Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

प्रादेशिक अस्पताल कलैयामा चरम लापरबाही सेवाग्राहीहरुलाई सेवा नै दिँदैन कसले गर्ने हो कारवाही

 अजय यादव वियोगी  कलैया ,बारा। "प्रादेशिक अस्पताल कलैयामा चरम लापरबाही सेवाग्राहीहरुलाई सेवा नै दिँदैन कसले गर्ने हो कारवाही " स्व...

 अजय यादव वियोगी 

कलैया ,बारा।

"प्रादेशिक अस्पताल कलैयामा चरम लापरबाही सेवाग्राहीहरुलाई सेवा नै दिँदैन कसले गर्ने हो कारवाही "


स्वास्थ्य नै धन हो।स्वास्थ्य राम्रो भएनन् भने सबै कुरा खराब लाग्छ ।धेरै प्रचलित उखान नै हो स्वास्थ्य नै धन हो  भनेर तर अहिले  बेल पाक्यो  हर्ष न विस्मात!यस्तै भएको हो  प्रादेशिक अस्पताल कलैयामा डाक्टर नै नभई सेवाग्राहीहरु सास्ती खेप्न बाध्य भएका छन् ।बारा जिल्ला भरिको जनता कलैया अस्पतालमा अाउने गरेको भएपनि सेवा हेरेर जो कोही दुखित हुने गरेको सेवाग्राहीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।प्रादेशिक अस्पताल कलैयामा ९ :०० बजे देखि १:०० बजे सम्म बिरामीको पुर्जी काटने गर्ने गरेको भएपनि मनोमानी ढंगले डाक्टरहरु अस्पतालमा अाउने गरेको २:०० खाना खान जाने बहानामा घण्टौ बस्ने गरेको सास्ती खेप्न बाध्य भएको बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -६




मुसहरनाबाट चेकजाँच गराउन अाएकि मुस्कान खातुनले बताईन।बिहानै लाईनमा लागेको भएपनि साँझ सम्म चेकजाँच हुन सकेको छैन ,कछुवाको गतिमा अस्पतालमा काम हुने गरेको समेत खातुनले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन ।यस्तै फेटा गाउँपालिका वडा नम्बर -३ बाट अाएकि सकिला खातुनको यस्तै भनाई रहेको थियो ।अस्पताल नामको मात्र यहाँ केही काम हुदैन ,जे मन लाग्यो त्यहीँ यहाँका कर्मचारीहरु समेत भन्ने गरेको बताईन ।पुर्जी काटेर कहाँ जाने एकिन गराउन नसकेपछि कैयौं ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको सेवाग्राही खातुनले बताईन।तर वहाँहरुले भनेझै भन्दा बढी नै सास्ती खेप्नु परेको अहिले हचुवाको भरमा मधेस प्रदेश सरकारले प्रादेशिक अस्पताल घोषणा गरेको करैयामाई गाउँपालिका वडा नम्बर -८ नरहीबाट अाएका सेवाग्राहीहरुले गुनासो गरेका छन् ।बिना तयारीको यस्तो घोषणा गर्नाले अस्पतालको बेथिति भएको सेवाग्राहीहरुको भनाइ रहेको छ ।घण्टौ नभई दिनभरि लाईन साँझ  अालटाल गरेर बिना चेकजाँचकै बिरामी जाने गरेका छन्।कलैया अस्पतालमा दिनहुँ कति पुर्जी कटछ भने अोपिडिमा बसेर पुर्जी काटिरहेकि अनिता यादवसँग सोध्दा अाफूलाई केही जानकारी समेत नभएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन।मैलै किन बताउनु नि कति पुर्जी कटछ ,ईमर्जेन्सीको पुर्जीको कति लाग्छ ,साधारणको कति लाग्छ भने प्रश्नमा अलमलमा पर्दे भनिन् अहिले सबै कुरा बताउनु जरुरी नभएको अोपिडि सेवामा पुर्जी काटने अनिता यादवले बताईन।मेरो नामले के मतलब ,के काम छ ,सबै थाहा छ ,यति सम्म नाम भन्नमा नै डराउने गरेको कर्मचारीले अस्पतालमा कस्तो सेवा दिएका होला भन्ने अाफै प्रष्ट हुने गरेको छ ।कलैया अस्पतालमा पुर्जी काटने सिफ्ट नै बनाईएको हो  दिउँसो २:०० बजेदेखि  राति ८:०० बजे सम्म डिउटीमा रहेकि अनिता यादवले एकिन गर्न नसकेकि बिहानै ९:०० बजे देखि १:०० बजे सम्म रामनारायण ठाकुरको डिउटी समेत भएको बताइन।प्रादेशिक अस्पताल कलैयामा ५८ जना कर्मचारीहरुको दरबन्दी भएपनि मुश्किल १०-१५ जना भेटाउने गरेका छन् ।विभिन्न वहानामा अाफ्नो काम गर्दा सेवाग्राही सास्ती खेप्न बाध्य भएका छन्।अस्पतालको रेखदेख गर्ने अस्पताल विकास समितिको पद खाली नै छ।मधेश प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत पर्ने प्रादेशिक अस्पताल कलैयाको अवस्था दयनीय नै छ ।कुनै उपकरण समेत छैन ,यस्तै पुराना जबानाको चेकजाँच झै अहिले पनि भईरहेको प्रति बाराबासी निराशा भएका छन् । यता दुई जना डाक्टरले भ्याए नभ्याए सम्म चेकजाँच गरिरहेका थिए ।डा.कमलेश यादव र डा.विकेश पाण्डेय।दुई जनाले सयौंको संख्यामा रहेको बिरामीलाई चेकजाँच गर्नमै व्यस्त भएपनि बिरामीहरु छट्पटाईरहेका थिए ,कसैलाई घर चटारो ,तँ कसैले गाडी छुटेकोमा ,कसैले अबेर लाईनमा बस्दा ,कसैले एक्सरे नहुँदा अनेकन किसिमको जालमा परि सेवाग्राहीहरु सास्ती मात्र नभई दु:ख भोगिरहेको भएपनि अस्पताल भगवानकै कृपाले चलेझै चलिरहेका छन्।टुहुरा झै कलैया अस्पताल भएका छन्।निमित्त मेडिकल सुपरिटेन्डेन्ट विकेश पाण्डेले भने भर्खरै ८ दिन जति निमित्त पाएको छु ,तर अरु काम भन्दा चेकजाँचमा नै बढी फोकस गर्ने गरेको बताउनुभयो ।प्रादेशिक अस्पतालमा धेरै कुराको कमि भएपनि अाफूलाई त्यति जानकारी समेत नभएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट पाण्डेले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो

