रुपेश कुमार साह
मटिअर्वा ,बारा ।
"२ लाख भन्दा बढी मुल्य पर्ने अण्डा सशस्त्र प्रहरी मटिअर्वा द्वारा नष्ट "
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -१० मटिअर्वा नहर चौकमा सशस्त्र प्रहरी बलले चेकिङ गर्ने क्रममा ४४ काटुन (११,८८०पीस) अण्डा प्रकाउ गर्न सफल भएका छन् ।सिम्रौनगढबाट काठमाडौं तर्फ जाँदै गरेको बसबाट २ लाख १ हजार ९ सय ६० रुपैयाँ पर्ने बराबरको अण्डा प्रकाउ गरिएको हो । सशस्त्र प्रहरी मटिअर्वा विअोपीका सशस्त्र प्रहरी निरीक्षक गान्धी राज स्याङ्तानको नेतृत्वमा रहेको ५ जनाको टोलीले उक्त अण्डा प्रकाउ गर्न सफल भएका हुन।प्रकाउ परेका अण्डालाई कलैया उपमहानगरपालिका वडा नम्बर -१० का वडाध्यक्ष महम्मद साबिर ,श्री गढीमाई राष्ट्रिय दैनिकका संवाददाता रुपेश कुमार साह ,नेपाल प्रहरीका जितेन्द्र प्रसाद साह ,छोटी भंसार मटिअर्वाका प्रतिनिधि प्रकाश कुमार साह , मनोज कुमार सहनी ,पशु क्वारेन्टाइन मटिअर्वा चेक पोष्टका विनोद यादव ,वडा नम्बर -१० का वडा सदस्य र बुद्धिजीवी मुन्ना साह कानुको रोहबरमा उक्त अण्डा नष्ट गरिएको सशस्त्र प्रहरी विअोपी मटिअर्वाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक गान्धी राज स्याङतानले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।सशस्त्र प्रहरीले चेकजाँच गरेर जनताको भलाई तर्फ लागेको वडाध्यक्ष महम्मद साबिरले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।अहिले मटिअर्वा नाकामा पशु जन्य कारोबार गर्नेलाई कडाइ गरिएको हो ।
प्रतिक्रिया