Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

अझै सञ्चालनमा आएन प्याराभिट्टा बसपार्क

झापा। झापाको मेचीनगर–७ प्याराभिट्टामा निर्माण गरिएको बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण भएको नौ वर्ष वितिसक्दा समेत सो बसपार्क प...

झापा। झापाको मेचीनगर–७ प्याराभिट्टामा निर्माण गरिएको बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण भएको नौ वर्ष वितिसक्दा समेत सो बसपार्क प्रयोगविहीन अवस्थामा छ ।

नेपालको पूर्वीनाका काँकडभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्याराभिट्टामा बसपार्क निर्माण गरिएको हो । भारत, भूटान र बङ्गलादेशसँगको व्यापारिक नाका काँकडभिट्टा पर्यटक भित्रिने प्रवेशमार्ग हो । प्याराभिट्टाबाट लामो तथा छोटो दूरीका दैनिक पाँच सयभन्दा बढी बस सञ्चालन हुँदै आएका छन् ।

बजारको बीच भागमा रहेको दुई दशक पुरानो बस टर्मिनल अहिले साँघुरो भइसकेको छ । बसको पार्किङ र यात्रुको व्यवस्थापन सकसपूर्ण हुने गरेको छ । पचासौँ वर्षपछिसम्मको आवश्यकतालाई दृष्टिगत गरी राजमार्ग छेउमा २०७० सालमा प्यारीभिट्टा बसपार्क निर्माण थालिएको थियोे । झण्डै दुई सय बस एकैपटकमा पार्किङ गर्न सकिने क्षमताको उक्त बसपार्क निर्माण भए पनि सञ्चालनमा भने आउन सकेको छैन ।

मेचीनगर नगरपालिकाले आन्तरिक स्रोतबाट रु तीन करोड ३६ लाख र नगर विकास कोषको रु सात करोड ७७ लाख जुटाएर संयुक्त लगानीमा बसपार्क निर्माण अघि बढाइएको थियो । बसपार्क बनाउन स्थानीय शिवकुमार थापा, ध्रुव शिवाकोटीलगायत १२ जनाले करोडौँ मूल्य बराबरको पाँच बिघा चार कठ्ठा जग्गा नगरपालिकालाई निःशुल्क प्रदान गरेका थिए ।

विसं २०६८ असार १९ गते शिलान्यास गरेर दमकको लामा मैनाचुली शिवशक्तिले निर्माण थालेको थियो । दुई वर्षमा निर्माण भएको बसपार्क २०७४ भदौ १५ गते मेचीनगर नगरप्रमुख विमल आचार्य र संस्थापक नगरप्रमुख रविन कोइरालाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो । तत्कालीन बसपार्क सहयोग समितिका अध्यक्ष डिल्लीराम घिमिरे निर्माण भएर पनि बसपार्क सञ्चालनमा नआउनु दुःखलाग्दो विषय भएको बताउनुहुन्छ ।

मेचीनगरकै ठूलो विकासे परियोजनाका रूपमा रहेको प्यारीभिट्टा बसपार्क निर्माणपछि दुई कार्यकाल जनप्रतिनिधिले नगरको नेतृत्व गरिसकेका छन् । बसपार्क प्रयोजनविहीन भए पनि नगर विकास कोषबाट लिएको ऋणको ब्याज नगरपालिकाले बर्सेनी तिर्दैआएको छ । मेची उद्योग वाणिज्य सङ्घका महिला उपाध्यक्ष बिना तामाङले विकास निर्माणमा ठूलो लगानी गरेर त्यसलाई प्रयोगविहीन राख्ने प्रवृत्तिको अन्त्य गर्न राजनीतिक दल र नागरिक समाज जागरुक हुनुपर्ने बताउनुभयो ।

नगरपालिकाले जनतामाथि ऋण बोकाएर निर्माण गरेको विकास परियोजना प्रयोगमा ल्याउन नसक्नु जनप्रतिनिधिकै कमजोरी भएको नेकपा (माओवादी केन्द्र)का झापा क्षेत्र नं १ का अध्यक्ष माधव अर्याल बताउनुहुन्छ । “बनेका संरचना के कारण प्रयोगमा आएनन् भनेर जनप्रतिनिधिले गम्भीर बन्नुपर्छ”, उहाँले भन्नुभयो, “यो त सरासर ऋणको दुरुपयोगजस्तो भयो ।”

करोडौँ मूल्य पर्ने निजी जग्गा बसपार्क निर्माणका लागि दानमा दिएका जग्गादाता बसपार्क निस्क्रिय रहेकामा आक्रोशित छन् । “उपयोग नगर्ने हो भने किन हामीसँग जग्गा लिएको ?”, मेचीनगर–७ का जग्गादाता शिव थापा भन्नुहुन्छ, “बसपार्क बन्दा कत्रो खुसीयाली थियो, अहिले प्रयोगमा नआउँदा बेकारमा जग्गा दिइएछ जस्तो लाग्न थालेको छ ।”

बसपार्कलाई पूर्वाधारयुक्त बनाउन नगरपालिकाले धेरै संरचना निर्माण गरिसकेको छ । वरिपरि पर्खाल निर्माण गरिएको छ । उत्तरतिर पसल निर्माण गरिएका छन् । पूर्वी किनारमा ग्यारेजका लागि पूर्वाधार निर्माण गरिएको छ । सुरक्षा बन्दोबस्तका लागि आवास भवनसहितको प्रहरी पोस्ट बसपार्कमा निर्माण गरिएको छ । रात्रिकालीन उज्यालोका लागि विद्युत् र सौर्यबत्तीको पर्याप्त व्यवस्था मिलाइएको छ । राजमार्गबाट बसपार्क जोड्ने पहुँचमार्ग कालोपत्र गरिएको छ । तर बसपार्क नै सञ्चालनमा नआएपछि ती संरचना सबै बेकार सावित भएका छन् ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content