कपिलवस्तु । चाडपर्व सुरु भएसँगै सवारी दुर्घटनालाई न्युनिकरण गर्नका लागि कपिलवस्तुमा समय सीमा (टाइम कार्ड) लागु गरिएको छ ।
। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लामो दुरी र राजमार्गमा चल्ने सवारी साधनमा टाइम कार्ड लागू गरेको हो । चाडपर्व सुरु भए पछि सवारीको चाप बढ्ने र दुर्घटना हुने जोखिमसमेत बढ्दै गएकोले टाइम कार्ड लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सीनाले बताउनुभयो ।
जिल्लामा भर्खरै मात्र भएको तीन छुटा छुट्टै दुर्घटनामा ३ जनाले ज्यान गुमाए पछि दुर्घटना न्यूनीकरणका लागि उपाय खोजिएको तिमिल्सीनाले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक प्रेम बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक सूर्य बहादुर सेन, राष्ट्रिय अनुसन्धान कपिलवस्तु प्रमुख योगेन्द्र केसीसहितको टोलीले राजमार्ग क्षेत्रको अनुगमन गरी दुर्घटना न्यून गर्न टाइम कार्ड लागु गर्नु पर्ने निष्कर्ष निकालेको थियो ।
ट्राफिक प्रहरी पोष्ट चन्द्रौटा र पिपराबाट टाइम कार्ड प्रदान गरिने जनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गेमा रहेको चेक पोष्टले छड्के चेक गर्ने गरी कार्ड लागु गरिएको छ । पिपरादेखी चन्द्रौटासम्म रहेको ३८ किलोमिटरको दुरी पार गर्न ट्रक र टिप्परलाई १ घण्टा र बस कार जिपलाई ५४ मिनेटको समय अवधि तोकिएको छ
। निर्धारित समय भन्दा चाडै आउने सवारी साधनलाई जरिबाना तथा कार्यवाही गरिने जनाइएको छ ।
प्रतिक्रिया