Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बिना सुचना एकाएक मालपोत र नापी कार्यालय सिम्रौनगढ लैजाने कार्यको नेपाल लेखापढी व्यावसायी समिति बाराद्वारा विरोध ,अपहरण शैलीमा सामान ढुवानी गरेकोमा घोर भर्त्सना

 अजय यादव वियोगी  कलैया ,बारा । "बिना सुचना एकाएक मालपोत र नापी कार्यालय सिम्रौनगढ लैजाने कार्यको नेपाल लेखापढी व्यावसायी समिति बाराद्व...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"बिना सुचना एकाएक मालपोत र नापी कार्यालय सिम्रौनगढ लैजाने कार्यको नेपाल लेखापढी व्यावसायी समिति बाराद्वारा विरोध ,अपहरण शैलीमा सामान ढुवानी गरेकोमा घोर भर्त्सना "


बाराको कलैयामा अहिले मालपोत र नापी कार्यालय सार्ने बिषयलाई लिएर तंरग नै पैदा गरिदिएको छ ।छल कपट राजनीतिमा हुन्छ तर अहिले प्रशासनिक निकाय सञ्चालनमा पनि सुरु भएको छ ।सार्वजनिक कार्यालयको सुचना सबैले थाहा पाउने अधिकार भएपनि अहिले केही सिमित मानिसले त्यसको व्याख्या गर्न थालेका छन् ।बाराको कलैयाबाट सञ्चालन हुदै मालपोत र नापी कार्यालय एकाएक  सिम्रौनगढ सार्ने बिषयलाई लिएर अहिले ठुलो विवाद देखा परेको छ ।कानुनसँग अावद्द नेपाल लेखापढी कानुन व्यावसायी समिति बाराले पत्रकार सम्मेलन गरि मालपोत र नापी कार्यालयले कानुनको उपहास गरेको भन्दै अापति जनाएका छन् ।मध्यरातिमा प्रहरी ,प्रशासनकै सहयोगले सरकारी कार्यालयको सर -सामान लैजानु कानुन छ कि छैन भने अाभास हुन थालेको पत्रकार सम्मेलनमा नेपाल लेखापढी कानुन व्यावसायी समिति बाराका अध्यक्ष एवम् लामो समय देखि यसमा कार्यरत अनुभवी कानुन व्यावसायी बृजकिशोर यादव उर्फ भगत जीले बताउनुभयो ।चोर ,डाँका शैलीमा कार्यालयको सामान लिएर जानू अाफैँ गैर जिम्मेवार कुरा भएपनि अदालतमा  चलिरहेको मुद्दा विचाराधीन अवस्थामा रहेको बेला कार्यालय सार्ने बिषय षड्यन्त्र बाहेक अरु केही नभएको अध्यक्ष यादवले पत्रकार सम्मेलनमा बताउनुभयो ।जनताको सम्पत्तिको श्रेेस्ता कसरी सुरक्षित राख्ने हो भने अाफूहरुलाई अवगत भएकै हो ,तर मालपोत र नापी जस्ता



कार्यालय सारेर जनतासँग पनि घात गरेको पनि अध्यक्ष यादवले बताउनुभयो ।यसमा केही राजनीतिक दवावले कानुन भन्दा माथि हुन खोजेको ,अदालतको काममा कसैले हस्तक्षेप गर्न न मिल्ने भने उल्लेख हुँदाहुँदै अहिले ती सबै कुरा शक्तिको भरमा क्षिण हुन पुगेकोले जनताको राज्य ,कानुनी राज्य ,लोककल्याणकारी राज्यको उपहास भएकोमा नेपाल लेखापढी कानुन व्यावसायी समिति बाराले विरोध पनि गरेको अध्यक्ष बृजकिशोर यादव उर्फ भगत जीले बताउनुभयो ।२०७२/०६/१४ गतेको   मुद्दा पनि अदालतमा परेको अवस्था छ ,त्यसमा १० जनालाई विपक्षी बनाई दिएको मुद्दाको किनारा नलाग्दै  ,बिना कुनै कागजातकै सिम्रौनगढ कार्यालय लानुमा ठूलो दवाव रहेको र यसमा संलग्नहरुले गल्ती गरेकोमा कानुनी उपचारका लागि बाटो रोज्ने पनि अध्यक्ष यादवले बताउनुभयो ।संविधान अाई सकेको अवस्थामा संविधान भन्दा ,कानुन भन्दा ,अदालत भन्दा पनि टेकेर जुन कार्यालय विस्तार गर्ने नाममा भएको यो कामको चौतर्फी विरोध हुन थालेका छन् ।अधिकाँश पालिकाका प्रमुखहरुले नै सदरमुकाम कलैयाबाट नै सेवा ,सुविधा दिनुपर्ने माँग गर्दै अाएको पनि लेखापढीलाई जानकारी प्राप्त भएको अध्यक्ष यादवले बताउनुभयो ।पत्रकार सम्मेलनमा नेपाल लेखापढी व्यावसायी समितिका बाराका उपाध्यक्ष शिवपुजन ठाकुर ,सचिव दिनेश प्रसाद (राउत) पटेल ,कोषाध्यक्ष प्रमानन्द प्रसाद पटेल लगायत लेखापढी व्यावसायी समितिको संलग्नता रहेको थियो ।लेखापढी कानुन व्यावसायीसँग ६८४ जना अावद्द रहेका छन् ।यता मालपोत कार्यालय बाराका प्रमुख गोपाल प्रसाद बरालसँग बुझ्दाँ अाफू  कहाँ कार्यालयको कागजात लैजाने बिषयमा कुनै अधिकारी चिठ्ठी प्राप्त नभएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।मन्त्रालय ,विभाग र सम्बन्धित निकायले मालपोत कार्यालय बारालाई कुनै अधिकारिता किसिमको परिपत्र नगर्दा कार्यालय सिम्रौनगढमा कार्यालय उद्घघाटन हुने भएपनि कागजात नजाने समेत मालपोत कार्यालय प्रमुख बरालले बताउनुभयो ।मालपोत कार्यालय सिम्रौनगढको जिम्मेवारी दिईएको कौशलकिशोर झासँग सम्पर्क हुन सकेको छैन ।विगत केही दिनदेखि झा मोबाइल स्वीच अफ गरेर राखेका प्रतिक्रिया समेत उपलब्ध हुन सकेको छैन ।नापी कार्यालय बारासँग पनि अधिकारी चिठ्ठी नभएको के कति कारणले कार्यालय जान्न लागेको भने प्रश्नमा नापी कार्यालय बाराका प्रमुख चन्दन कुमार दासले पहिलाको सामान गएको तर अहिले नापी कार्यालयको केही कागज नजाने समेत पनि श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।सिम्रौनगढका लागि नापी कार्यालयको जिम्मा पाएका रामप्रमोद राउतसँग पनि सम्पर्क हुन सकेको छैन ।वहाँले पनि मोबाइल स्वीच अफ गरेर राखेका कारण प्रतिक्रिया उपलब्ध हुन सकेका छैन ।यसरी नै लुकाछिपी गरेर कार्यालय सार्ने विषयलाई लिएर अहिले बारामा तंरग पैदा भएको हो ।सम्बन्धित निकाय मौन रहेका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content