Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पशु दिवसः पशु संरक्षणमा चुनौती

दोधारा चाँदनी । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज (अक्टोबर ४) मा विश्व पशु दिवस मनाईँदै छ । पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ ...

दोधारा चाँदनी । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज (अक्टोबर ४) मा विश्व पशु दिवस मनाईँदै छ ।

पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलत बनाउन पनि जनावरको योगदान महत्वपूर्ण मानिन्छ । पूर्वीय सभ्यतामा जनावरलाई अझ विशेष महत्व दिएको पाइन्छ । हिन्दू धर्मावलम्बीमा पशुलाई देवताको प्रतीकको रुपमा पूजा गर्ने संस्कार छ ।

विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने प्रचलन छ । तिहारमा विशेष गरी पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने प्रचलन छ । अझ हिन्दू धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पुण्य दिने दानसँग तुलना गरिन्छ तर पछिल्लो समय पूजा गरिने गाईको संरक्षण भने हुन सकेको छैन । राष्ट्रिय जनावरको रुपमा रहेको गाईलगायतका जनावरप्रतिको मानवीय व्यवहार भने क्रुर हुन थालेको छ । गाईले दूध दिने बेलासम्म पाल्ने र दूध दिन छोडेपछि सडकमा छोड्ने प्रवृत्तिले गाई संरक्षणमा चुनौती थपिएको पशु संरक्षणकर्मी बताउँछन् ।

पाँच वर्षदेखि छाडा पशुका उपचारमा खटिएका पशु संरक्षणकर्मी विष्णुप्रसाद पनेरुले पछिल्लो समय पशुप्रति मानव क्रूर हुन थालेको बताउनुभयो । “दूध दिने बेलासम्म गाई बाध्ने र दूध दिन छोडेपछि सडकमा छोड्ने प्रवृत्तिले पशु संरक्षणमा चुनौती थपिएको छ ।” उहाँले भन्नुभयो, “गाई त हाम्रो राष्ट्रिय जनावर पनि हो यसमा सरकारले पनि ध्यान दिनुपर्छ ।” उहाँले आफू पाँच वर्षदेखि निरन्तररुपमा छाडा पशुको संरक्षण, घाइतेको उपचारमा खटिएको बताउनुभयो ।

“पशुलाई धर्ममा पुजा गर्ने तर मनमा नमान्ने प्रवृत्तिले पशु संरक्षण हुन सकेकाे छैन ।” उहाँले भन्नुभयो, “यहाँ पशु संरक्षणका लागि थुप्रै गौशाला निर्माण भएका छन् त्यहाँ राम्रोसँग व्यवस्थापन गर्न सकेको छैन ।” उहाँले पशु संरक्षणका लागि सबैले सचेत हुनुपर्ने बताउनुभयो ।

त्यसैगरी छाडा पशुको स्याहारमा खटिएका यहाँमा स्थानीय मदन चन्दले पछिल्लो समय पशुलाई मानवीय व्यवहार नभएको बताउनुभयो । “मानिस स्वार्थी भए दूध दिए मात्रै पाल्ने नभए सडकमा छोड्ने जुन प्रवृत्ति छ यसले ठूलो समस्या सिर्जना गरेको छ ।” उहाँले भन्नुभयो, “राष्ट्रिय जनावर र तिहारमा पूजा गरिने गाईप्रतिसमेत मानवीय व्यवहार भएको छैन ।” उहाँले सरकारले पनि पशु व्यवस्थापनमा ध्यान दिन नसकेको बताउनुभयो ।

वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले छाडा पशु संरक्षणका लागि यहाँका दुई नगरपालिकाले संयुक्त प्रयास गरिरहेको जानकारी दिनुभयो । वेदकोट र भीमदत्त नगरपालिकाले संयुक्त कार्यदल बनाएर छाडा पशु संरक्षणका लागि काम गरिरहेको उहाँले बताउनुभयो । “दुवै पालिकाको संयुक्त कार्यदल गठन गरेर काम भइरहेको छ ।” उहाँले भन्नुभयो, “वेदकोट–४ मा १२ विघा जमिन भाडामा लिएर व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।”

सडकमा पशुलाई छाडा छोड्दा सवारी दुर्घटनाको जोखिम बढेको छ भने सडक कुरुपसमेत हुने गरेको छ । जनावरको संरक्षणका लागि सबै पक्षले सचेत भए मात्रै पशु संरक्षण गर्न सकिने उहाँले बताउनुभयो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content