स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

उखुमा रेड रड रोगको समस्या , किसान चिन्तित

SHARE:

कञ्चनपुर। बेलौरी नगरपालिका ८ का किसानले रोपेका उखुखेतीमा रेड रड(रातो सडन) रोग समस्या देखा परेको छ । किसानले ६० विगाह बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो ।

 पानी जम्ने खेतमा रोपिएको उखुमा रोग देखा परेको नगरपालिकाको कृषि शाखाका प्रमुख सुमनराज भट्टले जानकारी दिनुभयो । “किसानले रोपेको १५ विगाह बढीको उखु पुरै सखाप भएको छ” उहाँले भन्नुभयो, “अरू किसानको १० प्रतिशत देखि ८० प्रतिशत सम्म उखु बालीमा रोगले नोक्सानी गरेको छ ।” सिओ २३८ र सिओ २०८ जातको उखुमा रोग बढी देखा परेको छ । “यस रोगका कारण उखुका पात सुक्ने र उखुलाई चिरेर भित्र हेर्दा पुरै रातो देखिने गरेको छ, उखु सडेर नराम्रो गन्ध समेत आउँछ, यो एक प्रकारको उखुमा लाग्ने क्यान्सरनै हो” शाखा प्रमुख भट्टले भन्नु भयो, “यसको रोकथामका लागि किसानलाई ढुसिनासक विषादी उपलब्ध गराउने कार्य भैरहेको छ ।” चिनी मिलले समेत किसानलाई सल्लाह संगै बिषादी उपलव्ध गराएको छ ।

उखु खेती गरेका किसान कर्मु रानाले उखुबालीमा रेड रड नामक रोगले नोक्सानी गर्न थालेको बताउनुभयो । “उखु खेती गरिएको पाँच विघा जग्गाको धेरै ठाउमा रोग देखा परेको छ” उहाँले भन्नु भयो, “रोगबाट उखु जोगाउनका लागि ढुसिनासक बिषादी छर्कने कार्यमा जुटेको छु । रोपेको  १० प्रतिशतमा रोग देखिएको छ ।” अर्का किसान भम्टा रानाले तीन विघा जग्गामा उखु खेती गरिएको मध्ये एक विघा जग्गाको उखु रोगका कारण पुरै सुकेर नोक्सनी भएको बताउनु भयो ।

“ऋण लिएर उखु खेती गरेको थिए” उहाँले भन्नुभयो, “उखु रोगका कारण सुकेपछि रु तीन लाख बढीको नोक्सानी व्यहोर्नु परेको छ ।” “शुरुआतमै रोग लाग्न लागेको बेला ढुसिनासक बिषादी छर्किए यसले नियन्त्रण गर्छ” उखु किसान असारे वडाकले भन्नुभयो, “रोग लागि सकेपछि नियन्त्रण गर्न गाह्रो हुन्छ ।” व्यापक रुपमा रोग फैलिएकाले उखु काटिदा सम्म निकै नोक्सान पु¥याउने उहाँले बताउनु भयो ।

 अहिले सम्म १५०  किसानले रोपेको उखुबालीमा नोक्सनी भएको छ ।यसबाट उनीहरुले रु ५० लाख बढीको नोक्सानी व्यहोरेका छन । नगरपालिकाको कृषि विकास शाखाका कृषि प्राविधिक हरिश सेठीका अनुसार यस रोगको लक्षण साउनबाट उखुमा लाग्न सुरु हुन्छ । यसको बेलैमा उपचार गरिएन भने पछि यसले उखुमा धेरै नोक्सान पु¥याउँ छ ।  “उखुकोे पातमा सेतो धव्वाहरु देखिने, सुक्ने, डाँठ सानो र खुम्चिने हुन्छ” उहाँले भन्नु भयो, “उखुको भित्र–भित्र कुहिदै जान्छ । बेलैमा रोगको पहिचान भए उखुलाई रोग लाग्नबाट बचाउन सकिन्छ ।” उखु रोप्दा बीउलाई उपचार गरेर मात्रै रोप्नु पर्ने उहाँले बताउनु भयो । बेलौरीका ८० प्रतिशत बढी किसानले उखु खेती गर्दै आएका छन ।


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: उखुमा रेड रड रोगको समस्या , किसान चिन्तित
उखुमा रेड रड रोगको समस्या , किसान चिन्तित
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/09/1549934439.ukhu-kisan.webp
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/09/blog-post_34.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/09/blog-post_34.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content