Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बारेकोटको खाद्य डिपो रित्तै

जाजरकोट । बारेकोट गाउँपालिकाको रहेका खाद्य डिपोहरूमा खाद्यान्न नहुँदा सर्वसाधारणलाई समस्या भएको छ । नयाँ बाली नपाकेको र पुरानो सकिएकाले यहाँ...

जाजरकोट । बारेकोट गाउँपालिकाको रहेका खाद्य डिपोहरूमा खाद्यान्न नहुँदा सर्वसाधारणलाई समस्या भएको छ । नयाँ बाली नपाकेको र पुरानो सकिएकाले यहाँका स्थानीयवासीलाई दसैँमा समस्या भएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका खाट र काउली डिपोमा चामल नहुँदा सर्वसाधारण खाली हात फर्कन बाध्य भएका छन् । स्थानीय बजारमा पाइने महँगो चामल खरिद गरेर प्रयोग गर्न बाध्य भएको बारेकोट –५ का विवेक सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँको समयमा बढी नै चामलको आवश्यकता पर्छ, त्यही समयमा खाद्य डिपोमा चामल छैन ।”

पुरानो चामल सकिएको र नयाँ डिपोसम्म चामल ढुवानी नभएकाले चामल अभाव भएको डिपोका कर्मचारीले बताएका छन् । सदरमुकाममा सहुलियतमा चामल पाइए पनि दुर्गममा रहेका खाद्य डिपोमा चामल नै नहुँदा स्थानीयवासी पीडित भएका छन् । स्थानीय बजारमा चामल महँगो हुँदा आफूहरु मर्कामा परेको अर्का रमिता सिंहले बताउनुभयो ।

जिल्लाको सबैभन्दा ठूलो भू–भाग बारेकोटमै रहेको छ । अन्न कम उत्पादन हुने बारेकोटमा दुईवटा खाद्यका डिपो स्थापना गरिएको थियो । चामल नभएका ती डिपो सर्वसाधारणले चामल कहिले आउँछ भनेर सोध्ने काममात्र भएको छ । दसैँअघि चामल लिन प्रयास गरे पनि सफल नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका जाजरकोटका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो । जिल्लाभरि १० बिक्री केन्द्र र डिपो छन् ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content