स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

SHARE:

रसुवा। प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्णरूपले पालना गर्ने रसुवाका उम्मेदवारले प्रतिबद्धता जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय रसुवामा बुधबार आयोजित सर्वदलीय बैठकमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनसमाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेश्नल अर्गनाइजेशन र राष्ट्रिय स्वतन्त्र पार्टीसमेतका राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवारसमेतले सो प्रतिबद्धता जनाएका हुन् ।

मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेल, प्रमुख जिल्लाअधिकारी नवराज जैसी, सुरक्षा अङ्गका प्रमुख, जिल्ला निर्वाचन अधिकारी श्रीराम थापालगायतका सो कार्यक्रममा सहभागिता रहेको थियो । राजनीतिक दलको तर्फबाट सम्बन्धित जिल्ला पार्टी प्रमुख, प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य, प्रदेशसभाका लागि माओवादी केन्द्रका उम्मेदवार इन्द्रप्रसाद गोतामे , कांग्रेसका प्रदेश उम्मेदवार प्रभात लामा, राप्रपाका प्रदेश उम्मेदवार हरिप्रसाद घिमिरेसमेतका उम्मेदवारको सहभागिता रहेको प्रमुख कोष नियन्त्रक एवं आचारसंहिता अनुगमन समितिका जिल्ला संयोजक हेमराज पौडेलले जानकारी दिनुभयो ।

निर्वाचन आचारसंहिता २०७९ पूर्णरूपमा पालना गर्ने दलका नेता तथा कार्यकर्ताले प्रतिबद्धता गर्नुभएका कारण जिल्लाको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न हुनेमा नागरिक समाज पूर्ण आशावादी रहेको समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिनुभयो ।

सर्वदलीय बैठकमा आचारसंहिता २०७९ को नयाँ व्यवस्थाअन्तर्गत झण्डाको साइज, प्रचारप्रसारको अवधि, शिष्ट भाषाको प्रयोग, सञ्चारमाध्यमबाट सूचना प्रवाह गर्दा अपनाउनुपर्ने विधिसमेतका निर्वाचन आयोगद्वारा जारी गरेको विविध सामग्री प्रस्तुत गरिएको थियो ।

आसन्न निर्वाचनमा जिल्लामा ३९ हजार चार सय ५९ मतदाता रहेका निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनको सुरक्षालाई मध्यनजर राखी जिल्ला प्रहरी कार्यालय रसुवाले म्यादी प्रहरीलाई तालिम प्रदान गरिरहेको बताइएको छ ।


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता
निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/10/blog-post_499.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/10/blog-post_499.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content