स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

ऐ हिरामन के सुगा " छन्दबद्द भोजपुरी गीत संग्रहको विमोचन तथा अभिनन्दन समारोह कार्यक्रम बाराको कलैयामा सम्पन्न

SHARE:

अजय यादव वियोगी 
कलैया ,बारा ।
"धन बानी रउवा कि धन बानी हम, निकलने रउवा तब निरेखिले हम " भोजपुरी प्रख्यात उखान रहेको छ ।यहीँ उखान अब दिनप्रतिदिन पूरा हुँदै गएको छ ।बाराको सदरमुकाम कलैयामा साहित्यिक कार्यक्रम दिनप्रतिदिन हुँदै गईरहेको छ ।बाराको कलैयामा रहेको एभरेष्ट लँज को सभाकक्षमा "ऐ हिरामन के सुगा" छन्दबद्द भोजपुरी गीत संग्रहको विमोचन तथा अभिनन्दन समारोह कार्यक्रम सम्पन्न भएको छ।नेपाल भोजपुरी प्रतिष्ठान बारा शाखाको अायोजनामा भएको विमोचन कार्यक्रमको अध्यक्ष्ाता नेपाल भोजपुरी प्रतिष्ठान बारा शाखाका उपाध्यक्ष जंगबहादुर यादवले गरेका थिए ।प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका उप -मेयर रौशन प्रविण रहेकि थिईन ।विशिष्ट अतिथिहरुमा साहित्यकारद्वय डा.हरिन्द्र हिमकर र डा.गोपाल ठाकुर रहेका थिए ।अतिथिहरुमा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु प्रसाद साह ,साहित्यकार प्रमोद कुमार पाण्डेय ,कलैया उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख प्रहलाद वरनवाल ,युवा गायक एवम् साहित्यकार अजमत अलि ,अनिता साह ,सुरेन्द्रप्रसाद गिरी ,धुपलाल प्रसाद सहनी (सास्ती ),छोटेलाल साह ,जगदीश पंकज ,रामधारी यादव ,ऋतुराज  प्रिया मिश्रा  र उमाशँकर दुवेदी  दधिक्षी "लगायत रहेका थिए।भाषाले गर्दा अाज संसारमा सबै संस्कृति बाँचेको प्रमुख अतिथि कलैया उपमहानगरपालिकाकि उप मेयर रौशन प्रविणले बताईन ।कलैया उपमहानगरपालिकाबाट सक्दो सहयोग गर्न तयार रहने यस्ता गतिविधि सञ्चालनमा उपमहानगरपालिका पछाडि नहट्ने समेत उप-मेयर प्रविणले बताइन् ।कुनै पनि देशको मातृभाषाले तिव्र गतिले विकास भएको विशिष्ट अतिथि डा. हरिन्द्र हिमकरले बताउनुभयो ।भारतमा मात्र होईन  नेपाल लगायत कैयौं देशमा भोजपुरी  भाषा भाषीको संख्या बढदै गएको छ ।कलकत्तामा भोजपुरीया संख्या बढदै गएको छ ,यसको मतलब कि भाषा जहाँ पनि बढ्यौं त्यहाँको विकास त्यहीँ गतिमा हुने विशिष्ट अतिथि डा.हरिन्द्र हिमकरले विमोचन कार्यक्रममा बताउनुभयो ।बारा र पर्सा मात्र नभई काठमाडौंमा भोजपुरी विषयमा काम गर्ने गरेकोले भाषा विकसित हुँदै गएको विशिष्ट अतिथि हिमकरले बताउनुभयो।त्यस्तै विशिष्ट अतिथि एवम् भोजपुरी भाषाका साहित्यकार डा.गोपाल ठाकुरले मातृभाषा शिक्षा दीक्षा दियो भने अन्य भाषाको तुल्नामा छिटो विकास हुने बताउनुभयो ।भोजपुरी भाषाबाट अध्ययन गर्ने कुनै हाल्तमा कमजोर नहुने समेत विशिष्ट अतिथि ठाकुरले बताउनुभयो ।वहाँले भन्नु भयो कि रेडियो नेपालमा अंग्रेजी समाचार पढ्नको लागि अाफू सिफारिस भएको दिनको सम्झना गर्दै  अधिकाँश प्रतिस्पर्धीहरुलाई उछिनेर दुई जना चुनिएका थिए ।त्यसैले भोजपुरीमा काम गरेर।पाठ्यक्रम बनाई लागू गर्नुपर्ने दिन अाएको विशिष्ट अतिथि ठाकुरले बताउनुभयो ।ए हिरामन  सुगा गीत संग्रहमा २२ वटा शीर्षकमा अनेकन गीत लोकगीतको प्रतीक समेत भएको विशिष्ट अतिथि एवम् भोजपुरीया साहित्यकार डा.गोपाल ठाकुरले बताउनुभयो। स्थानीय गायक रामविलास भगतले गाएको भजनले सभाकक्ष गुन्जयमान भएको थियो ।त्यस्तै युवा साहित्यकार एवम् गीतकार अजमत अलिले गाएको गीतले सबैको मन गदगद भएको थियो ।कार्यक्रममा एउटा बेग्लै किसिमको अान्नद महशुस भएको थियो।साहित्यकार धुपलाल सहनी (सास्ती )ले अाफ्ना विजोड रचनाले सबैलाई मनमोहित बनाएका थिए ।कार्यक्रममा युवा साहित्यकार ज्ञानेन्द्र प्रसाद यादव ,कृष्ण गुप्ता ,व्यास प्रसाद साह ,दीक्षा कुमारी लगायत सयौंको उपस्थिति रहेको थियो । ए हिरामन सुगा गीत संग्रहका गीतकार रामप्रसाद साह रहेका हुन ।वहाँले अश्रु पूरित अाँखाहरु (नेपाली गजल  संग्रह )खेत अोरिया (भोजपुरी गजल ) अास्था के देवी गढीमाई( एंकाकी ) रसगर वसन्त जवान विराहा ,शतक नेपाल मे प्रथम ,खत तेरे नाम (हिन्दी काव्य )र।हालै भोजपुरी भाषाको गीत संग्रहको रुपमा ए हिरामन सुगा प्रकाशन अाएको छ ।यो गीति संग्रहको विमोचनले धेरै खुशी भएको  गीतकार रामप्रसाद साहले बताउनुभयो ।कलैया उपमहानगरपालिका तथा शुभेच्छुकको सहयोगले कृति प्रकाशन भएकोमा सबैलाई अाभार प्रकट गरेका थिए ।बारामा भोजपुरी भाषीको संख्या धेरै रहेको छ ।त्यसैले यस्तो कृति प्रकाशन हुनुमा अाफै सराहनीय काम भएको वक्ताहरुले बताएका थिए ।विभिन्न साहित्यकार तथा पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो।मधेसको सान झल्किने झिझिया नाच समेत प्रस्तुत गरिएको थियो साहित्यकारहरु एकदमै उत्साही बनेका थिए ।अधिकाश साहित्यकारहरुले अाफ्ना रचना प्रस्तुत गरेका थिए ।स्वागत मन्तव्य  साहित्यकार सुरेश मोदकले राखेका थिए।भने कार्यक्रमको सञ्चालन साहित्यकार संजु बाबा मोचीले गरेका थिए ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: ऐ हिरामन के सुगा " छन्दबद्द भोजपुरी गीत संग्रहको विमोचन तथा अभिनन्दन समारोह कार्यक्रम बाराको कलैयामा सम्पन्न
ऐ हिरामन के सुगा " छन्दबद्द भोजपुरी गीत संग्रहको विमोचन तथा अभिनन्दन समारोह कार्यक्रम बाराको कलैयामा सम्पन्न
https://blogger.googleusercontent.com/img/a/AVvXsEiTMiNVSiZSJ6ejpxJ2kVYz-2vzj5EVt-tye_sIVlzDpA3ZY9yTowJ1RjEMhJ8oigXOMfbep8lJiYq9P22uykvaCOXLFVKN0DP2GDuCLGpVkh0y3LF4aI6FBVG3Y3RNxZvAQ-P643xDxlYb48NXwRgk_AZXx7IGUNniWpwEYQknDbJs28AS3N4fvlgnNA=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEiTMiNVSiZSJ6ejpxJ2kVYz-2vzj5EVt-tye_sIVlzDpA3ZY9yTowJ1RjEMhJ8oigXOMfbep8lJiYq9P22uykvaCOXLFVKN0DP2GDuCLGpVkh0y3LF4aI6FBVG3Y3RNxZvAQ-P643xDxlYb48NXwRgk_AZXx7IGUNniWpwEYQknDbJs28AS3N4fvlgnNA=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/09/blog-post_90.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/09/blog-post_90.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content