
सप्तरी । विश्वको ५८ ओैं स्थानमा पर्ने सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर संरक्षण संवर्द्धन समितिले बडादसैँमा भएको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको छ ।
मङ्गलवार समितिद्वारा राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी आयव्यय विवरण सार्वजनिक गरिएको हो ।
छिन्नमस्ता भगवती मन्दिरका पीठाधिश एवम् समितिका कार्यवाहक अध्यक्ष महाकान्त ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा समितिका वरिष्ठ सदस्य राम कुमार ठाकुरले २०७९ को विजय दशमीमा भएको १५ लाख २५ हजार ७ सय ७५ रुपैयाँ आम्दानी तथा ११ लाख ८८ हजार रुपैयाँ खर्च विवरण प्रस्तुत गर्नुभयो ।

प्रस्तुत प्रतिवेदन अनुसार बलि प्रदानबाट ४ लाख ६८ हजार ९ सय ३६, गाडी पूजाबाट ५१ हजार १ सय २८ मुण्डनबाट १३ हजार ६ सय, गाडी पार्किङबाट ३७ हजार ९९ सय, चन्दा सहयोग २५ हजार ३ सय ७६, धर्मशालाबाट ६ हजार ८ सय, फुटकर पसल ८१ हजार ९ सय ५०, विवाह ६ हजार ४ सय, पिकनिक १ हजार ९ सय २०, दान पेटिकाबाट ७२ हजार ८ सय ९६, शीघ्र दर्शनबाट ७ लाख, ५९ हजार ७ सय ८५ रुपैयाँ नगद आम्दानी भएको छ ।
यसैगरी रंगरोगन ३ लाख ५० हजार, बिजुली डेकोरेशन २ लाख ७५ हजार, सरसफाइ १ लाख ५ हजार, शान्ति सुरक्षा ४५ हजार, मर्मत सम्भार २ लाख ३१ हजार, अतिथि सत्कार २५ हजार, कर्मचारीको दसै खर्च ९१ हजार ९ सय २० र विविध ६५ हजार ८० रुपैयाँ गरी कूल ११ लाख, ८८ हजार रुपैयाँ खर्च भएको समितिले जनाएको छ ।
कार्यक्रममा बोल्दै पीठाधिश ठाकुरले यस वर्ष दसैँमा आम्दानी बढी र खर्च कमी भएकोले ३ लाख ३७ हजार ७ सय ८५ रुपैयाँ बचत भएको बताउनुभयो ।
प्रतिक्रिया