Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

निःशुल्क डायलायसिस सेवा नरोक्न माग

चितवन। कलेज अफ मेडिकल साइन्सेजले निःशुल्क मिर्गाैला डायलायसिस नगर्ने जनाएपछि बिरामी र तिनका आफन्तले सरोकारवाला निकायमा ध्यानाकर्षण गराएका छ...

चितवन। कलेज अफ मेडिकल साइन्सेजले निःशुल्क मिर्गाैला डायलायसिस नगर्ने जनाएपछि बिरामी र तिनका आफन्तले सरोकारवाला निकायमा ध्यानाकर्षण गराएका छन् । सरकारले दिनुपर्ने रकम भुक्तानी नगरेको जनाउँदै कलेजले यही असोज १ गतेबाट निःशुल्क डायलायसिस रोक्ने भन्दै सूचना जारी गरेको छ ।

मिर्गाैलापीडित सरोकार समाज चितवनले जिल्ला प्रशासन कार्यालय चितवन, कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज), भरतपुर महानगरपालिका र स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य मन्त्रालय नर्सिङ तथा स्वास्थ्य महाशाखा काठमाडौँमा ज्ञापनपत्र बुझाएको हो ।

पुरानो मेडिकल कलेजमा डायलायसिस गराइरहेका पीडितहरूलाई कलेजले निःशुल्क सेवा दिन नसक्ने सूचना दिएपछि समाजले ज्ञापनपत्र बुझाएको हो । समाजका अध्यक्ष टुमराज गुरुङका अनुसार उक्त कलेजमा समाजमा आवद्ध ४७ जनाले निःशुल्क डायलायसिस गराउँदै आएका छन् ।

कलेजले विगत १४ महिनादेखि मिर्गाैला डायलायसिसवापतको रकम भुक्तानी प्राप्त नभएको कारण देखाउँदै निःशुल्क सेवा दिन नसक्ने जनाएको छ । कलेजका निर्देशक डा मनोहर प्रधानले डायलायसिसको मात्रै रु एक करोड ५० लाख भुक्तानी पाउन बाँकी रहेपछि धान्न नसकेर सेवा नियमित गर्न नसक्ने जानकारी गराएको बताउनुभयो ।

सरकारको विपन्न नागरिक औषधोउपचार कार्यक्रमअन्तर्गत असार ३१ गते सम्झौता मिति समाप्त भइसकेपछि पनि मानवीय नाताले बिरामीलाई डायलायसिस सेवा दिँदै आएको अस्पतालले जनाएको छ । ठूलो रकम भुक्तानी बाँकी रहेकाले स्वास्थ्य बीमाका बिरामीलाई बीमाअन्तर्गत र बीमा नगराएकाको हकमा सःशुल्क सेवा दिन सकिने अस्पतालको सूचनामा जनाइएको छ । अस्पतालमा १२ वटा मेसिनले दैनिक तीन सिफ्टमा ३६ जनाको डायलायसिस गर्दै आएको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पीडितले निःशुल्क सेवा पाउनुपर्ने बताउनुभयो । उहाँले पुरानो मेडिकल कलेजलाई पत्र पठाएर सेवा नियमित गर्न निर्देशन दिएको जानकारी दिनुभयो । आफूले मन्त्रालयमा समेत यससम्बन्धी समन्वय गरिरहेको जनाउँदै पीडितले पाउँदै आएको सेवा रोक्न नमिल्ने बताउनुभयो । मन्त्रालयका सचिवसँग नै आफूले कुरा गरेको जनाउँदै उहाँले अस्पतालले पैसा पाउने र सेवा रोक्न नपाउने जानकारी दिनुभयो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content