवासिनी गाउँपालिका–४ अमरपट्टीमा १५ माघ २०२१ मा जन्मिएका हुन् । हाल उनी वीरगञ्ज ११ मा बस्छन् । भारतबाट स्नातक तह उतिर्ण गरेका उनी नेपाल फर्किएपछि राजनीतिमा सक्रिय छन् । २०४८ सालताका नेपाल सदभावना पार्टीमा रहेका नेता चौरसिया ०५१ सालमा नेपाली कांग्रेसमा आवद्ध भए ।

२०५२ सालमा कांग्रेसको ९ औं महाधिवेशनबाट महासमिति सदस्य, जिल्ला कार्यसमिति सदस्य बने । २०६६ मा भएको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित उनी १३ औं र १४ औं महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

उनको संसदीय यात्रा चाहिँ २०५६ सालबाट शुरु भएको हो । ०५६ मा उनी पर्सा क्षेत्र नं २ बाट सांसद निर्वाचित भएका थिए । २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी स्थानीय विकास मन्त्रालयको सहायक मन्त्री बने ।

२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा पर्सा क्षेत्र नं. ३ बाट चुनाव जिते । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पराजित हुन पुगे । २०७४ को संसदीय निर्वाचनमा पनि उनको पक्षमा नतिजा आएन । विभिन्न राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएका नेता चौरसिया ०६२÷०६३ को आन्दोलनमा ४ महिना जति जेल परेका थिए ।

विगतका निर्वाचन

पर्सा क्षेत्र नं २ मा वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १, ३, ६, ९, १०, १७, १९, २४, २५, २६, २७, २८, २९ गरी १३ वटा वडा, बहुदरमाई नगरपालिकाका वडा नं. २, ३, ४, ६ गरी ४ वटा वडा र पर्सागढी नगरपालिकाका ९ वटै वडा पर्छन् ।

०७४ को निर्वाचनमा वीरगञ्जका पूर्व मेयर विमल श्रीवास्तवले बाजी मारेका थिए । तत्कालिन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विमलले नेपाली कांग्रेसका अजय कुमार चौरसियालाई पराजित गरेका थिए । मधेसी दलले गठबन्धन गरेर लडेको चुनावमा विमलले २१ हजार १६९ मत पाउँदा अजयले १९ हजार ७०४ मत पाएका थिए ।

०७४ कै स्थानीय निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट मेयरमा पराजित भएपछि विमलले संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेर प्रतिनिधि सभा सदस्यको टिकट हात पारेका थिए । मेयरमा ८ हजार ७०१ मत पाएका उनी प्रतिनिधि सभा सदस्यमा भने निर्वाचित भए । जसपाबाट लोसपामा गएका विमलले निर्वाचन घोषणा भइसकेपछि राजनीतिबाट सन्यास लिने घोषणा गरेका थिए ।

बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा यस क्षेत्रका २६ वटा वडा मध्ये कांग्रेसले ९, जसपाले ७, एमालेले ६, लोसपा र स्वतन्त्रले २÷२ वटा वडा जितेका छन् । पर्सागढी नगरपालिकाको मेयर एमालेले जिते पनि वडा तर्फ एमालेले २ वटामा मात्रै जित निकालेको छ ।

स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मत जोड्दा यो क्षेत्रमा सबैभन्दा बढी मत कांग्रेसले पाएको छ । ६० हजार ७८० मत खसेकोमा नेपाली कांग्रेसले २० हजार २१६ मत ल्याएको छ । नेकपा एमालेले १६ हजार ७९१, जनता समाजवादी पार्टी नेपालले १५ हजार १३२ पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले २ हजार ३१९, नेकपा एकीकृत समाजवादीले २ हजार ९२, नेकपा माओवादी केन्द्रले १ हजार ९००, स्वतन्त्र र साना दलले २ हजार ३३० मत पाएका थिए ।

गठबन्धनको मत जोड्दा पाँच दलीय गठबन्धनलाई २६ हजार ५२७ र एमाले जसपा गठबन्धनसँग ३१ हजार ९२३ मत रहेको देखिन्छ । यसरी हेर्दा गठबन्धनको मत जोगाउन सके कुर्मीले विजयको ढोका खोल्न सक्छन् ।

उम्मेदवारहरु के भन्छन् ?

