Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

धनुषा–३ सङ्घमा एमाले र प्रदेशमा जनमत पार्टीका उम्मेदवारको अग्रता

जनकपुरधाम, ५ मङ्सिर (रासस) ः धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा एक हजार १७ मतगणना हुँदा सङ्घमा एमाले उम्मेदवार र प्रदेश १ मा जनमत...


जनकपुरधाम, ५ मङ्सिर (रासस) ः

धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा एक हजार १७ मतगणना हुँदा सङ्घमा एमाले उम्मेदवार र प्रदेश १ मा जनमत पार्टीका उम्मेदवारको अग्रता रहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ३ का सूचना अधिकारी अञ्चलेशकुमार ठाकुरले अहिलेसम्म एक हजार १७ मतगणना हुँदा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार जुलीकुमारी महतो छ सय आठ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

त्यसैगरी सत्ता गठबन्धनका उम्मेदवार अनिल झा तीन सय १५ मतसहित दोस्रो र जनमत पार्टीका उम्मेदवार शम्भुनाथ शाह दुई सय २० मतसहित तेस्रो स्थानमा रहनुभएको छ । प्रदेश १ मा भने जनमत पार्टीका उम्मेदवार प्रशन्नकुमार झा पाँच सय ७४ मतसहित पहिलो स्थानमा हुनुहुन्छ । यहाँ नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादवले तीन सय ७९ र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार जीतेन्द्रकुमार यादवले दुई सय ६४ मत प्राप्त गर्नुभएको छ ।


धनुषाको निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भए पनि अरु तीन क्षेत्रमा दिउँसो २ बजेपछि मात्र मतगणना हुने भएको छ । क्षेत्र नं १, २ र ४ मा सर्वदलीय बैठक सम्पन्न भई २ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मधेसमा दुई जिल्लाका तीन क्षेत्रमा मतगणना जारी

मधेस प्रदेशका आठ जिल्लामध्ये अहिलेसम्म दुई जिल्लाका तीन क्षेत्रको मतगणना भइरहेको छ । अहिले धनुषाको प्रतिनिधिसभा क्षेत्र नं ३ र सप्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ र २ मा मात्रै मतगणना सुरु भएको छ ।

दुई स्थानमा बिहानैदेखि मतगणना भए पनि सप्तरी १ मा भने केहीबेरअघि मात्रै मतगणना सुरु भएको निर्वाचन क्षेत्र नं १ को कार्यालय सप्तरीका निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित सर्वोदय माध्यमिक विद्यालयमा मतगणना भइरहेको छ । यी क्षेत्रबाहेक सिरहा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीका अधिकांश क्षेत्रमा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको स्थानीय समाचारदाताले जनाएका छन् ।---

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content