Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

कात्तिक १७ देखि भैरहवामा सांस्कृतिक मेला हुँदै

भैरहवा । लायन्स क्लब अफ लिगेसीको आयोजनामा यही कात्तिक १७ गतेदेखि भैरहवामा १० दिने ‘प्रथम सिद्धार्थनगर सांस्कृतिक मेला २०७९’ आयोजना हुनेभएको ...

भैरहवा । लायन्स क्लब अफ लिगेसीको आयोजनामा यही कात्तिक १७ गतेदेखि भैरहवामा १० दिने ‘प्रथम सिद्धार्थनगर सांस्कृतिक मेला २०७९’ आयोजना हुनेभएको छ ।

स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका कलाकारको सहभागिता रहने मेलामा ‘डान्स आइडल प्रतियोगिता’समेत आयोजना हुने छ । भैरहवाको हनुमान मन्दिरमा कात्तिक १७ गतेदेखि २७ गतेसम्म आयोजना हुने मेलामा व्यावसायिक, कृषि, बाल उद्यान, होटल तथा रेष्टुराँ गरी ५० बढी प्रदर्शनीकक्ष रहने आयोजक संस्थाका अध्यक्ष रविकान्त उपाध्यायले जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय कलाकारसँगै राष्ट्रियरूपमा ख्याति कमाएका ज्योति मगर, प्रिती आले, हेमन्त शर्मा, दुर्गेश थापा, प्रकाश सपूत, कर्णराज गिरी, प्रिती पासवान, बबिता धिताललगायतले पनि प्रस्तुति दिने उपाध्यायले जानकारी दिनुभयो । यस्तै भारतका कलाकार रितेश पाण्डे, समर सिंह, शिल्पीराजलगायत पनि मेलामा आउने उहाँले बताउनुभयो ।

सामाजिकरूपमा काम गरिरहेको लायन्स क्लब अफ लिगेसीले सेवाको उद्देश्यले मेलाको आयोजना गरिएको आयोजकले जानकारी दिए । रु २५ लाख खर्च अनुमान गरिएको कार्यक्रमबाट जोगिएको रकमबाट अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा अनाथ क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई सहयोग गर्ने उद्देश्य रहेको कार्यक्रम संयोजक राजन शुक्लले बताउनुभयो ।

उहाँले डान्स आइडलमा प्रथम हुनेलाई रु ३० हजार पाँच सय ५५, द्वितीय हुनेलाई रु १५ हजार पाँच सय ५५, तृतीयलाई रु १० हजार पाँच सय ५५ र रु पाँच हजार पाँच सय ५५ को सान्त्वाना पुरस्कार प्रदान गर्ने जानकारी दिनुभयो । यस्तै मेलाको अन्तिम दुई दिन कुस्ती प्रतियोगिताको पनि आयोजना गर्ने उहाँले जानकारी दिनुभयो । कार्यक्रमको प्रवेश शुल्क विद्यार्थीका लागि रु ५० र अन्यका लागि रु ७० तोकिएको छ ।

कोभिडको मारका कारण लामो समयदेखि मनोरञ्जात्मक कार्यक्रम नभएको अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुतिले यस क्षेत्रमा मनोरञ्जन दिने उद्देश्य पनि रहेको लायन्स इन्टरनेशनल–३२५ ‘पी’ का कोषाध्यक्ष विनोद खरेलले बताउनुभयो ।

‘मेरो क्लब बलियो क्लब’ भन्ने नारासहित भर्खर स्थापना भएको लायन्स क्लब अफ लिगेसीले आयोजना गर्न लागेको मेलाको प्रयास सराहनीय रहेको लायन्स इन्टरनेशनल–३२५ ‘पी’ का एरिया चिफ सङ्गम न्यौपानेले बताउनुभयो । उहाँले सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको क्लबले आगामी दिनमा पनि रचनात्मक कार्य गर्न सुझाव दिनुभयो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content