Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

आयोगका पदाधिकारीका सम्बन्धमा दिएको अभिव्यक्ति विषयमा स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता विपरीत विभिन्न दलका नेता, उम्मेदवारले चुनावी सभालाई सम्बोधन गर्दै आयोग र आयोगका पदाधिकारीका सम्बन्धमा...

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता विपरीत विभिन्न दलका नेता, उम्मेदवारले चुनावी सभालाई सम्बोधन गर्दै आयोग र आयोगका पदाधिकारीका सम्बन्धमा दिएको अभिव्यक्तिका विषयमा ध्यानाकर्षण गराउँदै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

आयोगले ती दलका नेता र उम्मेदवारले दिएको अभिव्यक्ति विषयमा अलग अलग रुपमा पत्र पठाइ स्पष्टीकरण माग गरेको हो । आयोगले नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लक्षीराम आचार्य, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री एवं कैलालीको प्रदेशसभा क्षेत्र नं ४ (क) का उम्मेदवार दीर्घबहादुर सोडारी, नेपाली कांग्रेस, सुदूरपश्चिम प्रदेशका सभापति एवं कैलाली क्षेत्र नं ४ का प्रतिनिधिसभाका सदस्य वीरबहादुर बलायरलाई स्पष्टीकरण सोधेको हो । उहाँहरूले कैलालीको क्षेत्र नं ४ (क) को चुनावी सभालाई सम्बोधन गर्दै आचारसंहिता विपरीत कार्य गरेको पाइएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (ढ) मा “निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पर्ने गरी कुनै अवाञ्छित लाञ्छना लगाउन नहुने” व्यवस्था रहेको स्मरण गराउँदै आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम बनेको निर्वाचन आचारसंहिता २०७९ असोज १२ गतेदेखि लागु गरिसकेको स्पष्ट गरिएको छ ।

“तपाईँहरूले कैलालीको प्रदेशसभा क्षेत्र नं ४ (क) मा बिहीबार आयोजित कार्यक्रममा निर्वाचन आयोग नेपाल र यसका पदाधिकारी उपर लाञ्छनापूर्ण अभिव्यक्ति दिनुभएको सूचना र सोलाई पुष्टि गर्ने सामग्री आयोगमा प्राप्त भइसकेको सन्दर्भमा तपाईँले उक्त अभिव्यक्ति दिनुभएको होइन भन्ने आधार र प्रमाण के छ ?” उहाँहरूलाई सोधिएको पत्रमा भनिएको छ, “तपाईँले सार्वजनिक मञ्चमा दिनुभएको लाञ्छनापूर्ण अभिव्यक्तिले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ढ) को उल्लङ्घन हुन गएकाले तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ?”
रासस


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content