नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १७ पिपरहियाको झरही खोला एक पुरुषको शव फेला परेको छ ।
पिपरहिया स्थित झरही खोलामा अन्दाजी ३२ वर्षीया पुरुषको शव फेला परेको हो ।
नदी किनारमा दाउरा बटुल्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।
शवको सनाखत हुन नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया