स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

यूरोपमा खडेरी, नदीहरू सुक्दा माछासहित कृषि उत्पादन प्रभावित

SHARE:

लक्स, फ्रान्स। कुनै समय बाह्रै महिना नदी बगिरहने फ्रान्सको बरगन्डीस्थित लक्स क्षेत्रमा लामो खडेरीका कारण रूखहरूको पङ्तीको बीचमा बतास चल्ने फराकिलो खाडल छ र यहाँ सुख्खा बालुवा, धूलो र हजारौं मरेका माछाहरूको अवशेष देखिन्छ ।

लामो खडेरीले यूरोपेली महाद्वीपको लगभग आधा भागलाई प्रभावित पार्दा स्पेनमा सुख्खा र फुटेका जलाशयहरूदेखि डेन्यूब, राइन र पोजस्ता प्रमुख सहायक नदीहरूमा पानीको स्तर घट्दै गएको छ । यसले कृषि अर्थतन्त्रलाई क्षति पु¥याइरहेको छ, पानीमा अभाव भएको छ, डढेलो लागेको छ र जलचर प्रजातिहरूलाई खतरामा पारिरहेको छ ।

पश्चिमी, मध्य र दक्षिणी यूरोपमा करिब दुई महिनादेखि उल्लेखनीय वर्षा भएको छैन । खडेरी अझै जारी रहने अनुमान गरिएको छ र यो ५०० वर्षमा सबैभन्दा खराब खडेरी हुन सक्ने विशेषज्ञहरूले उल्लेख गरेका छन् ।

जलवायु परिवर्तनले परिस्थितिलाई थप जटिल बनाइरहेको छ । तातो तापक्रमले वाष्पीकरणलाई गति दिने, तिर्खाएका बोटबिरुवाले बढी आर्द्रता लिने र हिउँदमा कम हिमपातले गर्मीयाममा सिँचाइका लागि उपलब्ध ताजा पानीको आपूर्तिलाई सीमित गर्ने अवस्था आएको छ । पूर्वी अफ्रिका, पश्चिमी अमेरिका र उत्तरी मेक्सिकोमा पनि खडेरीको अवस्था देखिएको छ ।

लक्सको १५ मिटर चौडा (५० फिट चौडा) नदीको किनारमा हिँड्दै गर्दा स्थानीय ‘फेडेरेसन फर फिसिङ एन्ड प्रोटेक्सन अफ द एक्वाटिक इन्भाइरोमेन्ट’का प्रमुख टेक्निसियन जाँ फिलीप कौसनले टिलेमा मरेका माछाका प्रजातिहरूको लामो सूची सार्वजनिक गर्दै भन्नुभयो, “यो हृदयविदारक छ ।” “औसतमा, प्रति सेकेन्ड लगभग आठ हजार लिटरका दरले बग्ने नदीमा र अहिले पानी खोज्नुपर्ने अवस्था आएको छ ।

केही क्षेत्रहरूमा खाडलहरूमा जमेको पानीको घोलमा फिस ल्याडरको सहायतामा ताजा पानीमा पाइने ट्राउट र अन्य प्रजातिका माछा आश्रय लिन बाध्य बनेका देखिन्छन् । तर यस्तो प्रणाली सबै ठाउँमा उपलब्ध छैन ।

कौसनले भन्नुभयो, “पानी परेन भने पक्कै पनि नदी ‘खाली हुँदै (सुक्दै)जानेछ र सबै माछाहरू मर्नेछन् । उनीहरू नदीको माथिल्लो र तल्लो भागतिर फसेका छन्, त्यहाँ अहिले पानी बगेर आउँदैन, त्यसैले अक्सिजनको स्तर घट्दै जानेछ किनकि (पानी) को मात्रा घट्नेछ । यी प्रजातिहरू बिस्तारै लोप हुँदै जानेछन् ।”

महासंघका क्षेत्रीय प्रमुख ज्याँ पियरे सोनभिकोले खडेरी लम्बिँदै जाँदा अन्य जलमार्गहरू पनि प्रभावित हुने सम्भावना भएकोले माछालाई अन्य नदीमा डाइभर्ट गर्दा कुनै फाइदा नहुने बताउनुहुन्छ । थोरै पानीमा जलचरको अत्यधिक भीडभाड हुने र अक्सिजनको कमी भई धेरै माछाको मृत्यु हुनेछ ।

उहाँले भन्नुभयो, “हो, यो नाटकीय अवस्था छ तर हामी के गर्न सक्छौं ? केही सक्दैनौ । हामी पर्खिरहेका छौं, वर्षाको साथ आँधीबेहरीको आशा गरिरहेका छौं, तर आँधीबेहरी धेरै स्थानीय हो त्यसैले हामी यसमा भरोसा गर्न सक्दैनौं ।”

युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले यसै साता खडेरीको अवस्था झनै खराब हुने र यसले महाद्वीपको ४७ प्रतिशत भू–भागलाई प्रभावित पार्ने चेतावनी दिएको छ ।

यूरोपेली खडेरी अवलोकनका वरिष्ठ अनुसन्धाता एन्ड्रिया टोरेटीका अनुसार सन् २०१८ को खडेरी यति विकराल थियो कि विगत ५०० वर्षदेखि यस्तो अवस्था आएको थिएन । यो बर्ष त्योभन्दा अझै खराब अवस्था रहने उहाँले बताउनुभयो ।

टोरेटीले भन्नुभयो, “आगामी तीन महिनासम्म अझै पनि पश्चिमी र मध्य यूरोपका साथै बेलायतमा सुख्खा अवस्थाको उच्च जोखिम हामीले देख्छौं ।”

