Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

जालिम भित्र्याएर पर्सा–४ मा एमालेले कांग्रेसलाई दिएको टक्कर

३ कात्तिक, वीरगञ्ज । आफूलाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैं आउने भएपछि जगरनाथपुर गाउँपालिका तत्कालीन अध्यक्ष ज...

३ कात्तिक, वीरगञ्ज । आफूलाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैं आउने भएपछि जगरनाथपुर गाउँपालिका तत्कालीन अध्यक्ष जालिम मिया मन्सुरी आफैंले मञ्च बनाउन लगाए । सयौं समर्थक जम्मा पारे ।

८ पुस २०७८ मा ओलीसहित एमाले नेताहरु दुई वटा हेलिकप्टर लिएर जगरनाथपुर पुगे । प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरिसकेका जालिमलाई ओलीले एमाले प्रवेश गराए, जालिमले ओलीलाई १५१ किलोको माला लगाइदिए ।

जालिमले गरेको त्यो शक्ति प्रदर्शनबाट प्रभावित भएका ओलीले पर्सा क्षेत्र नं ४ बाट प्रतिनीधि सभा सदस्यको टिकट दिएका छन् । उनको प्रतिस्पर्धा सत्ता गठबन्धनको समर्थन पाएका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालसँग हुनेछ ।

२०४८ सालदेखि लगातार चुनाव लड्दै आएका ६५ वर्षीय रिजालको यो सातौं पटकको प्रतिस्पर्धा हो । ०४८ र ५१ मा चुनाव जितेका उनी ०५६ मा पराजित भए । त्यसपछि ०६४ मा चुनाव जितेका उनी ०७० र ०७४ मा पराजित भए । ०७४ को निर्वाचनमा उनी मधेशी मोर्चाका साझा उम्मेदवार लक्ष्मणलाल कर्णसँग पराजित भएका थिए ।

तत्कालिन राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले २० हजार ७३८ मत ल्याएर चुनाव जितेका थिए । रिजालले १४ हजार ७०२ मत ल्याउँदा वाम गठबन्धनको साझा उम्मेदवार माओवादीकी उर्मिला अर्यालले ९ हजार ६१७ मत पाएकी थिइन् ।

अघिल्लो पटक उनलाई हराएका कर्ण यो क्षेत्र छाडेर क्षेत्र नम्बर १ मा पुगेका छन् भने माओवादीले कांग्रेसलाई समर्थन गरेको छ । अघिल्लो पटक कर्णसँग रहेको जनता समाजवादी पार्टीले भने एमालेसँग चुनावी तालमेल गरेको छ ।

यो क्षेत्रमा ०५६ मा उर्मिला अर्याल र ०७० मा जयप्रकाश थारुले जितेबाहेक अरु चुनाव हारेको एमालेले यो पटक माओवादीबाट भित्र्याइएका जालिमलाई उम्मेदवार बनाएको छ । जालिम पहिलोपटक संसदीय चुनाव लडेपनि राजनीतिका भने पुराना खेलाडी हुन् ।

२०२९ सालमा पञ्चायती व्यवस्थामा तत्कालिन जगरनाथपुर गाविस वडा नं १ को वडाध्यक्षमा निर्वाचित भएका उनी ०३५ सालमा विजवनिया जगरनाथपुर गाउँ पञ्चायतबाट प्रधानापञ्च पनि बने । बहुदल आएपछि उनी नेपाली कांग्रेस भए । कांग्रेसबाटै इलाका सदस्यमा चुनाव लडेर निर्वाचित पनि भए ।

०७४ सालमा भएको स्थानीय निर्वाचनसम्म आइपुग्दा उनी नेकपा माओवादी केन्द्रमा आवद्ध भइसकेका थिए । ०७४ को स्थानीय तह निर्वाचनमा माओवादीबाटै जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिए र ३४०१ मतका साथ निर्वाचित भए ।

यो पटक सांसदको चुनाव लड्ने घोषणा गरिसकेकाले जालिमले ३० वैशाखको स्थानीय निर्वाचनमा भाइ महमद सलिम मन्सुरलाई पालिका प्रमुखको टिकट दिलाएका थिए । तर कांग्रेसका श्रीकान्त यादवले पाँच हजार ७९४ मतका साथ चुनाव जितेका छन् भने मन्सुरले तीन ९२६ मत ल्याएर पराजित भए ।

प्रतिनिधिसभा निर्वाचन नजिकिएपछि जालिम र रिजाल दुबै चुनाव प्रचारमा व्यस्त छन् । कांग्रेस उम्मेदवार रिजालले एमालेले नागरिकता विधेयक पारित गर्न नदिएको विषयलाई जोडदार रुपमा उठाएका छन् । ‘जनताले मैले गरेको विकास निर्माणका काम पनि हेरेका छन्, को कस्तो उम्मेदवार हो भनेर पनि चिनेका छन्’, उनी भन्छन्, ‘अराजक, प्रजातन्त्र र संविधान विरोधी शक्तिलाई जनताले कदापि जिताउँदैनन् ।’

एमाले उम्मेदवार जालिमले पनि आफूले जनताको समस्यामा साथ दिँदै आएको बताउँछन् । ‘इलाका सदस्यदेखि गाउँपालिका अध्यक्ष बनेर मैले गरेको कामलाई जनताले नजिकबाट देखेका छन्, माटी पत्थर मात्रै खसाएर छोडेको छैन’, उनले भने, ‘कांग्रेसबाट रमेश रिजालले जिते, उर्मिलाले जिते, लक्ष्मण वकिलले जिते, उनीहरुले के गरे जनतालाई थाहा सब छ ।’

पर्सा ४ मा एमाले बलियो रहेको र जसपाको पनि साथ पाउँदा प्रतिनिधिसभासँगै दुबै प्रदेशसभा एमाले–जसपा गठबन्धनका उम्मेदवारले जित्ने जालिमको दावी छ । एमाले–जसपा गठबन्धनबाट पर्सा–४(१) मा एमालेका पर्सा अध्यक्ष जय प्रकाश थारु र (२) मा जसपाका निवर्तमान प्रदेशसभा सदस्य सिंहासन साह कलवार उम्मेदवार छन् ।

सत्ता गठबन्धनबाट पर्सा–४ (१) मा कांग्रेसकै निवर्तमान सांसद शंकर चौधरी र (२) मा नेकपा माओवादी केन्द्रबाट शेख चाँदताराको उम्मेदवारी परेको छ ।

स्थानीय निर्वाचनको आंकडा

पर्सा क्षेत्र नं ४ मा ठोरी गाउँपालिका, छिपहरमाई गाउँपालिका, धोविनी गाउँपालिका, जगरनाथपुर गाउँपालिका वडा नं. १, २, ३, ४, ५, जिराभवानी गाउँपालिका, कालीकामाई गाउँपालिका, पकाहामैनपुर गाउँपालिका वडा नं. ५ र पोखरिया नगरपालिकाको वडा नं. ३ पर्छ ।

ठोरी, छिपहरमाई गाउँपालिकामा एमालले नेतृत्व गरिरहेको छ भने धोविनी, कालिकामाइमा जसपाले र जगरनाथपुर र जिराभवानीमा कांग्रेसले नेतृत्व गरिरहेको छ ।

३० वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत हेर्दा सबैभन्दा बढी २३ हजार ९१ मत कांग्रेसलाई परेको देखिन्छ । एमालेलाई १८ हजार ११८, जसपालाई १३ हजार ६२७, माओवादीलाई ५ हजार ८९६, लोसपालाई २ हजार १२ र एकीकृत समाजवादीलाई १ हजार ३३६ मत खसेको देखिन्छ ।

दुबै हाराहारीको शक्ति भएकाले दुबै उम्मेदवारले गठबन्धनको मत कति जोगाउँछन् मात्र होइन, अर्को पक्षको मत कति तान्छन् भन्नेमा जित निर्भर देखिन्छ ।

दुवै उम्मेदवारको सबल र दुर्बल पक्षहरु छन् । नेता रिजालाई तीन पुस्ताले भोट दिइसकेका छन् । एउटै व्यक्ति लगातार उम्मेदवार बनेको कतिपयलाई मन परेको छैन भने मियाको छविलाई लिएर कतिपयले प्रश्न उठाउने गरेका छन् ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content