।अस्पताललाई व्यवस्थित गर्नु वहाँ अाफै व्यवस्थित भईरहँदा सेवाग्राहीहरु छटपटाउनुको साथै डाक्टर बस्ने ढोकानिर धक्का मुक्की गर्न समेत पछि परेका थिएन ।प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट डा.गौरव महतोले कहिले अस्पतालमा नबस्दा अस्पतालको दयनीय बन्दै गएको र वहाँ हालै सरुवा भएर गएपछि नयाँ मेडिकल सुपरिटेन्डेन्टको पर्खाइमा रहेको प्रादेशिक अस्पताल कलैयाको कहालीलाग्दो अवस्था रहेको छ ।मधेस प्रदेश सरकार ,केन्द्र सरकारले केही गर्न नसेका कामहरु बाराबासी अाजित भएको कलैयाका रमेशकुमार मण्डलले बताउनुभयो ।धेरै भिड लागेका डा .कमलेश यादवको कोठामा दर्जनौं जना एक्सरे देखि लिएर देखाई रहेका थिए।अाफू २ बर्षको लागि अस्पतालमा अाएको जसमध्ये ९ महिना भयो अहिले ३  महिना यहीँ स्थिति रहे अाफू बस्न नसक्ने डा .कमलेश यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।प्रादेशिक अस्पतालमा रेडियोरोजिलिष्ट डाक्टर नहुनु अाफै दुखद पक्ष रहेको डा.यादवको भनाइ रहेको छ।डा.सुनिता यादव लगायतको कोठामा ताला लागेको भएपनि निरिही प्रशासनले टुकुर टुकुर देख्न बाध्य भएका छन्।प्रशासन शाखा प्रमुख केबिन्द्र यादवले केही गर्न सकेका छैनन् ।यस्तालाई कारवाही कसले गर्ला ?

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content