श्री गढीमाई राष्ट्रिय दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

neelambads

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै सल्यानका किसान 

955 SHARE:

सल्यान । सल्यानका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । 

परम्परागत खेतीभन्दा मौसमी तथा बेमौसमी तरकारी उत्पादनबाट दोब्बर आम्दानी हुने भएपछि किसानहरू यसतर्फ आकर्षित भएका हुन । 

अन्नबाली छाडेर व्यावसायिक तरकारी गर्न थालेका किसान पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मानसिकतालाई चुनौती दिँदै घरमै बसी तरकारी खेतीबाट गजबको आम्दानी गर्दै आइरहेका छन् । 

१५ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएकी कपुरकोट गाउँपालिका ५ की गीता गिरीले पछिल्लो समय महिलाहरू पनि व्यावसायिक तरकारी खेतीमा जुटेको बताउनुभयो । एक सिजनमा बजार मूल्य राम्रो भएमा १५ देखि १६ लाखसम्म आम्दानी हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो  “हामीले बेमौसमी तरकारी खेती गर्ने भएको मूल्यको त समस्या हुँदैन तरकारीले मूल्य पाएन भनेको वर्ष पनि केही नभए पनि १० देखि ११ लाखसम्म आम्दानी हुन्छ ।”

घरायसी काममा मात्र व्यस्त हुने महिलाहरू पनि व्यवसायतिर आकर्षित हुँदै आइरहेको उहाँको भनाई छ । जसले महिलाहरूलाई आत्मनिर्भर बनाउन सहज बनाएको छ । 

यस्तै, विगत २६ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका प्रकाश केसीले तरकारी खेती त्यागेर विदेश जाने कहिले सोज नआएको बताउनुभयो । एक सिजनमा घरमै बसी कम्तीमा पनि ८ लाखसम्म आम्दानी भइहाल्छ । त्यति आम्दानी भएपछि विदेश जाने सोच आउने कुरा पनि भएन उहाँले भन्नुभयो । उहाँले भन्नुभयो “मैले तरकारी खेती सुरु गरेको झन्डै २६ वर्ष भयो अहिलेसम्म निरन्तर गरी रहेको छु । आज भोलि त झनै पहिलेको जस्तो तरकारी बोकेर बजार जानु पर्दैन । आफ्नै घर आँगनबाट गाडीले लैजान्छ ।”

पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यता कपुरकोटवासीमा नरहेको अर्का किसान डिल्ली केसीले बताउनुभयो । कपुरकोट गाउँपालिकाका झन्डै ३५ सय किसानले तरकारी खेती गर्दै आइरहेको बताउँदै उहाँले विदेशको भन्दा राम्रो आम्दानी आफ्नै जमिनमा गरी रहेको बताउनुभयो । जेठको दोस्रो साता देखि मङ्सिर अन्तिमसम्म यहाँका किसानलाई तरकारी बजारीकरण गर्नमै फुर्सद नहुने केसीको भनाई छ । 

विदेशमा बगाउने श्रम र पसिना यदि आफ्नै खेतबारीमा बगाउन सक्ने हो भने विदेशको भन्दा बढी पैसा कमाउन सकिने किसान किरण डिसीको भनाई छ । एक जनाले सिजनमा ५ देखि ६ लाख कमाउन सकिन्छ भने विदेश किन जानेप्रति प्रश्न गर्दै डिसीले भन्नुभयो “विदेशको मोह त्यागौँ विदेशमै केही गरेर स्वरोजगार बनौँ ।”

सल्यान मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि प्रख्यात ठाउँका रुपमा चिनिन्छ । जिल्लामा वार्षिक ८० करोडको तरकारी उत्पादन हुने कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कृषिलाई मर्यादित र सम्मानित पेसाको रुपमा विकास गर्न र किसानहरूलाई कृषिबाट नै आत्मनिर्भर बनाउन कृषि ब्लक निर्माण गरि रहेको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “जिल्लाका किसानको  तरकारी नगदेबालीको रुपमा रहेको छ । जिल्लामा मौसमी भन्दा बेमौसमी तरकारी बढी उत्पादन हुँदै आइरहेको छ ।” 


COMMENTS

 


thedesigners7
Name

news,986,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,8,समाचार,7,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै सल्यानका किसान 
तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै सल्यानका किसान 
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/09/2-4.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/09/blog-post_83.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/09/blog-post_83.html
true
8891381760893256154
UTF-8
अन्य अपडेटसहरु केही भेटिएन सबै हेर्नुहोस् विस्तृतमा पढ्नुहोस उत्तर Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy