Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बारा–४ मा किसान र एकवालको टक्कर, कसको कति शक्ति ?

२६ असोज, वीरगञ्ज । पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ले बारा ४ बाट उम्मेदवारी दर्ता गराए । ०७४ को निर्...

२६ असोज, वीरगञ्ज । पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ले बारा ४ बाट उम्मेदवारी दर्ता गराए । ०७४ को निर्वाचनमा नेकपा एमालेका तर्फबाट तनहुँ १ मा रामचन्द्र पौडेललाई पराजित गरेर उनी चर्चामा आएका थिए । यसपटक उनी बारा पुगेका हुन् ।

सत्ता गठबन्धनबाट प्रदेश सभा सदस्य तर्फ ‘क’ मा नेकपा माओवादी केन्द्र बाराका अध्यक्ष समेत रहेका क्षेत्रबहादुर श्रेष्ठ (अनिल) र ‘ख’मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका मधेश प्रदेश इन्चार्ज जितेन्द्र सोनलले उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले–जसपा गठबन्धनबाट प्रतिनिधि सभामा एकबाल मियाँ, प्रदेश सभा सदस्य तर्फ ‘क’ मा नेकपा एमालेका देव नारायण थारु र ‘ख’ मा जसपाका आत्माराम साहले उम्मेदवारी दिएका छन् । तत्कालीन राजपा नेपालबाट चुनाव जितेका निवर्तमान सांसद मियाँले सत्तारुढ गठबन्धनबाट टिकट नपाउने भएपछि पार्टी परिवर्तन गरेका हुन् ।

एमालेले प्रतिनिधि सभा सदस्यका लागि देवनारायण थारुको एकल नाम सिफारिस गरेको थियो । मिया एमाले जसपा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा उठेपछि चौधरीलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाइएको छ । ०७४ को निर्वाचनमा २२ हजार २७५ मत ल्याएर निर्वाचित हुँदा थारु २० हजार ६०७ मत ल्याएर दोस्रो स्थानमा थिए । पार्टीमा योगदान नै नगरेको व्यक्तिलाई पार्टीले प्रतिनिधि सभा सदस्यमा उठाएको भन्दै एमालेको एउटा पक्ष असन्तुष्ट छ ।

मियाँले मुस्लिम समुदायको र दक्षिणी क्षेत्रको मत बढी पाउने एमालेको अपेक्षा छ । प्रदेश सभा ‘ख’ मा पनि एमालेकै उम्मेदवारलाई उठाउनुपर्नेमा जसपासँग तालमेल गरिएको भनेर असन्तुष्टि जनाउने पक्षको भोट पनि बहकिन सक्ने एमालेकै नेताहरु स्विकार्छन् ।

यी सबै कमीकमजोरीको फाइदा किसानले लिन सक्नेछन् । सत्ता गठबन्धनले इमान्दारिता देखाएको खण्डमा किसानकै पल्ला भारी रहेको कतिपयको आँकलन छ ।

स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका इच्छाबहादुर वाग्ले र प्रदेश सभा सदस्य निरु रायमाझीले काँग्रेसको केही भोट ताने पनि आफूहरुलाई खासै असर नपर्ने गठबन्धनका नेताहरुले बताएका छन् । लोसपाका प्रभावशाली नेता जितेन्द्र सोनलको साथले मधेसी मुस्लिम समुदायको भोट पनि पाउने किसानका समर्थकहरुको दावी छ ।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता श्रेष्ठले बारा ४ नं. क्षेत्रको पथलैयादेखि वीरगञ्जसम्मको अव्यवस्थित करिडोरलाई व्यवस्थित गर्ने, उद्योगीलाई विश्वासमा लिएर स्थानीय बेरोजगार युवालाई रोजगारी दिलाउने, बाउबाजेको पालादेखि लालपुर्जा विहीन पथलैयावासी, अव्यवस्थित बसोवासी सुकुम्वासी, घरबार विहीन दलितलाई व्यवस्थापन गर्ने वाचा गरेका छन् ।

निर्वाचित भइसकेपछि अन्तर्राष्ट्रिय विमानस्थल, फाष्ट ट्रयाक, सिमरा सेजलाई पूर्णरुपमा सञ्चालनमा ल्याउने गरी ध्यान केन्द्रित गर्ने उनले बताए ।

निवर्तमान सांसद एकवाल लोकतान्त्रिक समाजवादी पार्टीबाटै दोहोरिन चाहन्थे । तर गठबन्धनको समीकरण बदलिएपछि लोसपाको भागमा बारा–४ परेन । पदमा रहेका जनप्रतिनिधिका सिट सुरक्षित गर्न नसकेकोमा उनी असन्तुष्ट बने । मनोनयन दर्ताको अघिल्लो दिन २२ असोजमा लोसपाको सदस्यता त्यागे । एमालेबाट टिकट पाउने शर्तमा एकाबिहानै उनी अध्यक्ष केपी ओली निवास बालकोट पुगेर पार्टी प्रवेशको टीका लगाए ।

बारा–४ मा आफूले ३० वर्षमा हुन नसकेको विकासको काम पाँच वर्षमा गरेको दावी मियाको छ । अधुरा योजना पुरा गर्दै जनताको सेवा गर्न आफूले पुनः उम्मेदवारी दिएको उनको भनाइ छ । ‘प्रसौनीमा पोलिटेक्निकल कलेज स्थापना गरेको छु । बच्चालाई जन्म दिएर मात्रै पुग्दैन, पालन पोषण पनि गर्नुपर्छ,’ मियाले भने, ‘देशभरीका विद्यार्थी बारा आएर टेक्निकल शिक्षा लिउन सोचलाई पुरा गर्नु छ । सडक, खानेपानी, शिक्षाको क्षेत्रमा अधुरा काम काम गर्नुपर्ने छ । त्यसैले पुनः उम्मेदवारी दिएको हुँ । ’

नवआगन्तुकलाई टिकट दिइएको भनेर एमालेभित्रै असन्तुष्टि छ । यो उनका लागि प्रतिकूल अवस्था हो । तर उनले खासै असन्तुष्टि नरहेको प्रतिक्रिया दिए  । ‘असन्तुष्टि होला तर अहिले त्यो व्यक्त गर्ने बेला हैन, काँधमा काँध मिलाएर अघि बढ्ने समय हो’ उनले भने ‘टिकट एकवाल मियाँ भन्ने व्यक्तिलाई हैन, नेकपा एमालेलाई दिएको हो । एमालेलाई जिताउनुपर्छ भन्ने सोच पार्टीपंक्ती र गठबन्धनलाई जिताउनुपर्छ भन्ने भावना अन्य दलका नेता कार्यकर्तामा हुनुपर्छ ।’

बारा क्षेत्र नं ४ मा विश्रामपुर गाउँपालिकाको पाँचै वटा वडा, फेटा गाउँपालिकाका १ देखि ४ सम्मका ४ वटा वडा, परवानीपुर गाउँपालिकाका ५ वटै वडा, प्रसौनी गाउँपालिकाका ७ वटा वडा, जीतपुरसिमरा उपमहानगरपालिकाका १–१० र १९–२४ सहित १६ वटा र कलैया उपमहानगरपालिकाको वडा नं १७ पर्छन् । जिल्लाका विभिन्न पालिकाका ३८ वटा वडा यो क्षेत्रमा समेटिएका छन् ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनलाई नियाल्दा ३८ मध्ये १४ वटा वडा जितेको एमाले सबैभन्दा ठूलो दल छ । कांग्रेस ८, माओवादी केन्द्र, लोसपा र जसपाले ४÷४ वटा वडामा निर्वाचित भए । एकीकृत समाजवादी ३ र विवेकशील साझाका उम्मेदवार एउटा वडामा निर्वाचित भएका थिए ।

तथ्यांक हेर्दा सत्ता गठबन्धनमा आबद्ध उम्मेद्वारीले १९ र एमाले–जसपा गठबन्धनभित्र रहेका उम्मेद्वार १८ वटा वडामा निर्वाचित भएका थिए । विवेकशील साझाले एउटा वडा जितेको थियो ।

स्थानीय तहको निर्वाचनमा बारा ४ मा ७७ हजार ९२५ मत खसेको देखिन्छ । वडाको मतका आधारमा जसमध्ये एमालेले सबैभन्दा बढी २१ हजार १६७ मत ल्याएको छ भने नेपाली कांग्रेसले १६ हजार ५८९, लोसपाले १५ हजार ०८०, माओवादी केन्द्रले ९ हजार १३, नेकपा एकीकृत समाजवादीले ५ हजार १९, विवेकशील साझाले १ हजार ६२६ र राप्रपाले १ हजार १५४ मत पाएको देखिन्छ । स्वतन्त्र उम्मेदवार, जनमत पार्टी, नेपाल सुशासन पार्टी, नेपाल लोकतान्त्रिक पार्टी लगायत दलसँग २ हजार ५५८ भोट खसेको देखिन्छ ।

स्थानीय निर्वाचनको मतलाई आधार मान्दा सत्ता गठबन्धनसँग ४५ हजार ७०१ र एमाले–जसपा गठबन्धनसँग २६ हजार ८५८ मत देखिन्छ । जीतपुर सिमरा उपमहानगरपालिकामा ४ वटा वडा मात्रै जित्न सकेको माओवादी केन्द्रले मेयर जितेको थियो ।

यसर्थ चुनावी प्रचार प्रसारका क्रममा हु्ने आमसभा र घरदैलो कार्यक्रम मार्फत उम्मेदवारले जनतालाई कत्तिको प्रभाव पार्न सक्छन्, त्यसले पनि नजिता कसको पक्षमा जान्छ भन्नेमा भूमिका खेल्छ । छ महिनाको अवधिमा स्थानीय तहको निर्वाचनमा भन्दा केही मतदाता थपिएका पनि छन् । बारा ४ मा ४७ हजार ८१२ महिला सहित १ लाख ५ हजार ९ सय ७० मतदाता छन् ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content