Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

सिमरा भेट्रान बी, मोरङ भेट्रान, चितवन भेट्रान र भारतको कलकत्ता भेट्रान सेमिफाइनल प्रवेश

सिमरा, ३१ भदौ । सिमरामा आयोजित अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटवल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । शुक्रवार सम्पन्न चार वटा ...

सिमरा, ३१ भदौ । सिमरामा आयोजित अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटवल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । शुक्रवार सम्पन्न चार वटा क्वाटरफाईनल खेलबाट सिमरा भेट्रान बी, मोरङ भेट्रान, चितवन भेट्रान र भारतको कलकत्ता भेट्रान सेमिफाइनल प्रवेश गरेका हुन् ।

सिमरा रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा सिमराले भुटनदेवी भेट्रान हेटौडालाई ३–१ ले पराजित गरेको हो । सिमराको जितमा विकर्ण श्रेष्ठले दुर्ई र राजकुमार घिसिङले एक गोल गरेका थिए । हेटौडाका लागि उत्तरकुमार दुलालले एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच सिमराका विकर्ण श्रेष्ठ घोषित भए ।

यसैगरी सेमिफाइनलको यात्रा तय गर्ने क्रममा मोरङले वीरगंजलाई १–० ले पराजित गरेको हो । दोस्रो क्वाटरफाइनल खेलमा मोरड्ढा लागि डेनिङ राईले निर्णायक गोल गरेका थिए । डेनिङ खेलको म्यान अफ दि म्याच घोषित भए ।

तेस्रो क्वाटरफाइनल खेलमा चितवनले वीरगंज युथ एकेडेमीमाथी ३–० जित हात पार्दै अन्तिम चारको यात्रा तय गरेको हो । चितवनका लागि भरत गुरूङले दुर्ई र रमेश थापाले एक गोल गरेका थिए । चितवनका रमेश थापा खेलको म्यान अफ दि म्याच घोषित भए । 

यसैगरी चौथो क्वाटरफाइनल खेलमा दार्जलिङलाई १–० ले स्तब्ध पार्दै कलकत्ता सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलका लागि रन्जन सरकारले पेनाल्टीको सदुपयोग गर्दै निर्णायक गोल गरेका थिए । कलकत्ताका गोलरक्षक नरेश धाली खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई नव जनजागृति युवा क्लब सिमराका पूर्वअध्यक्ष कासिम मियाँले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिता अन्तर्गत शनिवार सेमिफाइनल र फाइलनका खेल हुनेछन् । आयोजक सिमरा भेट्रान क्लबका अनुसार सेमिफाइनलका खेल बिहान ७ बजेदेखि शुरू हुनेछ । पहिलो सेमिफाइनल खेल सिमरा बी र मोरङबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेलमा चितवन र कलकत्ता भिड्नेछन् । सेमिफाइनल खेल सम्पन्न भएपश्चात शनिवार दिउसो ४ बजे फाईनल खेल हुनेछ ।

भारतका दुर्ईसहित १६ टिमको सहभागीताको रहेको प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् । स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा आयोजित प्रतियोगिता भदौ २९ गते शुरू भएको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content