
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
जोशीले नेपाली र नेवारी भाषा–साहित्य, इतिहास, लोक साहित्य र संस्कृतिको क्षेत्रमा अतुलनीय योगदान गर्नुभएका भन्दै मन्त्री श्रेष्ठले जोशीको निधन राष्ट्रको निमित्त एक अपूरणीय क्षति भएको उल्लेख गर्नुभएको छ ।
मन्त्री श्रेष्ठले जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेपाली संस्कृति र साहित्यको श्रीवृद्धिमा जोशीले पुर्याउनुभएको योगदान चिरकालसम्म अमर रहने उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया