Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

अवरूद्ध आणविक सम्झौता वार्ता पुनः थाल्न इरानले दियो लिखित जवाफ

दुबई। विश्व शाक्तिराष्ट्रहरूसँग अवरूद्ध भएको आफ्नो आणविक सम्झौता वार्तालाई पुनर्जीवन दिन इरानले लिखित जवाफ प्रस्तुत गरेको छ । रोकिएको वार्त...

दुबई। विश्व शाक्तिराष्ट्रहरूसँग अवरूद्ध भएको आफ्नो आणविक सम्झौता वार्तालाई पुनर्जीवन दिन इरानले लिखित जवाफ प्रस्तुत गरेको छ । रोकिएको वार्ता पुनः थाल्न तेहरानले अन्तिम मार्गचित्रका रूपमा वर्णन गरिएको लिखित जवाफ युरोपेली सङ्घसमक्ष प्रस्तुत गरेको हो ।

वार्ताका लागि सङ्घले मध्यस्थता गरेकाले इरानले लिखित जवाफ दिएको हो । जवाफका अन्तर्वस्तुको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । राज्य सञ्चालित समाचार समिति इर्नाका अनुसार इरानले पेश गरेका जवाफमा सङ्घको मध्यस्थतालाई स्वीकार गरेको छैन ।

इरानले तीनवटा विषयमा केन्द्रित भएर जवाफ दिएको र त्यसमा अमेरिकाले मौखिकरूपमा व्यक्त गरेको लचिलोपन तथा सम्झौताको निरन्तरताको प्रत्याभूतिलाई वार्ता एवम् सम्झौताका दस्तावेजहरूमा सवावेश गर्नुपर्नेमा जोड दिइएको छ । कट्टरपन्थी राष्ट्रपति इब्राहिम राईसीको नेतृत्वमा तेहरानले सम्झौतामा पुग्न भएको विलम्बका निम्ति वासिङटनलाई दोष दिने प्रयास गरेको छ ।

सङ्घलाई इरानको लिखित जवाफ सोमबार राति प्राप्त भएको बताउँदै सङ्घको विदेश मामिला तथा सुरक्षा नीति प्रवक्ता नबिला मस्रालीले प्राप्त जवाफको अध्ययन भइरहेको बताइन् । संयुक्त विस्तृत कार्य योजना (जेसिपीओए)का सदस्य देश र अमेरिकासँग त्यससम्बन्धमा छलफल एवम् भावी योजनाबारे विचारविमर्श गरिने उनले जानकारी दिएकी छन् ।
सन् २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई एकपक्षीय रूपमा वार्ताबाट अलग्याएपछि इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेको हो । फलस्वरुप तेहरानमाथि एकपक्षीय प्रतिबन्धहरू पुनः लागू भए ।

त्यसपछि अप्रत्यक्ष वार्ताका लागि सङ्घले मध्यस्थता गरिरहेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले पनि अमेरिकाले आफ्नो अवधारण सङ्घमार्फत सार्वजनिक गर्ने बताएका छन् ।

आफ्नो देशमाथि लादिएको प्रतिबन्ध हटाउन विश्व शक्तिराष्ट्रहरूसँग आणविक सम्झौतामा हस्ताक्षर गरेर आफ्नो आणविक कार्यक्रमलाई रोक्न इरान सहमत भएको थियो ।
गत साता सङ्घसँग भएको अनौपचारिक वार्तामा पनि तेहरानले इरानको आर्थिक हित सुनिश्चितताको प्रत्याभूत अमेरिकाले गर्नुपर्नेमा जोड दिएको थियो ।

सन् २०२१ को एप्रिल यता इरान र आणविक सम्झौताका बाँकी पक्षबीच भिएनमा आठ चरणमा वार्ता भइसकेका छन् । तेहरानले आणविक सम्झौता कार्यान्वयनका लागि आफूमाथि लगाइएका प्रतिबन्धको फुकुवा गर्नुपर्ने अडान त्यागेको छैन । युरेनियम सम्वर्धनको क्षमता बढाउने इरानी निर्णयको तेहरानले बचाउ गर्दै आएको छ । अमेरिकी प्रतिबन्ध दमनकारी र इरानी जनताको अधिकारविरुद्ध भएको उसको तर्क छ ।

आफूमाथि लागेका प्रतिबन्ध हटाउन तेहरानले आफ्नो अन्तर्निहित आचरणका साथै खतरनाक गतिविधि अन्त्य गर्नुपर्नेमा अमेरिकाले जोड दिँदै आएको छ ।एपी


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content