Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

तामाखानीले घेरिएको गाउँ

ढोरपाटन । निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन...

ढोरपाटन । निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । बागलुङको तमानखोला गाउँपालिका–६ पर्ने नर्जाखानी गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् । यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खखन गरेर स्थानीयले जीविकोपार्जन गरेको इतिहास नै छ ।

“यो गाउँ तामाखानीले घिरिएको छ, गाउँका वरपर थुप्रै खाडल छन्, खाडल पुर्खाहरूले तामा निकाल्दा बनेको हो, गाउँ नै तामाखानीले भरिए पनि उत्खनन गर्न छाडेको सय वर्ष बढी भएछ”, स्थानीय ओमप्रसाद छन्त्यालले भन्नुभयो, “गाउँमा यति धेरै आयस्रोतको सम्भावना हुँदा पनि हामी गरिब छौँ, सरकारले यसको तत्काल उत्खनन गर्न जरुरी छ ।”

यस्ता खाडल नर्जाखानी क्षेत्रमा अनगिन्ती रहेको स्थानीय उहाँले बताउनुभयो । गाउँ तथा जङ्गलभरि खानी नै खानी रहेको हुँदा यसको गणना नै गरेर नसकिने उहाँको भनाइ छ । घरछेउ र बारीमासमेत अहिले पनि तामाका टुक्रा भेटिने गरेको उहाँले बताउनुभयो । “यो यस्तो गाउँ हो, यहाँ बारी खनजोत गर्दा पनि तामा निक्लिन्छ, पहिरो जाँदा पसनि तामा भेटिन्छ, जहाँ हे¥यो त्यहाँ तामाको खानी नै खानी छन्,” उहाँले भन्नुभयो, “यहाँ भएका भिर–पहरा जहाँसुकै खानी छन्, यसको गणना अहिलेसम्म हामीले गर्न सकेका छैनौँ ।”

उहाँले खानीहरूको पुनः उत्खनन गर्न सके गाउँका धेरैले रोजगार पाउने र जीवनस्तर उकासिने बताउनुभयो । छन्त्याल, थकाली र दलित जातिले यहाँ काम गरेर जीविकोपार्जन गरेको इतिहास रहेको उहाँको भनाइ छ । “अहिलेको जमानामा नयाँ–नयाँ प्रविधि छ, उतिबेलाको समयमा त बाउबाजेले एउटा निँगालो दियालोको भरमा त्यति ठूला–ठूला पहरा काटेर तामा निकाल्नुभयो, अहिले त केही समस्या छैन”, स्थानीय छन्त्यालले भन्नुभयो, “सरकारले तदारुकता देखाउने हो भने यहाँका जनताले यही नै रोजगार पाउन सक्थे, आत्मनिर्भर बन्ने थिए, रोजगारीका लागि भौतारिनुपर्ने थिएन ।”

खुङ्खानी नर्जाखानी क्षेत्रमा धेरै खानी भएको हुँदा खुबै खानी भन्ने गरेको र पछि खुङ्खानी भन्ने गरिएको स्थानीय कुलबहादुर छन्त्यालले बताउनभुयो । खुङ्खानी जर्जाखानी नजिकै रहेको गाउँ हो । “गाउँभरि खानी हुँदा हाम्रा अग्रजहरूले खुङ्खानीलाई खुबै खानी भन्ने गर्थे, अहिले आएर खुङ्खानी भन्ने गरिन्छ, यति धेरै खानी त अरु कुनै पनि ठाउँमा छैनन् होला”, उहाँले भन्नुभयो ।

उहाँले तामा निकालेको बाहेक नर्जाखानी क्षेत्रमा तत्कालीन समयका नागरिकहरूले बसोबास गरेको ठाउँको भग्नावशेष भेटिने गरेको बताउनुभयो । तत्कालीन सरकारले अत्यधिक कर बढाएपछि स्थानीयले तिर्न नसकेपछि तामा निकाल्न छाडेको छन्त्यालको भनाइ छ । तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेरको पालादेखि यस क्षेत्रमा तामाखानी बन्द भएको कुलबहादुरको भनाइ छ ।

