Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

उखुमा रेड रड रोगको समस्या , किसान चिन्तित

कञ्चनपुर। बेलौरी नगरपालिका ८ का किसानले रोपेका उखुखेतीमा रेड रड(रातो सडन) रोग समस्या देखा परेको छ । किसानले ६० विगाह बढी जग्गामा रोपेको उखु...

कञ्चनपुर। बेलौरी नगरपालिका ८ का किसानले रोपेका उखुखेतीमा रेड रड(रातो सडन) रोग समस्या देखा परेको छ । किसानले ६० विगाह बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो ।

 पानी जम्ने खेतमा रोपिएको उखुमा रोग देखा परेको नगरपालिकाको कृषि शाखाका प्रमुख सुमनराज भट्टले जानकारी दिनुभयो । “किसानले रोपेको १५ विगाह बढीको उखु पुरै सखाप भएको छ” उहाँले भन्नुभयो, “अरू किसानको १० प्रतिशत देखि ८० प्रतिशत सम्म उखु बालीमा रोगले नोक्सानी गरेको छ ।” सिओ २३८ र सिओ २०८ जातको उखुमा रोग बढी देखा परेको छ । “यस रोगका कारण उखुका पात सुक्ने र उखुलाई चिरेर भित्र हेर्दा पुरै रातो देखिने गरेको छ, उखु सडेर नराम्रो गन्ध समेत आउँछ, यो एक प्रकारको उखुमा लाग्ने क्यान्सरनै हो” शाखा प्रमुख भट्टले भन्नु भयो, “यसको रोकथामका लागि किसानलाई ढुसिनासक विषादी उपलब्ध गराउने कार्य भैरहेको छ ।” चिनी मिलले समेत किसानलाई सल्लाह संगै बिषादी उपलव्ध गराएको छ ।

उखु खेती गरेका किसान कर्मु रानाले उखुबालीमा रेड रड नामक रोगले नोक्सानी गर्न थालेको बताउनुभयो । “उखु खेती गरिएको पाँच विघा जग्गाको धेरै ठाउमा रोग देखा परेको छ” उहाँले भन्नु भयो, “रोगबाट उखु जोगाउनका लागि ढुसिनासक बिषादी छर्कने कार्यमा जुटेको छु । रोपेको  १० प्रतिशतमा रोग देखिएको छ ।” अर्का किसान भम्टा रानाले तीन विघा जग्गामा उखु खेती गरिएको मध्ये एक विघा जग्गाको उखु रोगका कारण पुरै सुकेर नोक्सनी भएको बताउनु भयो ।

“ऋण लिएर उखु खेती गरेको थिए” उहाँले भन्नुभयो, “उखु रोगका कारण सुकेपछि रु तीन लाख बढीको नोक्सानी व्यहोर्नु परेको छ ।” “शुरुआतमै रोग लाग्न लागेको बेला ढुसिनासक बिषादी छर्किए यसले नियन्त्रण गर्छ” उखु किसान असारे वडाकले भन्नुभयो, “रोग लागि सकेपछि नियन्त्रण गर्न गाह्रो हुन्छ ।” व्यापक रुपमा रोग फैलिएकाले उखु काटिदा सम्म निकै नोक्सान पु¥याउने उहाँले बताउनु भयो ।

 अहिले सम्म १५०  किसानले रोपेको उखुबालीमा नोक्सनी भएको छ ।यसबाट उनीहरुले रु ५० लाख बढीको नोक्सानी व्यहोरेका छन । नगरपालिकाको कृषि विकास शाखाका कृषि प्राविधिक हरिश सेठीका अनुसार यस रोगको लक्षण साउनबाट उखुमा लाग्न सुरु हुन्छ । यसको बेलैमा उपचार गरिएन भने पछि यसले उखुमा धेरै नोक्सान पु¥याउँ छ ।  “उखुकोे पातमा सेतो धव्वाहरु देखिने, सुक्ने, डाँठ सानो र खुम्चिने हुन्छ” उहाँले भन्नु भयो, “उखुको भित्र–भित्र कुहिदै जान्छ । बेलैमा रोगको पहिचान भए उखुलाई रोग लाग्नबाट बचाउन सकिन्छ ।” उखु रोप्दा बीउलाई उपचार गरेर मात्रै रोप्नु पर्ने उहाँले बताउनु भयो । बेलौरीका ८० प्रतिशत बढी किसानले उखु खेती गर्दै आएका छन ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content