बर्लिन नजिकैको ‘पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च’का मौसमविद् पिटर होफम्यानका अनुसार विश्व मौसम प्रणालीमा आएको परिवर्तनका कारण लामो समयसम्म सुख्खा मौसमको कारण अहिलेको अवस्था आएको हो ।

“गर्मीयाममा हामी यसलाई सबैभन्दा बढी महसुस गर्छौं,“ उहाँले भन्नुभयो । “तर वास्तवमा खडेरी वर्षभरि नै बढ्दै जान्छ ।”

उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले क्षेत्रहरूबीचको तापमान भिन्नतालाई कम गरेको छ, ‘जेट स्ट्रिम’लाई ल्याउने मौसमी सामथ्र्यलाई कम गरेको छ, जसले सामान्यतया यूरोपमा एटलांटिक मौसमले सामान्य बर्षा गराउँछ ।”

कमजोर वा अस्थिर ‘जेट स्ट्रिम’को परिणाम उत्तरी अफ्रिकाबाट यूरोपमा असामान्य रूपमा तातो हावा आउन सक्छ र यसले लामो समयसम्म अत्यधिक खडेरी पर्न सक्छ । हफम्यानका अनुसार हालैका वर्षहरूका अवलोकनहरूले विद्यमान जलवायु अध्ययन प्रणालीहरूले भविष्यवाणी गरेभन्दा माथिल्लो तहमा पुगेको देखाएका छन् ।

खडेरीका कारण केही युरोपेली देशहरूले पानीको प्रयोगमा प्रतिबन्ध लगाएका छन् र राइन र डेन्यूब नदीमा जल यातायात खतरामा परेको छ । आगामी दिनमा राइन नदीको बहाव निकै न्यून स्तरमा पुग्न सक्ने छ, जसले गर्दा कोइला र पेट्रोललगायतका सामानको ढुवानी कठिन हुँदै जानेछ । डेन्यूब नदीमा सर्बियाका अधिकारीहरूले जलमार्गलाई गहिरो बनाउन र डुङ्गा तथा पानीजहाजहरूलाई सहज रूपमा चलाउन बालुवा निकाल्न सुरु गरेका छन् ।

छिमेकी मुलुक हंगेरीमा बुडापेस्ट नजिकैको लोकप्रिय भेलेन्स तालको ठूलो भाग सुक्का भूमिमा परिणत भएको छ । वन्यजन्तुको सुरक्षाका लागि हा र पानीको संचारका लागि उपकरणहरू जोडिएको छ, तर पानीको गुणस्तर यस बिन्दुसम्म बिग्रिएको छ कि गत साताको अन्त्यमा समुद्रको एउटा किनारामा पौडी खेल्न प्रतिबन्ध लगाइएको थियो । इटालीको सबैभन्दा लामो नदी पोको सतह पनि यति पातालिएको छ जसका कारण दशकौं अघि डुबेका डुङ्गाहरू फेरि सतहमा देखिन थालेका छन् ।

खडेरीले दक्षिणी इंग्ल्याण्डलाई पनि प्रभावित गरेको छ, जहाँ जुलाईमा औसत वर्षा १०% मात्र भएको थियो । अग्निनियन्त्रकहरूले अथक रूपमा घाँसमा लागेको डढेलोसँग लडिरहेका छन् र धेरै क्षेत्रहरूमा पानीको सतह घटेको भन्दै मानिसहरूलाई उनीहरूको बगैंचामा पानी हाल्न प्रतिबन्ध लगाइएको छ ।

रिभर्स ट्रस्ट च्यारिटीका अनुसार इङ्ल्यान्डका ‘चक स्ट्रिम’हरू सुक्दै गएको छ, जसले किंगफिशर र ट्राउट जस्ता जलचर तथा वन्यजन्तुहरूलाई खतरामा पारिरहेको छ ।

वर्षा बिना लामो समयसम्म अभ्यस्त रहने स्पेन र पोर्चुगललगायतका देशहरूमा पनि ठूलो पर्यावरणीइ हलचलहरू आएका छन् । स्पेनको अन्डालुसिया क्षेत्रमा केही एभोकाडो किसानहरूले अरूलाई कुहिनबाट जोगाउन सयौं रूखहरू त्याग्नुपरेको छ किनभने मालागा प्रान्तको विनुएला जलाशय क्षमताको केवल १३ प्रतिशतमा झरेको छ, जुन एक वर्ष पहिलेको तुलनामा ५५% कम हो ।

केही युरोपेली किसानहरूले पोखरी र खोलाहरू सुकेका क्षेत्रहरूमा आफ्ना पशुचौपायाका लागि धाराको पानी प्रयोग गरिरहेका छन् । उनीहरूले एक गाईका लागि प्रतिदिन एकसय लिटरका दरले पानी पाइरहेका छन् ।

सामान्यतया हरियो बरगन्डीमा, पेरिसको सेन नदीको मुहान क्षेत्रमा घाँस पहेंलो–खैरो भएको छ र ट्र्याक्टरहरूले धूलोको विशाल बादललाई उडाउने गर्छन् ।

एस एण्ड पी ग्लोबल कमोडिटी इनसाइट्सको एक रिपोर्टअनुसार ईयूको मकै उत्पादन गत वर्षभन्दा एक करोड २० लाख ५० हजार टन कम हुने अनुमान गरिएको छ र सूर्यमुखी उत्पादन १.६ मिलियन टन कम हुने अनुमान गरिएको छ ।एपी


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: यूरोपमा खडेरी, नदीहरू सुक्दा माछासहित कृषि उत्पादन प्रभावित
यूरोपमा खडेरी, नदीहरू सुक्दा माछासहित कृषि उत्पादन प्रभावित
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/08/khaderi-1024x683.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_63.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_63.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content