कलैया , बारा बाराको मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर प्रसाद उपाध्यायको अध्यक्ष्ातामा सुरक्षा निकायको बैठक सम्पन्न
बाराको मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर प्रसाद उपाध्यायको अध्यक्ष्ातामा सुरक्षा निकायको बैठक सम्पन्न भएको छ निर्वाचन अधिकृतहरु,सुरक्षा निकायका प्रमुख लगायतकाको जिल्ला समन्वय समिति बारामा उपस्थिति रहेको थियो ।भोलि हुने प्रतिनिधिसभा र प्रदेश सभा चुनावको मनोनयन दर्तालाई बारामा अाचार संहिता पालना सहित शान्तिपूर्ण ढंगले मनोनयन दर्ता गराउन अावश्यक छलफल गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाराले जानकारी दिएका छन् ।क्षेत्र नम्बर -३ मा मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर प्रसाद उपाध्याय ,क्षेत्र नम्बर -१ मा कैलाश खत्री क्षेत्री ,क्षेत्र नम्बर -२ मा सुदर्शन ढकाल र क्षेत्र नम्बर -४ मा कर्ण बहादुर राई निर्वाचन अधिकृत रहेको निर्वाचन कार्यालय बाराले जानकारी दिएका छन्। जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रजिअ कृष्णबहादुर अाचार्य ,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटी लगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया