Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

भंगहा नगरपालिकामा कर्फ्यु 

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ । दुई समुदायबीच झडप भएपछि प्रशासनले कर्फ्यु आदे...
महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ । दुई समुदायबीच झडप भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
महोत्तरीको भंगहा नगरपालिका ८ मा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको हो । हिन्दू सम्राट् सेनाले निकालेको शोभा यात्रा मुस्लिम बस्तीमा पुगेपछि घरको छतबाट ढुंगामुढा सुरु भएको थियो । त्यसपछि दुई समुदायबीच झडप शुरु भएको स्थानीयको भनाइ छ ।
स्थिति नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । दुई समूह बिचको झडपमा ५ जना भन्दा बढी घाइते भएका छन् । झडपका क्रममा डिएसपी चन्देश्वर यादवसहित केही प्रहरी समेत घाइते भएका छन् ।
महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले  जानकारी गराए अनुसार हाल अवस्था सामान्य भएको छ । उक्त स्थानमा ४ बजेदेखि कर्फ्यु लगाइएको उहाँले बताउनुभयो । भंगहा नगरपालिका-८ को दक्षिणमा परियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
कर्फ्यु अर्को आदेश जारी नभएसम्म जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content