“बाउबाजेले भने अनुसार तत्कालीन सरकारले स्थानीयले निकालेको तामाभन्दा बढी मूल्यको कर बुझाउन भनेपछि तामा निकाल्न छाडेका रहेछन्, अहिलेसम्म निकाल्न सकिएको छैन”, कुलबहादुरले भन्नुभयो, “अहिलेको जस्तो प्रविधि थिएन, धेरै समय लगाएर कम तामा निकाल्ने गर्थे रे, कर धेरै तिर्न सरकारले ह्वीप जारी गरेपछि छाडेको रहेछन्, अब सरकारले सञ्चालन गर्न सक्ने हो भने स्थानीय र राज्यलाई करोडाँैको आम्दानी हुने थियो ।”

खासगरी खानीमा छन्त्यालहरूले काम गर्ने हुँदा उनीहरूलाई अनपढ वैज्ञानिक भन्ने गरिएको कुलबहादुरको भनाइ छ । छन्त्यालहरूले माटो सुँघेर तामाखानी पत्ता लगाउने गरेको बताउनुभयो । “यहाँमात्रै होइन धेरै ठाउँको खानीमा छन्त्यालहरूले काम गर्ने गरेको इतिहास छ, हाम्रा अग्रजहरूले छन्त्यालहरूलाई अनपढ वैज्ञानिक भन्ने गर्थे, किनकि उनीहरूले माटो सुँघेर खानी पत्ता लगाउने र उत्खन्न गर्ने गर्थे”, उहाँले भन्नुभयो, “अहिलेको जस्तो प्रविधि उबेला भएको भए सायद यो ठाउँ अझैसम्म यस्तो दुर्गम हुनुपर्ने थिएन होला ।”

अर्का स्थानीय मनकुमारी छन्त्यालले गाउँमा पहिरो जाँदा पनि तामा भेटिने गरेको बताउनुभयो । दुई दशक अगाडिसम्म बारीमा भेटिएका तामाबाट विभिन्न सामग्री बनाउने गरेको बताउनुभयो । अहिले पनि धेरै ठाउँमा तामाजस्तै देखिने धातुहरू भेटिने र यसको परिणाम कस्तो छ भन्ने विषयमा परीक्षण गर्नुपर्ने उहाँको भनाइ छ । “गाउँमा पहिरो जाँदा, बारी खनजोत गर्दा पनि तामा भेटिन्छ, कतिले त भेट्टाएको तामाबाट गाग्री, ताउलोलगायतका भाँडाकुडा पनि बनाए, अहिले पहिलेको भन्दा फरक खालको धातु भेटिएको पाइन्छ”, उहाँले भन्नुभयो ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले नर्जाखानीसँगै अन्य गाउँमा पनि धेरै खानी रहेको भन्दै यसको परीक्षणका लागि योजना बनाएको बताउनुभयो । तमानखोलामा तामाखानी, फलामखानी र झल्कने ढुङ्खाखानी रहको र यी सबै खानीका बारेमा केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी खानी सञ्चालन गर्ने उहाँको भनाइ छ । ।

“तमानखोलाका धेरै ठाउँमा खानी छन्, यहाँ धेरै वर्ष पहिले उत्खनन भएका खानीको अवशेष अहिले पनि भेटिन्छन्, ती खानीको अध्ययनका लागि विज्ञ टोली ल्याउनुपर्छ, गाउँपालिकाको बजेटले मात्रै भ्याउँदैन केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्छौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “विज्ञ टोलीको अध्ययन अवलोकनपछि नजिता कस्तो हुन्छ त्यहीअनुसार काम गर्ने योजना छ, परीक्षणका लागि यहाँ भेटिएका केही नमूना सङ्कलन गरेका छौँ ।”पालिकाभित्र कति तामाखानी छन् भन्ने यकिन नभएको र यसको तथ्याङ्क सङ्कलनका लागि आफूहरु लागिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“तमानखोलामा कति तामाखानी छ भन्ने हामीलाई यकिन छैन, यसको तथ्याङ्क सङ्कलनको तयारीमा छौँ, तामाखानीमात्रै होइन यहाँ झल्किने ढुङ्गा र फलामखानी पनि छ, यी सबैको अध्ययन, अनुसान्धान गर्न माथिल्लो निकायसँग समन्वय गर्छौँ ।”


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content