Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

संयुक्त राष्ट्रसङ्घका अधिकारी अनुगमनका लागि युक्रेनको आणविक केन्द्रमा

जापोरिजझिया। युक्रेनको जापोरिजिया आणविक ऊर्जा केन्द्रलाई विपत्तिबाट जोगाउने मिसनमा संयुक्त राष्ट्रसंघको निरीक्षण टोली बिहीबार त्यहाँ पुगेको...

जापोरिजझिया। युक्रेनको जापोरिजिया आणविक ऊर्जा केन्द्रलाई विपत्तिबाट जोगाउने मिसनमा संयुक्त राष्ट्रसंघको निरीक्षण टोली बिहीबार त्यहाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको १४ सदस्यीय विशेषज्ञ प्रतिनिधिमण्डलको यो भ्रमण युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टभित्र पस्न महिनौं लामो वार्तापछि भएको हो । सुविधासम्पन्न गाडीमा आइपुगेका अधिकारीको नेतृत्व आईएईएका निर्देशक राफेल ग्रोसीले गर्नुभएको छ ।

विशेषज्ञहरू कम्प्लेक्सतर्फ अघि बढ्दै गर्दा रुस र युक्रेन दुबैले उक्त क्षेत्रमा गोलाबारी गरेको र भ्रमणलाई बिथोल्न खोजेको एक अर्कामाथि आरोप लगाएका थिए । भारी गोलाबारीले टोलीको प्लान्टतर्फको यात्रामा ढिलाइ भएको बताइएको छ ।

युक्रेनको राज्य आणविक ऊर्जा कम्पनी एनरगोएटमले रुसी मोर्टार र गोलाबारीका कारण आपतकालीन सुरक्षा प्रणालीद्वारा यसको एक रिएक्टर बन्द भएको र आन्तरिक आवश्यकताका लागि प्रयोग गरिएको वैकल्पिक विद्युत आपूर्ति लाइनमा क्षति पुगेको बताएको छ । एनरगोएटमका अनुसार प्लान्टको एउटा रिएक्टर ले काम गरिरहेको थिएन र डिजेल जेनेरेटरमार्फत् प्लान्टलाई सञ्चालन गरिएको थियो ।

“आज बिहानदेखि केही समयअघिसम्म सैन्य गतिविधि बढेको छ,” यात्राका क्रममा ग्रोसीले भन्नुभयो । “युक्रेनी सेनाले ब्रिफिङ गरेपछि टोलीले जोखिमका बावजुद यात्रालाई निरन्तरता दिएको ‘फाइदा र बेफाइदा’को मूल्याङ्कन गर्दै प्लान्टसम्म आइपुगेको छ ।”

ग्रोसीले व्यक्तिगत रूपमा युक्रेनी अधिकारीहरूसँग टोलीको मार्गलाई अनुमति दिनको लागि सम्पर्क गर्दै प्लान्टसम्म पुगेको बताउँदै युक्रेनी र रूसी आक्रमणबीचको तथाकथित ‘ग्रे जोन’मा अत्यधिक जोखिम भएको आणविक केन्द्रबाट जानकारी जापोरिजझियास्थित दिनुभएको छ ।

यसैबीच रूसका विदेशमन्त्री सेर्गेइ लाभरोभले मस्कोले टोलीबाट ‘निष्पक्षता’को अपेक्षा गरेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “हामी प्लान्ट सुरक्षित छ कि छैन, यसले सुरक्षित रूपमा काम गर्दछ र मिसनले त्यहाँ आफ्ना सबै योजनाहरू पूरा गर्दछ भनेर सुनिश्चित गर्न सबै आवश्यक उपायहरू अपनाइरहेका छौं ।”

जापोरिजिया प्लान्ट रूसी सेनाले कब्जा गर्दै आएको छ तर युक्रेनी इन्जिनियरहरूले छ महिना लामो युद्धको सुरुवाती दिनदेखि नै सञ्चालन गर्दै आएका छन् । युक्रेनले रूसले उक्त प्लान्टलाई ढालको रुपमा प्रयोग गरिरहेको, त्यहाँ हतियार भण्डारण गरेको र चारैतिरबाट आक्रमण गरिरहेको आरोप लगाएको छ भने मस्कोले युक्रेनले उक्त क्षेत्रमा लापरबाहीपूर्वक गोलाबारी गरेको आरोप लगाएको छ ।एपी


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content