कांग्रेस केन्द्रीय सदस्य चौरसियाले एमाले अध्यक्ष केपी ओलीले दुई–दुई पटक संसद विघटन गरेको विषयलाई जनतामाझ राख्दै आएका छन् । लोकतन्त्र र संविधान सिध्याउन षडयन्त्र गर्ने, दुई तिहाइको सरकार चलाउन नसक्ने एमाले र उसको सहयात्री बनेको जसपालाई मत दिनुको कुनै अर्थ नभएको तर्क उनको छ ।

त्यसबाहेक उनले मतदाता समक्ष विकासका एजेण्डा पनि प्रस्तुत गरेका छन् । पर्सा क्षेत्र नं २ मा ८० प्रतिशत विद्युतीकरण आफूले नै गरेको बताउँदै नेता चौरसियाले पराजित भएपछि सडक, पुल, धर्मशाला निर्माण जस्ता ठूला योजना नबनेको बताउँछन् ।

‘कतिपय विद्यालयमा आवश्यकता अनुसार शिक्षक, डेस्कबेञ्च छैन, त्यसको व्यवस्था मिलाउने, शिक्षा स्वास्थ्य क्षेत्रको स्तरोन्नती गर्ने, विन्दवासिनीमा वृद्धाआश्रम बनाउने योजना मसँग छ’, उनले भने, ‘सीप सिकेर युवाहरु दक्ष बनुन्, विदेश जाँदा होस् वा स्वदेशमै श्रम गर्दा राम्रो आम्दानी होस् भनेर पोलिटेक्निक कलेज खोल्ने सोच बनाएको छु ।’

पहिलोपटक संसदीय निर्वाचनमा होमिएका अधिवक्ता कुर्मीले चाहिँ जनता धेरै दुःखी रहेको पाएको बताए । राजनीति मार्फत सामाजिक क्रान्ति गर्ने लक्ष्य आफूले लिएको उनको भनाइ छ । ‘घरदैलो गर्दा जनताको व्यथा विकराल देखेको छु । नेताहरु आउँछन्, भोट लिएर जान्छन् । पाँच वर्ष हराउँछन् भन्ने जन गुनासो छ । मैले जितेपछि त्यो गुनासो गर्नुपर्ने अवस्था आउन दिन्न’, उनले भने ‘शैक्षिक क्षेत्रको सुधारलाई बढी जोड दिन्छु । कोइलाभार आमोदेवीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्छु, दहेज प्रथा उन्मुलन, प्रदूषण नियन्त्रण मेरो योजनामा छन् ।’

‘३० वर्षदेखि निर्वाचन लडेको मान्छेलाई समेत घरदैलो गर्नुपर्ने अवस्था छ, उहाँले त घरमा बसेर चुनाव जित्नुपर्ने हो नि ?’, प्रतिस्पर्धी उम्मेदवार चौरसियाप्रति व्यंग्य गर्दै अधिवक्ता कुर्मीले भने ‘कुनै काम अधुरो छ भने यसपटक सकिनँ, अर्कोपटक पुरा गर्छु भने हुन्छ, त्यस्तो काम पनि केहीँ देखिन्न ।’


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: पर्सा २ : नयाँ उम्मेद्वार कुर्मी पन्छाउन पुराना खेलाडी चौरसियालाई धौधौ
पर्सा २ : नयाँ उम्मेद्वार कुर्मी पन्छाउन पुराना खेलाडी चौरसियालाई धौधौ
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/11/blog-post_79.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/11/blog-post_79.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content